Skip to content
September 22, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

पत्नीको पछि र पूर्वप्रेमिकाको अगाडि रणवीर फसेपछि

0
nifaonline
January 24th, 2024
|

सोमबार अयोध्यामा राम मन्दिरमा भगवान् रामको बालक प्रतिमूर्तिको प्राण प्रतिष्ठा भयो । सो समारोहमा ठूलो संख्यामा दर्शनार्थीहरु आएका थिए ।

दिग्गज व्यापारीहरु, अभिनेता–अभिनेत्री समेत देशविदेशभरबाट पनि मानिसहरु उक्त ऐतिहासिक समारोहको साक्षी बन्न पुगेका थिए । सो समारोहमा भारतीय फिल्म उद्योगका २५ जना सेलिब्रेटीहरु पनि पुगेका थिए । यसमा दुई जोडी भने रियल लाइफ कपल थिएः आलिया भट्ट र रणवीर कपूर अनि कट्रिना कैफ र विक्की कौशल ।

प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिर उद्घाटनको भाषण दिएपछि सेलेब्सहरु पनि भगवान् रामको दर्शनका लागि लाइनमा लागेका थिए । यति बेला निकै भिड थियो । रामको पहिलो दर्शनका लागि मानिसहरुमा हानाथाप देखिन्थ्यो । यति बेला रणवीर भने अर्कै पीरमा थिए । भिडबिच पत्नी आलियालाई समात्दै उनी हिँडिरहेका थिए । यतिबेला सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोमा रणवीर र आलिया दुबै लाइनमा देखिन्छन् । दुबै जना बिस्तारै बिस्तारै अगाडि बढिरहेका छन् ।

आलिया आफ्नो फिल्म ‘आरआरआर’ लूकमा थिइन् । रणवीरको अगाडि आलिया छिन् । रणवीरले आलियालाई पछाडिबाट समातेका छन् । भिडमा बिस्तारै अघि बडिरहेका छन् । आलियाको अगाडि अभिनेत्री माधुरी दिक्षित र उनको पति श्रीराम नेने छन् । यहाँ रोचक कुरा चाँहि के देखियो भने लाइनमा रणवीरको पछाडि कट्रिना छिन् । कट्रिना र रणवीरको बिचमा निकै ग्याप देखिन्छन् । कट्रिनालाई छोइएला कि भनेर रणवीर बेला बेलामा पछाडि फर्र्किकएर हेरिरहेका छन् ।

भिडियो हेर्दा अभिनेता आफ्नी पूर्वी प्रेमिकालाई छोइएला कि भनेर हेरेको जस्तो देखिन्छ । कट्रिनाको पछाडि उनको पति विक्की कौशल छन् । विक्की लाइनमा कट्रिनालाई समातेर उभिएका छन् ।

रणवीर र आलियाले सन् २०२१ मा बिहे गरेका थिए । सोही वर्ष नोभेम्बरमा यी दुईको छोरी जन्मिएकी थिइन् । आलियासँग सम्बन्धमा रहनु अघि रणवीर कट्रिनासँग अफेयरमा थिए । दुबैको सिक्रेट लोकेशनमा बिदा मनाएको तस्बिरहरु भाइरल भएका थिए । कट्रिनाअघि भने रणवीरको दीपिका पादुकोणसँग अफेयर रहेको बताइन्छ ।

nifaonline
January 24th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

भारतीय विदेश मन्त्रालयले भन्यो- नेपालसँग हाम्रो सम्बन्ध अद्वितीय र बहुआयामिक छ

प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा

नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे