Skip to content
September 22, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

मोहनशमशेर र भारतसँग एक्काइस तोपको सलामी

0
nifaonline
July 11th, 2023
|

१६ साउन २००७ (३१ जुलाई १९५०) मा नेपाल–भारत शान्ति तथा मैत्री सन्धि हुनुभन्दा आठ महीनाअघि १९४९ डिसेम्बरमा प्रधानमन्त्री मोहन शमशेर जबरालाई भारतीय समकक्षी जवाहरलाल नेहरूले औपचारिक भ्रमणको निमन्त्रणा पठाए। मोहन शमशेरले निमन्त्रणा स्विकारे पनि २१ तोपको सलामी पाउने सुनिश्चितता नभएसम्म भारत भ्रमणमा नजाने सन्देश भारतका लागि नेपाली राजदूत सिंह शमशेर मार्फत पठाए। जब कि, त्यतिवेला राष्ट्राध्यक्षलाई २१ र प्रधानमन्त्रीलाई भने १९ तोपको सलामी दिने चलन थियो।

भ्रमण नै नहुने देखेपछि स्वतन्त्र भारतका शक्तिशाली प्रधानमन्त्री नेहरू मोहन शमशेरका लागि प्रचलित चलन तोड्न तयार भए। इतिहासकार प्रमोद शमशेर राणाका अनुसार, भारतीय समकक्षी नेहरूले २१ तोपको सलामी सम्मान दिने पक्का गरेपछि बल्ल ७ फागुन २००६ मा रेलमार्गबाट मोहन शमशेर भारत गए। “दिल्लीमा महाराजलाई भारत सरकारले ठूलो स्वागत र सम्मान ग¥यो” इतिहासकार राणाले आफ्नो पुस्तक राणाशासनको वृत्तान्तमा लेखेका छन्, “प्रधानमन्त्री तथा अन्य मन्त्रीहरूसँग भेटवार्ता हुँदा नेपालको राजनीतिक परिस्थिति र प्रस्तावित मैत्री सन्धिका बारेमा पटक–पटक छलफल भयो।”

काठमाडौंमा सन्धिमा हस्ताक्षर हुनुअघिको त्यो घटनाले सन्धि कुन पृष्ठभूमि भएको थियो भन्ने देखाउँछ। नेहरूले आफूले भने अनुसारको सन्धि गराउनुपर्ने भएकै कारण मोहन शमशेरको शर्त (२१ तोपको सलामी) मानेको इतिहासकारहरू बताउँछन्। त्यो भ्रमणकै क्रममा नेहरूलाई चाँडै सन्धि गर्ने वचन दिएर मोहन शमशेर फर्किए।

नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवास तीन मूर्ति भवनमा नेहरूसँग भएको डेढ घण्टा लामो ‘वान अन वान’ वार्तापछि मोहन शमशेर सन्धि गर्न राजी भएको पूर्व राजदूत सरदार भीमबहादुर पाँडेले उल्लेख गरेका छन्। सरदार पाँडेले त्यस बखतको नेपाल पुस्तकमा लेखेका छन्, “२००६ साल फागुन ८ गते श्री ३ मोहन र भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूबीच ९० मिनेटसम्म चलेको त्यो महत्त्वपूर्ण भेटमा नेपाल–भारत सन्धि चाँडो गर्ने वचन श्री ३ मोहन शमशेरले भारतका प्रधानमन्त्रीलाई दिएका।”

दश वटा दफा भएको १९५० को सन्धिसँगै पाँच बुँदे पत्र पनि आदानप्रदान (लेटर अफ एक्सचेन्ज) भएको थियो भन्ने कुरा लामो समयसम्म गोप्य राखियो। सन्धि भएको करीब एक दशकपछि नेहरूले भारतीय संसद्मा दिएको एउटा अभिव्यक्तिपछि मात्रै यो विषय बाहिर आयोे। इतिहासकार राणा लेख्छन्, “२८ जून १९६० मा मुस्ताङ जिल्लाको कोर्लापासमा चीनका सैनिकहरूले नेपालका सैनिक अधिकारीको हत्या गरेपछि जवाहरलाल नेहरू आवेशमा आएर भारतको संसद्मा भाषण गर्दै नेपालमाथिको हमलालाई भारतमाथिको हमला सम्झनुपर्छ भनेपछि यहाँ निकै हल्लाखल्ला भयो।”

 

nifaonline
July 11th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे