नेपाल–भारतमैत्री संघले रौताहटका बाढी पीडितका लागि विभिन्न राहत सामाग्री हस्तान्तरण गरेको छ । संघले ईशनाथ नगरपालिका वडा नं १ बन्जरहाका बाढी पीडितका लागि एक कार्यक्रमको आयोजना गरी कार्तिक २१ गते बुधवार राहत सामग्री हस्तान्तरण गरेको हो ।
संघका केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश क्षेत्रका अध्यक्ष रणधीर कुमार सिंहको प्रमुख आतिथ्यमा र संघको केन्द्रीय कार्यालयको सहयोगमा बाढी प्रभावित क्षेत्रमा सो राहत सामाग्री हस्तान्तरण गरेको हो । राहत सामाग्रीमा खाद्यान्न, तत्ताकपडा लगायत दैनिक उपभोग्य बस्तु रहेका छन् ।
राहत वितरणमा कार्यक्रममा संघका रौतहट जिल्ला अध्यक्ष गृषनन्दन कुमार सिंह, नेपाल प्रहरीका इलाका कार्यालय प्रमुख अनिल कुमार महतो, समाजसेवी राजिब कुमार श्रीवास्तब, प्रेम कुमार यादव, रामकैलाश यादव, कालि बहादुर बि.क., संघका प्रतिनिधी बिजय कुमार मिश्र लगायत अन्य पदाधिकारीको उपस्थिती रहेको थियो ।








