नेपाल भारत मैत्री संघ काठमाडौ जिल्ला कार्यसमितिको आयोजनामा एक दिने निःशुल्क आँखा जाँच शिविर संचालन भएको छ । शनिवार काठमाडौंको सिफलको श्री बाल व्यावसायी केन्द्र माध्यामिक विद्यालयमा सो शिविर संचालन गरिएको हो । शिविर माट्रिका आँखा केन्द्र पुरानो बानेश्वरको प्रविधिक सहयोगमा सम्पन्न भएको हो । विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको शिविरमा ५ सय माथिका महानुभावले निःशुल्क आँखा जाँच र औषधि प्राप्त गर्नुभएको थियो ।
शिविरको उद्धघाटन नेपालका लागि भारतीय दुतावासका प्रथम सचिव डा. शाहिल कुमारले गर्नुभएको थियो । सो उद्घघाटन समारोहमा संघका कार्यवहाक अध्यक्ष इ. शैलेन्द्र मोहन झा, बरिष्ठ उपाध्यक्ष डा तुलबहादुर साउद, संघका महासचिव बोधकृष्ण सुवेदी लगायत संघका अन्य सदस्य र काठमाडौं, भक्तपुर लगायत अन्य शाखाका पदाधिकारीको समेत उपस्थिती रहेको थियो । कार्यक्रमको सहआयोजक लायन्स अन्र्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ रहेको छ ।








