Skip to content
September 19, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

नेपाल–भारत समन्वय बैठकमा सीमा अपराध नियन्त्रणमा सहकार्यको प्रतिबद्धता

0
nifaonline
October 14th, 2023
|

मोरङको विराटचोकमा बाहिनीस्तरीय नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ। दुई देशीय सुरक्षा अधिकारीबीच बैठक भएको हो। दुवै देशमा सीमा सुरक्षा तथा भन्सार चोरी निकासी नियन्त्रणको महत्वपूर्ण जिम्मेवारी पाएका सुरक्षा निकायहरू नेपालको सशस्त्र प्रहरी र भारतको सीमा सुरक्षा बल (एसएसबी)का अधिकारीहरू सम्मिलित बैठक भएको हो । बैठकमा सीमा अपराधलगायत सुरक्षा संवेदशीलताका विषयमा गहन छलफल भएको बताइएको छ ।

नेपालका तर्फबाट सशस्त्र प्रहरी बल कोसी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल र भारतका तर्फबाट सिलिगुडीस्थित एसएसबीका डीआईजी डीबी सोनारले बैठकको नेतृत्व गरेका थिए ।

नेपालका तर्फबाट डीआईजी पोखरेलसहित सशस्त्रका एसएसपी रविनराज कर्णजीत, एसपीहरू, भारतसँग सीमा जोडिएका सशस्त्रका युनिटका इन्चार्जहरूको उपस्थिति बैठकमा थियो ।

त्यस्तै, भारतका तर्फबाट विभिन्न सेक्टर हेडक्वार्टरका सेकेण्ड ईन कमाण्डरहरू पुर्नियाका सुरजित पाल, रानीडंगाका अचिन्त्य मित्र, गान्तोकका सुनील कुमारलगायतका एसएसबीका अधिकारीहरू बैठकमा उपस्थित थिए ।

बैठकमा सीमा अपराध, अवैध गतिविधि, भन्सार चोरी निकासी, सीमामा हुने अवाञ्छित गतिविधि, दशगजाको अतिक्रमण, लागूऔषध, मानव बेचबिखन एवं ओसारपसार नियन्त्रण तथा रोकथामका विषयमा छफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।

साथै, सूचना आदानप्रदानका माध्यमबाट सीमा क्षेत्रमा हुने आर्थिकलगायत अन्य अपराध नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकाय र अन्य सरोकारवालासँग समन्वय एवं सहकार्य गर्ने सहमति दुवै देशका अधिकारीहरूबीच भएको छ ।

चाडपर्वलाई लक्षित गरेर सीमा क्षेत्रबाट हुने आवातजावतलाई सहज एवं व्यवस्थित बनाउन प्रभावकारी ‘हेल्प डेस्क’को स्थापना तथा सञ्चालन गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो।

‘सीमा क्षेत्रबाट हुने जुनसुकै अपराध नियन्त्रणका लागि आपसी समन्वय गर्ने विषयमा दुवै देशका सुरक्षा अधिकारीले प्रतिबद्धता जनाएका छन्,’ सशस्त्रका एक अधिकारी भन्छन्, ‘एकआपसमा द्रुत हिसाबले सूचना आदानप्रदान एवं समन्वय गरेर सीमा सुरक्षालाई प्रभावकारी बनाउने सहमति भएको छ।’

nifaonline
October 14th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे