नेपाल भारत मैत्री संघ नवलपुरको आयोजनामा कावासोतीका २० जना महिला हरुकालागि निः शुल्क ३ महिने सिलाई कटाई सुरु भएको छ ।
बिहिबार तालिमको नेपाल भारत मैत्री संघका केन्द्रिय सदस्य समेत रहनु भएका कार्यक्रमका प्रमुख अतिथि सीता बस्यालले समुद्घाटन गरेकी हुन । सो उद्घाटन समारोहमा संघका केन्द्रिय कानुनी सल्लाहकार भोजराज दहाल, संघका निवर्तमान अध्यक्ष एवम सल्लाहकार बालकृष्ण घिमिरे, अक्सफोर्ड ट्रेनिङ सेन्टरका अध्यक्ष ऋषि कंडेल, संघका निवर्तमान महासचिव खगराज सापकोटा, तालिमका प्रशिक्षक कविता पाण्डे लगायत तालिमका सहभागिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष अर्जुन काफ्लेको रहेको थियो भने कार्यक्रम सन्चालन संघका सचिव हरि प्रसाद ढुंगानाले गरेका हुन ।







