Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

कथावाचिका देवी प्रतिभालाई संघले गर्यो सम्मान, को हुन देवी प्रतिभा ?

0
nifaonline
July 28th, 2024
|

कथावाचिका देवी प्रतिभा अर्थात् प्रतिभा पराजुलीलाई नेपाल भारत मैंत्री संघलेसम्मान गरेको छ । पशुपतिनाथमा भैरहेको महायज्ञमा प्रबचन गर्न नेपाल आएकी प्रतिभालाई संघका कार्यवहाक अध्यक्ष शैलेन्द्रमोहन झाको नेतृत्वमा गएको टोलीले सम्मान गरेको हो । संघले गणेशको मुर्तीसहितको प्रतिमा दिएर सम्मान गरेको संघका महासचिव बोधकृष्ण सुवेदीले बताए ।

नेपाली मुलकी २३ बर्षिय चेली प्रतिभा भारतमा कथा बाचनका लागि तेस्रो नम्बरमा पर्दछिन् । अधिकांस प्रान्तमा कथा बाचनका लागि प्रसिद्धी कामाएकी उनी नेपाल आएको समय संघले सम्मान गरेको हो ।

को हुन कथावाचिका देवी प्रतिभा ?
यतिबेला पशुपतिनाथ परिसरमा ‘श्री पशुपति कोटिहोम १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ चलिरहेको छ । कोटिहोमबाट सुनिएको प्रवचनको ध्वनी, कोटिहोमकै लागि पशुपतिको साजसज्जाको, दर्शकको ठेलमठेल माहोलले पशुपतिमा अन्य वर्षको साउन महिनाभन्दा बेग्लै रौनक छाएको छ । पशुपतिमा शिवको दर्शनभन्दा कोटिहोमका लागि मानिसहरु भिड ओइरिएको छ । यद्यपि पशुपति परिसरको कोटिहोमा वाचन भइरहेको श्रीमद्भागवत, कथा र कथा सुन्न उपस्थित दर्शकको भिडभन्दा पनि अहिले २३ वर्षीया कथावाचिका देवी प्रतिभा अर्थात् प्रतिभा पराजुलीको चर्चा बढी छ ।

कथा प्रवचनकै लागि उनी भारतको वृन्दावनबाट नेपाल आएकी हुन् । कोटिहोममा उनले प्रस्तुत गर्दै आएकी कथावाचन र भजनभन्दा पनि अङ्गरक्षक (बडीगार्ड)को जम्बो टोलीसहित उपस्थिति जनाएकी देवी प्रतिभाको शैलीलाई आम जनमानसले आश्चर्य प्रकट गरिरहेका छन् । उनको सुरक्षाका लागि खटिएका एक दर्जन बडीगार्ड टोलीको घेराबन्दीमा नै उनी कोटिहोम परिसरमा कथा वाचनका लागि पुग्छिन् ।

देवी प्रतिभाको बडीगार्डको टोलीलाई हेर्दा कुनै दक्षिण भारतीय फिल्मका खलनायकहरुको झलक दिने भन्दै धेरैले आलोचना गरेको पनि पाइएको छ । देवी प्रतिभाको सुरक्षार्थ खटिएका बडीगार्डको टोली कोटिहोम मात्र नभएर उनको उपस्थिति हुने हर क्षेत्रमा निकै सजक र सतर्कताका साथ उभिन्छन् । देवी प्रतिभाको शैलीलाई लिएर कतिपय मानिसहरुले नेपाली छोरी, नेपालको गौरव भनेर उच्च प्रशंसा गरेका छन् भने कतिपयले आफ्नै मातृभूमिमा आउँदा पनि किन यत्रो सुरक्षा फौज ? धर्म र मानवताका कथा भन्न उभिएकी उनलाई समाज र आम मानिसदेखि किन भय छ ? के उनी नेपालदेखि डराएकी हुन् र ? भन्ने लगायतका प्रश्नहरु आम मानिसले उठान गरिरहेका छन् ।

खासमा कथावाचनकै समयमा समेत वरीपरी सुरक्षाघेरामा बस्ने उनको शैलीलाई आम मानिसले आलोचना गरिरहेका छन् । उनका अनुसार उक्त सुरक्षाका लागि खटिएका टोली भिडभाडलाई सन्तुलन र व्यवस्थापन गर्नका लागि मात्र हुन् । यसमा उनको संस्था ‘राष्ट्रसेवा परिवार’ र भारत सरकारबाट नै उपलब्ध गराइएका सुरक्षा गार्डहरु सहभागी छन् । काठमाडौँमै बसोबास गरिरहेका परिवारसँग भेटघाटका लागि नेपाल आइरहेपनि कथा वाचनकै लागि उनी नेपालमा भने सात वर्षपछि आएकी हुन् ।

नेपालकै चेली भएर पनि नेपाली जनतालाई धर्मको भ्रम फिँजाएर आर्थिक सङ्कलन गरी भारतलाई फाइदा पु¥याइरहेको उनलाई आरोप समेत लगाइएको छ । कोटिहोममा कथा वाचनसँगै यतिबेला उनलाई नेपाली विभिन्न सञ्चारमाध्यमहरुमा समेत आफ्नो धर्म, कर्म र जीवनबारे धारणा राख्न भ्याइनभ्याइ छ । नेपाली मूलकी भएपनि लामो समयदेखि भारतको वृन्दावनमा बस्दै आएकी उनले विश्वभर नै कथावाचिकाका रुपमा प्रसिद्धि कमाएकी छिन् । भनिए अनुसार उनको कथा वाचनकै लागि कुनै धार्मिक संघसंस्थाले एक दुई वर्षअघि देखि नै उनको समय बुक गराउनुपर्छ । भारतका सबैजसो प्रान्तमा उनका कथा वाचन लोकप्रिय छन् । उनका अनुसार सन् २०२६ सम्मका लागि भारतमा कथा वाचनका लागि उनको समय तय भइसकेको छ ।

भारतका कथावाचिकाहरुमध्ये उनी तेस्रो नम्बरमा पर्छिन् । भारतमा हिन्दी भाषामा नै प्रवचन दिने उनले कोटिहोममा भने नेपाली भाषामा नै प्रवचन दिइरहेकी छिन् । नेपाली भाषामा केही हिन्दी शब्द र लवजमा सुनिने उनको कथावाचनमा अहिले विभिन्न स्थानबाट आएका सयौं मानिसहरु मन्त्रमुग्ध छन् । १० दिनका लागि नेपाल आएकी उनी शनिबार नै भारत प्रस्थान गर्ने योजना थियो । तथापि कोटिहोममा थप दुई दिन समय थपेर उनी सोमबारसम्म नेपालमै रहनेछिन् । कोटिहोम व्यवस्थापन समितिका अनुसार उनले १३ र १४ गते बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ ।

देवी प्रतिभा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुरमा जन्मिएकी हुन् । तीन दिदीबहिनी एक भाइ सहित चार सन्तानमध्ये उनी माइली छोरी हुन् । उनको खास नाम भने प्रतिभा पराजुली हो । ब्राम्हण परिवारमा जन्मिएकी उनी सानैदेखि हजुरबुवा पण्डित भरतमणी पराजुलीको धार्मिक आस्था र आराधनाबाट प्रभावित थिइन् । भरतमणी कर्मकाण्डी गर्ने ब्राम्हण थिए । श्रीमद्भागवत कथा वाचन सत्सङ्गहरुमा गइरहने हजुरबुवाको सिको उनले सानैदेखि गरिन् । हजुरबुवाले पढ्ने श्रीमद्भागवत कथाका माध्यमबाट नै उनले वृन्दावन र भगवानप्रति आस्था राख्दै गइन् । उनका अनुसार सानोमा कसैले उनलाई के बन्ने सोध्दा, ‘म पण्डित बन्छु’ भनेर भन्थिन् । त्यसपछि संस्कृत विद्यालयमा भर्ना भएर अध्ययन गरेकी उनी संस्कृति शिक्षाकै लागि १२÷१३ वर्षकै उमेरमा भारतको वृन्दावन पुगिन् त्यहीँबाटै आचार्यसँगै भजन गीतसङ्गीत समेत सिकिन् ।
देवी प्रतिभाको शुरुवाती शिक्षा काभ्रेकै बनेपास्थित पञ्चकुमारीमा भयो । त्यसपछि गाउँमै उनले नवप्रतिभा बोर्डिङ स्कूलमा अध्ययन गरिन् । उनको संस्कृत पढ्ने सानैदेखि रुचीका कारण नै उनले परिवारसँग यसकै लागि जिद्दी गरिन् । काठमाडौँको प्रदर्शनीमार्गस्थित वाल्मिकि विद्यापीठमा समेत उनले केही समय संस्कृति विद्या अध्ययन गरेकी थिइन् ।

वृन्दावन पुगेपछि उनी ‘श्रीमद् दयानन्द कन्या गुरुकुल चोटीपुरा’ मा भर्ना भइन् । त्यहाँ उनले एक वर्षको कोर्षलाई ६ महिनामै पूरा गरी १४ वर्षको उमेरमै त्यही भागवत कथा वाचन शुरु गरेकी थिइन् । केही समय अयोध्यामा पनि संस्कृतको शिक्षा लिएकी उनले आफ्नो अध्ययनसँगै कथा वाचनलाई समेत सँगसँगै लगिन् ।

उनले वृन्दावनमै स्थापना गरेको ‘राष्ट्रसेवा परिवार’ नामक संस्था मार्फत विभिन्न सामाजिक कार्यहरुसँगै वृन्दावनमा सामूहिक विवाह र निशुल्क भोजनको व्यवस्था गर्दै आएकी छिन् । संस्थामार्फत नै नेपालबाट वृन्दावन भ्रमण र दर्शनका लागि जाने नेपालीहरुलाई निःशुल्क भोजन र आवासका लागि एउटा भवन समेत निर्माण गर्ने उनको उद्देश्य छ । त्यहाँ संस्कृत अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि समेत व्यवस्थापन गर्ने उनको चाहना छ ।

nifaonline
July 28th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे