नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि नेपाल आएका पूर्वभारतीय सेनाध्यक्षले पशुपति दर्शन गरेका छन् ।
नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्वस्थलसेनाध्यक्ष आज दिउँसो नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ ।
जनरल जोगिन्दर जसवन्त सिंह (अ.प्रा.), जनरल दीपक कपुर (अ.प्रा.), जनरल (डा.) विजयकुमार सिंह (अ.प्रा.), जनरल दलवीर सिंह सुहाग (अ.प्रा.), जनरल (डा.) मनोज मुकुन्द नरवणे (राअ.प्रा.) र जनरल मनोज पाण्डे (अ.प्रा.) ले संयुक्त रूपमा पशुपति दर्शन गरेका हुन् ।













