Skip to content
February 2, 2026
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

तराईमा बढ्दो गर्मीका कारण विद्यालयको पठन-पाठन ठप्प

0
nifaonline
June 5th, 2023
|

सोमबार, २२ जेठ, २०८०
काठमाडाैं,

केही दिनयता देशका विभिन्न स्थानमा तापक्रम अत्यधिक बढेको छ । गर्मी बढेसँगै विद्यालयहरु बन्द गरीएको छ ।

जल तथा मौसम विज्ञान विभागले तातो हावा तथा लु लाग्ने सम्भावना देखाउँदै उच्च सावधानी अपनाउन आग्रह गरेपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।

तराईका विभिन्न स्थानमा तापक्रमले निश्चित स्तर (थ्रेसहोल्ड) नै नाघेको छ । ती स्थानहरूमा तातो हावा र लु सुरु भएको छ । शनिबार देशका विभिन्न ११ वटा ठाउँहरुमा तापक्रम ४० डिग्री नाघ्यो भने २८ ठाउँमा ३५ देखि ४० डिग्रीको बीचमा रह्यो ।

सामान्य अवस्थामा तीन दिनसम्म कुनै पनि स्थानमा तापक्रमले निश्चित स्तर नाघ्दा लुको अवस्था हुन्छ । लु तथा तातो दिन अनुगमनका लागि सन् १९८१ देखि २०२० सम्म ४० वर्षको तापक्रम विश्लेषण गरी प्रतिशतक (पर्सेन्टाइल) को आधारमा निश्चित दर निर्धारण गरिएको हुन्छ । मौसम विभागले गत वर्षदेखि शीतलहर तथा लुको अनुगमन प्रणाली विकास गरेर अनुगमन त्यसका लागि तापक्रमको मापदण्डहरू निर्धारण गरेको छ । कुनै पनि मापन केन्द्रमा तापक्रम ९० प्रतिशतकभन्दा धेरै हुँदा तातो दिन, ९५ प्रतिशतक हुँदा धेरै तातो दिन र ९९ प्रतिशतकभन्दा बढी हुँदा अत्यधिक तातो दिन मान्ने गरिएको छ ।

मौसमविद् अनुसार काठमाडौंमा तातो दिन हुनका लागि तापक्रम ३१.३ डिग्री सेल्सियसभन्दा बढी हुनुपर्छ । काठमाडौंका लागि ३२ डिग्रीभन्दा बढी तापक्रम हुँदा धेरै तातो दिन र ३३.५ डिग्रीभन्दा बढी हुँदा अत्यधिक तातो दिन मानिन्छ । जबकि विराटनगरमा तातो दिन हुनका लागि तापक्रम ३५.९ डिग्री नाघ्नुपर्छ । विराटनगरका लागि धेरै तातो दिन ३६.८ र अत्यधिक तातो दिन ३९ डिग्री सेल्सियस नाघेको हुनुपर्छ । जनकपुरका लागि तातो, धेरै तातो र अत्यधिक तातो दिन हुनका लागि क्रमशः ३७, ३८.२ र ४० डिग्री सेल्सियस तापक्रम नाघेको हुनुपर्छ ।
वीरगन्जमा तापक्रम ४२ डिग्री सेल्सियस नाघ्दा अत्यधिक तातो दिन मानिन्छ । इलामका लागि तापक्रम २८ डिग्री सेल्सियस नाघ्दा अत्यधिक तातो दिन मानिन्छ । यस्तै बुटवलका लागि ४२.२, नेपालगन्जका लागि ४३.४, दिपायलका लागि ४२.२, पोखराका लागि ३४.१ र पाल्पाका लागि ३५.४ डिग्री तापक्रम पुग्दा अत्यधिक तातो दिन मानिन्छ ।

मौसम विज्ञान विभागले लुलाई तीन प्रकारमा वर्गीकरण गरेको छ । लगातार ३ दिनसम्म तातो, धेरै तातो र अत्यधिक तातो दिनलाई क्रमशः ‘माइल्ड लु’, ‘मोडरेट लु’ र ‘लु’ को अवस्था मान्ने गरिन्छ । माइल्ड लुको अवस्था हुँदा सावधानी अपनाउनुपर्ने र मोडरेट लुको अवस्था हुँदा तयारी अवस्थामा बस्नुपर्ने हुन्छ । यस्तो अवस्थामा घाममा नजाने र पानी धेरै पिउनुपर्ने लु भएको अवस्थामा चिसो भएको ठाउँमा गइहाल्नुपर्ने वा घरभित्र बस्नुपर्ने विज्ञको सुझाव छ ।

मौसम विभागले एक बुलेटिन निकाल्दै तातो हावा तथा लुबाट बच्नका लागि घरभित्र वा चिसो स्थानमा रहन आग्रह गरेको छ । बाहिरी वातावरणमा नजान साथै हल्का सुतीको कपडा लगाएर, टाउको छोपेर वा टोपी लगाएर मात्रै बाहिर निस्कन विभागले आग्रह गरेको छ । यस्तै, पानी, सर्बतलगायतका झोलिलो पदार्थ प्रशस्त पिउनुपर्ने विभागको सुझाव छ ।

nifaonline
June 5th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे