Skip to content
January 28, 2026
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

रास्वपाले ताेक्याे ७७ वटै जिल्लामा सम्पर्क संसद, संगठन विस्तारकाे तयारी

0
nifaonline
June 29th, 2023
|

विहिवार, १४ असार, २०८०

काठमाडौं,

देशभरका नागरिकहरुले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न सघाउ पुगोस् भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले ७७ वटै जिल्लामा सम्पर्क सांसद तोकेको छ ।

‘देशको विद्यमान राजनैतिक परिस्थिति चुनौतिपूर्ण छ । एकअर्कामा खुट्टा तान्ने होडमा रहेका तमाम नेता र पद र सत्ताका लागि गठबन्धन गर्ने, नागरिकका सवालमा विमुख हुने दलहरुका कारण देश थप अस्थिरताको मार खेप्दै छ, जनता थिलथिलो भएका छन् । चरम बेथिति, भ्रष्टाचार, पट्यार लाग्दो सेवा विमुख प्रशासन, वर्षौं अलपत्र विकास योजना, झन्झटिला प्रक्रिया, कान थुनिएको न्याय प्रणाली, अटेरी व्यवस्था, विभेद, असमान आर्थिक उदारीकरण र तमाम जनभावना विरोधी गतिविधिले रुपान्तरणको खोजीमा हाम्रो आगमनलाई थप प्रतिक्षा गरिरहेको अवस्था छ,’ रास्वपाले सम्पर्क सांसद तोक्नाको कारण खुलाएको छ ।

रास्वपाले पार्टी सभापति लामिछाने संसदीय दलको नेता भएकाले जिल्ला तोकिएको छैन । उपसभापति डोल प्रसाद अर्याललाई बारा, धादिङ, कञ्चनपुर, कैलालीको जिम्मा दिइएको छ । संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई गुल्मी, दार्चुला, अछाम र पाल्पा तोकिएको छ। प्रमुख सचेतक सन्तोष परियारलाई भक्तपुर, अर्घाखाँची, दैलेख, र बाजुराको जिम्मा दिइएको छ। सचेतक श्री निशा डाँगीलाई झापा, मोरङ, इलाम, सल्यान जिम्मा दिइएको छ।

मनिष झालाई धनुषा, रौतहट, रुपन्देही र बझाङको सम्पर्क सांसद तोकिएको छ।

काठमाडौं ७ बाट निर्वाचित सांसद गणेश पराजुलीलाई ओखलढुङ्गा, खोटाङ, सिराहा र डँडेलधुरा जिम्मा दिइएको छ । काठमाडौं २ बाट निर्वाचत सोबिता गौतमलाई दोलखा, रामेछाप, सिन्धुपाल्चोक र जाजरकोट तोकिएको छ । सुमना श्रेष्ठलाई रसुवा, काठमाडौं, रूकुम (पूर्व) र रूकुम (पश्चिम) जिम्मा दिइएको छ ।

ललितपुर २ की सांसद तोसिमा कार्कीको जिम्मामा ताप्लेजुङ, पाँचथर, डोटी र ललितपुर परेको छ । काठमाडौं ६ का सांसद शिशिर खनाललाई रोल्पा, दाङ, सर्लाही, र सप्तरीको सम्पर्क सांसद तोकिएको छ ।

चितवन १ का सांसद हरि ढकाल सोलुखुम्बु, चितवन, नवलपुर र उदयपुरको सम्पर्क सांसद भएका छन्। तनहुँ १ बाट निर्वाचित डा.स्वर्णिम वाग्ले गोरखा, पर्सा, बैतडी र तनहुँ सम्पर्क सांसद बनेका छन्। डा.चन्दा कार्कीलाई भोजपुर, सिन्धुली, मनाङ र महोत्तरी दिइएको छ । त्यस्तै असिम शाह काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ र कपिलवस्तुको सम्पर्क सांसद तोकिएका छन् । लक्ष्मी तिवारी प्युठान, परासी, बर्दिया र बाँकेकी सम्पर्क सांसद भएकी छन् । अशोककुमार चौधरीलाई धनकुटा, तेह्रथुम, संखुवासभा र सुनसरी परेको छ ।

यता शिव नेपालीको जिम्मामा भने लमजुङ, म्याग्दी, पर्वत र कास्की छ।

बिनिता कठायत ६ जिल्लाकी सम्पर्क सांसद बनेकी छन्। उनलाई जुम्ला, कालिकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा दिइएको छ ।

रास्वपाकी पछिल्लो सांसद बनेकी विन्दबासिनी कंशाकारलाई भने स्याङ्जा, बाग्लुङ, मकवानपुर गरी तीन जिल्लाको सम्पर्क सांसद तोकिएको छ ।

nifaonline
June 29th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे