निकासीका क्रममा रोकिएको नेपाली चिया भारत जान थालेको छ । भारतीय राजदूतावासका प्रथम सचिव डा.साहिल कुमारको सकृयतामा निकासीको लागि रोकिएको चिया निकासीको बाटो खुलेको हो ।
चियाको प्रयोगशाला परीक्षण गर्ने बहानामा भारतले पछिल्ला केहि समयदेखि नेपाली चिया भारतको पानीट्यांकीमा रोकेको थियो ।
प्रथम सचिव डा.साहिल कुमार झापा भ्रमणमा रहनुभएको समयमा चिया निकासी रोकिको र सो चियाको निर्यात खुलाउने पहल गरिदिन नेपाल भारत मैंत्री संघले जोड दिएको थियो । सोही अनुसार चिया भारत निकासी भएको हो ।
वैशाख पहिलो साता रोकिएको चिया खुल्ला गरेको केही दिनमै पुुनः भारतले रोकेको थियो । जुन चिया २४ वटा ट्रक हिजो भारत तर्फ प्रस्थान गरेको हो ।







