नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडितका लागि दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी नेपाल–भारतमैत्री संघले बल्खुका बाढी पीडिहरुका नेपाल चिकित्सक संघमार्फत दश लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो ।
बाढीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको अवस्थामा चिकित्सक संघको आग्रह बमोजिम नेपाल–भारतमैत्री संघले सो राहत सामग्री हस्तान्तरण गरेको संघका कार्यवहाक अध्यक्ष ई. शैलेन्द्र मोहन झाले बनाउँनुभयो ।
राहत सामग्रीमा खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामग्रीहरु रहेको उहाँले बताउँनु भयो । उहाँले वास्तविक पीडितलाई राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभयो । उहाँहरुले भन्नुभयो, ‘उचित व्यवस्थापन गर्नुहुन्छ भन्ने हामीलाई आशा लागेको छ । अझै गर्नुपर्ने सहयोग हामी गर्दै जान्छौँ । पीडितहरुको हातमा परोस् । अरुको हातमा नपरोस् ।’
राहत हस्तान्तरण पछिसंघका केन्द्रीय महासचिव बोधकृष्ण सुवेदीले देश अहिले विपत्तिका कारण क्षतविक्षत भइ चपेटामा परेको अवस्थामा आफूहरुले चिकित्सक संघमार्फत एउटा सानो सहयोग पीडितसम्म पु¥याउनलाई पहल गरेको बताउँनु भयो ।
सुवेदीले भन्नुभयो,‘देशमा अहिले बाढी पहिरोबाट क्षतविक्षत भएको छ । देश चपेटामा परेको छ । यस्तो अवस्थामा हामीले नेपाल चिमित्सक संघमार्फत एउटा सानो सहयोग पीडित जनतासम्म पु¥याउनलाई एउटा पहल गरेका छौं ।’
त्यस्तै, संघ काठमााडौं अध्यक्ष जानुका कार्कीले बल्खु क्षेत्रमा धेरै क्षति पुगेको हुँदा चिकित्सक संघको सम्पूर्ण टिमले आग्रह गरे अनुरुप हामीले राहत सामग्रीहरु खाद्यान्न, औषधि, ब्याङ्क्वेट, कम्बलहरु लगायत बहुउपयोगि सामानहरु हस्तान्तरण गरेको बताउँनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघको अध्यक्ष डा. अनिल कार्कीले आफूहरुले बल्खु क्षेत्रमा गएर स्वास्थ्य सेवा सँगसँगै राहत वितरण गर्ने बताए । उनले बल्खुमा दुई दिन भित्रमा मेडिकल क्याम्पसहित आफूहरु जाने र राहत वितरण गर्ने बताउँनु भयो ।
उहाँले जुन राहत समाग्री हस्तान्तरण गर्नुभएको छ, हामीले स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ । उहाँले अगाडि थप्नु भयो, ‘भोलि या पर्सिसम्म बल्खुमा मेडिकल क्याम्पसहित राहत वितरण गर्नेछौँ ।’







