Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

नेपाल भारत सम्बन्धले नयाँ स्वरुप

0
nifaonline
July 12th, 2023
|

चिन र नेपाल युद्ध अघिसम्म अर्थात सन १७९२ अगाडि सम्म नेपालको धेरैजसो व्यापार र राजनीती तिब्बतसंग थियो । १७८९ मा तिव्वतलाई युद्धमा पराजित गर्दै गरिएको सन्धिको प्रावधान नमानेको भनेर १७९१ मा नेपालले गरेको आक्रमणमा चीनको साथ पाएको तिव्वतले नेपाललाई हराए पछि नेपालले उत्तरतर्फको आफ्नो यात्रामा लगभग पुर्णविराम नै लगायो र पुर्व, पश्चिम तथा दक्षिणमा रहेको छिमेकिसँगको सम्वन्ध विस्तारमा लाग्यो ।

पुर्व, पश्चिम तथा दक्षिणमा त्यसवेला वृटिसको हैकम चल्थ्यो । पृथ्विनारायण शाहले काडमाण्डौ आक्रमण गर्दा वृटिसले स्थानिय मल्ल राजाको समर्थनका लागि २४०० फौज पठाएका कारण नेपालको शाहवंशमा वृटिसहरुप्रति शंकाको भावना थियो । तर जव भारदारहरुका विचको कलहले चरम अवस्था लियो, त्यसवेला उनीहरु वृटिस इण्डियाको शरणमा पुगेको देखिन्छ ।

भनिन्छ, नेपालले बृटिस ईण्डियासंग सन् १७९२ मा प्रथम पटक व्यापार सन्धि गरेको थियो । सन् १८०१ मा नेपालले बृटिस ईण्डियासंग व्यापार सन्धि गरेर क्याप्टेन नक्सलाई नेपालमा प्रथम कुटनितिज्ञको रुपमा स्वागत गरेको पाइन्छ । त्यो सन्धि गर्नाको कारण त्यसवेला वनारस पुगेका राजा रणबहादुर शाहलाई त्यहाँ नै नजरवन्द राख्न र उनको नेपाल फर्कने वाटो वन्द गर्न बृटिस ईण्डियाको सहयोगको अपेक्षा थियो । यही सन्धि अनुसार क्याप्टेन नक्स नेपालमा पहिलो विदेसी कुटनितिज्ञ भएर १८०२ मा काठमाण्डौै पुगेको पाइन्छ । तर उनलाई नेपालले सहयोग नगरेको, राजा र जनतासंग सम्पर्क गर्न नदिएको आदि कारण देखाउदै एक वर्ष पनि नपुग्दै क्याप्टेन नक्स नेपालवाट फर्केका थिए ।

सन १८१४–१५ को नेपाल अग्रेज युद्ध पनि नेपालले १८०१ मा गरेको सन्धीका वुँदाहरु नमानेको कारण वढेको खिचातानिको परिणाम हो । जव त्यो युद्धमा नेपालको हार भयो र सुगौली सन्धि गर्न वाध्य भयो, तव देखि नेपालले आफ्नो विस्तारवादी सोचमा नै पुर्नविचार गरेर अगाडि वडेको देखिन्छ । वास्तवमा सुगौली सन्धिले नेपालको पुर्व, पश्चिम तथा दक्षिणमा रहेको छिमेकिसंगको सिमालाई तय गरिदिएको हो । साथै सुगौली सन्धिले नेपालमा अग्रेजको कुटनितिक नियोग राख्ने लामो प्रयासलाई स्थायित्व पनि दिलायो ।

नेपाल र भारतबीचको सम्बन्धलाई लिएर विविध वहस हुदै आएका छन् । धार्मिक, सांस्कृतिक सामाजिक व्यवहारिक यावत विषयसँग अन्योन्याश्रित नेपाल भारत सम्बनधलाई लिएर विभन्नि टीका टिप्पणी र आक्रोस पनि सार्वजनिक हुने गरेका छन् । मूलत दुवै मुलुृक हिन्दु सनातनी र बौद्ध परम्पराको अभ्यूदय विकास र प्रयोग भूमि रहेकाले यसका सम्बन्धहरुका आयाम प्राग ऐतिहासिक कालखणडसम्म पुग्छ । यसरी हेर्दा दुवै मूलुकका जनताको धार्मिक आस्था सांस्कृतिक रहनसहन र यी दुवलै निर्धारण गरेका तीर्थस्थलहरुको एकरुपताका कारण दुई मुलुकबीचको् सम्बन्धको सम्पूर्णता र आयामलाई परिभाषित गर्न सकिदैन । यतिमात्र भन्न सकन्छि नेपाल भारतबीचको सम्बन्ध सदियौकाल देखिको हो ।

औपनिवेशिक कालको अन्त्यसँगै विश्वमा जागृत भएको स्वतन्त्रता र प्रजातन्त्रको भावनासँगै नेपाल भारत सम्बन्धले पृथक पृष्ठभमि,आयाम र चरित्र निर्धारण गर्न थाल्यो । दोस्रो विश्व युद्धको समाप्तीसगै सुरु भएकोृ स्वतन्त्रताको लहरसँगै देशहरुबीचको सम्बन्ध र सहकार्य पुनरपरिभाषित हुन पुग्यो । यही दशकमा नेपाल र भारतबीच भएको सन १९५० को सन्धीले नेपाल भारत सम्बन्धमा एउटा कंक्रिट आधार त प्राप्त गरयो तर सँगसँगै आंशका, विरोध र जटिलताहरुलाई पनि उत्तिकै प्रश्रय दियो । जसको फलस्वरुप १९५० देखि सन २०१४ सम्म आइपुग्दा पनि १९५० को सन्धीकाृ विषयमा नेपाल भारत सम्बन्धको पृष्ठभूमीमा एक गहनतम छलफलको विषय बनिरहेको छ । नेपाली राजनीतिमा हेर्ने हो १९५० को सन्धी एक जवरजस्त राजनीतिक मुद्याको रुपमा समेत स्थापित हुने गरको छ ।

१९५० को सन्धी सम्बन्धको उतार चढावको एक राजनीतिक मानकको रुपमा स्थापित भएको छ भने यसका अलावा नेपाल र भारतबीच विशिष्ठ धार्मिक सांस्कृतिक र व्यवाहरिक सम्बन्ध छन् । नेपाल र भारतका नागरिकबीच वैवाहिक सम्बन्ध छ विशेष गरी सीमा क्षेत्रहरुमा हुने यो वैवाहिक सम्बन्धलाई रोटी बेटीको सम्बन्धका रुपमा समेत परिभाष्ति गरिन्छ। त्यसैगरी नेपाल र भारतमा केही यस्ता तीर्थस्थलहरु छन जो दुवै देशका विषेशगरी हिन्दु नागरिकहरुले जीवनमा एक पटक दर्शन गर्नै पर्छ भन्ने लोक मान्यता स्थापित छ ।

मानव सभ्यताको विकासक्रमसगै देखि नै नोपल भारतबीच अन्योन्याश्रित सम्बन्ध रहे पनि इस्ट इिण्डया कम्पनी अधिनस्थ भारतसँग नेपालको औपचारिक र राजकीय सम्बन्ध रहेको देखिन्छ । १७९२ मा इस्ट इण्डिया कम्पनी र नेपाल सरकारबीच व्यवापार सन्धी भएको थियो । तत्पश्चात सन १८१४ र १५ मा भएको नेपाल अंगे्रज युद्ध पछि सुगौली सन्धी भएको थियो । सुगौली सन्धी पछि नेपालले आफ्नो धेरै भूभाग गुमाउनु परयो । अर्कोतिर १८४६ मा कोर्त पर्व मार्फत शासन हत्याएका जंगबहादुरले जहानीया राण शसान स्थापित गरे पछि इष्ट इण्डिया कम्पनी र नेपालबीचको सम्बन्धले अर्को मोड प्राप्त गर्छ । नेपालका राण शासकहरु लगभग अंग्रेस निर्देशित थिए । सन १९४७ मा भारत स्वतन्त्र हुनु र सन १९५० मा राणा शासनबाट नेपालले मुक्ति पाउनु सँगै नेपाल भारत सम्बन्धले नयाँ स्वरुप प्राप्त गर्छ । र यो हालसम्म विभिन्न उतार चढावबाट गुज्रदै कायम नै छ ।

nifaonline
July 12th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे