Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

नेपाल–भारत बिचको सम्बन्ध थप सुदृढ बनाउन विकास साझेदारीमा जोड

0
nifaonline
June 13th, 2025
|

नेपाल–भारतको सम्बन्धबाट नेपालले फाइदा लिनुपर्ने धारणा सरोकारवालाहरूले राखेका छन् । दुई देशको भौगोलिक र सामाजिक यथार्थ आपसी समृद्धिका लागि आवश्यक रहेको कुरामा जोड दिँदै उनीहरूले नेपाल–भारतको सम्बन्ध अझै सुदृढ बनाउन विकास साझेदारीमा जोड दिनुपर्ने धारणा राखेका हुन् ।

सेन्टर फर सोसल इनोभेसन एन्ड फोरेन पोलिसी नेपाल (सेसिफ) र अनन्त एस्पेन केन्द्र, भारतको सहआयोजनामा बिहीबार सम्पन्न ‘नेपाल–भारत रणनीतिक संवाद’ विषयक अन्तरक्रिया कार्यक्रममा सो धारणा राखेका हुन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले जलवायु परिवर्तन, भू–राजनीतिक बदलाव र प्रविधिगत रूपान्तरणजस्ता विश्वव्यापी चुनौतीबिच नेपाल–भारत सहकार्यको आवश्यकता झनै बढेको बताइन् । उनले भनिन्, ‘हाम्रो निकटतालाई समृद्धिमा बदल्न, सडक, रेलदेखि डिजिटल पूर्वाधारसम्म सम्पर्क विस्तार गर्नुपर्छ ।’

पञ्चेश्वर जलविद्युत परियोजनामा भएको प्रगति र १०,००० मेगावाट विद्युत् निर्यातको लक्ष्यलाई पुरा गर्नुपर्नेमा उनले जोड दिइन् । नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको ‘नेबरहुड फस्र्ट’ नीतिअनुसार नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताए ।

उनले विद्युत् निर्यात, डिजिटल भुक्तानी प्रणालीको नेपालमा प्रयोग जस्ता उदाहरण प्रस्तुत गर्दै ‘सीमा सेतु’ हुनुपर्छ भन्ने धारणा राखे । उनले भारतको पहलगाम आक्रमणपछि नेपालको समर्थनप्रति धन्यवाद दिँदै साझा सुरक्षा चासोमा सहकार्य आवश्यक रहेको बताए ।

सेन्टर फर सोसल इनोभेसन एन्ड फोरेन पोलिसी नेपाल (सेसिफ) का प्रमुख एवं पूर्वराजदूत विजयकान्त कर्णले छलफल र संवादमार्फत नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउँदै उर्जाशक्ति, व्यापार, डिजिटललगायतका क्षेत्रमा व्यवहारिक सहकार्य गर्नुपर्नेमा जोड दिए । उनले भने– ‘हाम्रो भौगोलिक र सामाजिक यथार्थले हामीलाई आपसी समृद्धिको बाटोमा लाग्न बाध्य पार्छ ।’

अनन्त एस्पेन केन्द्र, भारतका प्रमुख इन्द्राणी बाग्चीले हालको विश्व र क्षेत्रीय परिस्थितिमा छिमेकी सम्बन्धलाई अझ भविष्यमुखी बनाउनुपर्नेमा जोड दिइन् । उनले डिजिटल नवप्रवर्तन, उदाउँदो प्रविधिहरू र भावी पुस्ताको लागि कार्यान्वयनयोग्य सहकार्यतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमका विभिन्न सत्रमा भारत–नेपाल सम्बन्धका चार प्रमुख आयामबारे छलफल भएको थियो ।

nifaonline
June 13th, 2025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे