Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

कसरी अगाडि बढदैछ नेपाल भारत मैत्री संघ ?

0
nifaonline
May 19th, 2024
|

बोधकृष्ण सुबेदी

दक्षिण एशियामा सिमाना जोडिएका नेपाल र भारत दुबै स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक मुलुक हुन् । सदियौँ पुरानो नागरिक सम्बन्ध र विश्वास, भौगोलिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धहरू दुवै देशका लागि निकै महत्वपूर्ण छन् । भारत र नेपालको संस्कृति, भाषा र धर्मको अन्य मुलुकको तुलनामा विशेष सम्बन्ध रहेको छ ।

नेपाल–भारत सम्बन्धको विकल्प भनेकै आपसी सद्भाव, सहअस्तित्व र समझदारीमा आधारित असल नेपाल–भारत सम्बन्ध नै हो । आपसी हित, समझदारी र सद्भावको जगेर्ना तथा संवद्र्धन र संरक्षण गरी एकीकृत विकासको दीर्घ सोचसहितको मूल लक्ष्य लिएर धनिभुत सम्बन्ध स्थापना नै आजको प्रमुख माग हो । यही मागलाई मध्यनजर गरेर नेपाल–भारत मैत्री संघ स्थापन भएको एतिहास छ । नेपाल र भारतबीचको परापूर्वकालदेखिको मैत्री सम्बन्धलाई समय सापेक्ष रुपमा सुदृढ बनाउन कार्यरत यस संस्था अग्रणी स्थानमा देखिन्छ ।

नेपाल र भारतबीच कायम रहदै आएको मानव सभ्यताको शुरुवातदेखिको युग पुरानो मैत्री आत्मीय सम्बन्धलाई हाम्रो साझा कला, संस्कृति, धर्म, रीतिरिवाज, साहित्य र जनस्तरको अन्योन्याश्रित सम्बन्धले अत्यन्त मजवुत बनाएको छ ।

सामाजिक, धार्मिक एवं सांस्कृतिक सम्बन्धका कारण नेपाल भारतबीचको सम्बन्धलाई अरु देशहरुसंग तुलना गर्न सकिदैन । यिनै अवधारणा प्रेरित भएर आजभन्दा ६ दशक अगाडि यो संस्थाको वीजारोपण भएको हो । वि.स. २०११ साल असार महिनाको अन्तिम सातामा त्यस समयका प्रसिद्ध साहित्यकारहरु र केही राजनीतिक व्यक्तिहरु माधव प्रसाद घिमिरे (हालका राष्ट्रकवि), महाकवि स्व. लक्ष्मी प्रसाद देवकोटा, स्व. बालकृष्ण सम, स्व बालचन्द्र शर्मा, स्व चुडाराज शर्मा, स्व रामहरि शर्मा, स्व. काशिराज उपाध्याय, जस्ता प्रसिद्ध व्यक्तित्वहरुको समुपस्थितिमा रानीपोखरीको छेउमा अवस्थित प्रसिद्ध दरबार हाईस्कुलको एउटा कोठामा भेला भई नेपाल भारत मैत्री संघको परिकल्पना स्थापना गर्ने निर्णय गरिएको थियो ।

हालका स्वर्गिय राष्ट्रकवि माधव प्रसाद घिमिरेज्युको अध्यक्षतामा वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीज्यू महासचिव र सदस्यहरुमा राजनीतिक र समाजसेवी डा. काशिराज शर्मा, स्वर्गिय चुडाराज शर्मा, स्व. रामहरि शर्मा, बालचन्द्र शर्मा पूर्व प्रधान न्यायधिश स्वर्गिए विश्वनाथ उपाध्याय सहितको कार्यसमिति गठन गरियो । हाल विशाल बजार रहेको न्यूरोडको एउटा घरमा नेपाल भारत मैत्री संघको पहिलो कार्यालय स्थापना गरिएको थियो ।
नेपाल–भारत मैत्री संघकै एक विभागका रुपमा पछि काव्य प्रतिष्ठानको गठन भयो । सो काव्य प्रतिष्ठानले महाकवि स्व लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा स्व बालकृष्ण सम स्व. डा. ईश्वर बराल, राष्ट्रकवि माधव प्रसाद घिमिरे र सदस्य सचिवमा स्व शंकर लामिछाने रहनु भएको थियो ।

२०१२ सालमा भारतको दिल्लीमा सम्पन्न भएको अफ्रो–एशियाली छवि तथा लेखकहरुको सम्मेलनमा महाकवि स्व लक्ष्मी प्रसाद देवकोटाको नेतृत्वमा काव्य प्रतिष्ठानका पदाधिकारी तथा सदस्यज्यूहरु सहभागी हुनुका साथै तत्कालीन नेपाल भारत मैत्री संघका पदाधिकारी सदस्यज्यूहरुले दक्षिण भारतको भ्रमण गर्नु भई दुई देशबीचको मित्रतालाई सबल र सुदृढ बनाउने कार्य गर्नुभएको थियो ।

भारतका तत्कालीन उपराष्ट्रपति तथा प्रसिद्ध दार्शनिक सर्वपल्ली राधाकृष्णज्यूको नेपाल आगमन हुँदा नेपाल भारत मैत्री संघका पदाधिकारी र काव्य प्रतिष्ठानका पदाधिकारीहरुले भव्य स्वागत गर्नुभएको थियो । त्यसपश्चात् भारतबाट पाल्नुहुने विशिष्ठ व्यक्तिहरुको आगमनमा नेपाल भारत मैत्री संघका पदाधिकारीहरु सदैव सक्रिय र अग्रसर रहनुभएको इतिहास साक्षी छ ।

२०१२ सालमा मैत्री संघका तत्कालिन अध्यक्ष माधव प्रसाद घिमिरेज्यू स्वर्गिए राजा महेन्द्रबाट नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा मनोनित हुनुभयो । त्यसपछि समाजसेवी स्वर्गिय डा. काशिराज उपाध्यायज्यूले मैंत्री संघको अध्यक्षता ग्रहण गरी संस्थालाई अगाडि बढाउने कार्य गर्नुभयो । २०१३ सालमा स्वर्गिय टंक प्रसाद आचार्यको प्रधानमन्त्रीत्वमा गठित मन्त्री मण्डलमा स्वर्गिय डा काशिराज उपाध्याय सामेल हुनुभयो । २०१३ सालमा स्वर्गिय डा काशिराज उपाध्यायज्यूले अध्यक्ष पदमा नरहेपछि स्व कृष्णप्रसाद रिमालज्यूले यस संस्थाको अध्यक्षता ग्रहण गरी लामो समयसम्म अर्थात २०३५ सालसम्म संस्थाको नेतृत्व सम्हाल्नु भएको इतिहास छ । विसं २०३७ सालको जनमत संग्रहपछि राजनैतिक वातावरण उदार खुकुलो भयो । गैहसरकारी संघ संस्था खोल्ने नीति नियम तयार भयो । सोही नीति अनुरूप तत्कालीन श्री ५ सरकारले संघ संस्था दर्ता ऐन स्वीकृत गरे लगत्तै २०३६ साल वैशाखमा काठमाण्डौ जिल्ला प्रशास कार्यालयमा नेपाल भारत मैंत्री संघ २ नं मा दर्ता भयो ।

विक्रम संम्बत २०३६ सालमा कानूनी रुपमा स्थापना भएको यो संस्था नेपाल र भारतबीचको शास्वत मैत्री परम्परालाई अक्षुण राख्दै पारस्परिक सम्बन्धलाई सुमधुर बनाउने मध्येको एक हो । साथै दुबै देशका जनताबीच सुसम्बन्ध स्थापना गर्दे सामाजिक आर्थिक विकाशका विविध क्षेत्रमा परम्पर सहयोग र सद्भावलाई मूर्त रुप दिने, दिलाउने कार्यमा लागि परेको छ ।

स्वर्गिय. डा. योगेन्द्र झालाई अध्यक्ष पदमा चयन गयो तत्कालीन महासचिव इन्दुकान्त शर्माको लापरवाहीले ४ वर्षसम्म सस्था नवीकरण विहिन बन्न पुग्यो । डा. योगेन्द्र झाले पछि कर्णेल हेमबहादुर कार्कीज्यूलाई महासचिवमा मनोनित गर्नुभयो । झाको अध्यक्षतामा गठन भएको कार्यसमितिमा उपाध्यक्ष पदमा युवराज सिंह प्रधान पूर्व राजदूत, महासचिवमा कर्णेल हेमबहादुर कार्कीज्यू लगायत सदस्य पदमा यदि प्रसाद गुप्ता, कुजविहारी लाल, वर्तमान अध्यक्ष ओम सरावगी, वर्तमान महासचिव शेखर गिरि, लोकराज बराल, विचित्र बहादुर देवकोटा आदि सम्मिलित हुनुहुन्थ्यो । डा. योगेन्द्र झाको निधनपश्चात् युवराज सिंह प्रधान का वा अध्यक्ष हुन् (चीनको राजदूत भएकोले सहमति नजनाएको हुँदा महासचिव कर्णेल हेमबहादुर कार्कीज्यू का वा अध्यक्षको हैसियतले संस्थाको नेतृत्व सम्हाल्न पुग्नुभयो । त्यसै समयमा ५ को सरकारले नविकरण नभएका संघ संस्थाहरुलाई नवीकरणको एकमुष्ट रकम बुझाएमा नवीकरण गर्न सक्ने प्रावधान दिएकोले वर्तमान प्रमुख सल्लाहकार कर्णेल हेमबहादुर कार्कीज्यूको विशेष पहलमा संस्थालाई नविकरण गराउने कार्य भई संस्थालाई जीवन्तता दिने कार्य भयो । त्यस कार्यको श्रेय श्रद्धेय कर्णेल हेमबहादुर कार्कीज्यूलाई दिनैपर्छ ।

त्यसै समयमा कर्णेल हेमबहादुर कार्कीज्यूको सक्रियतामा मैत्री संघसँग आबद्ध साथीहरुलाई जम्मा गरी नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको हलमा विशेष मैत्री सभाको आयोजना गरी पूर्व परराष्ट्रमन्त्री शैलेन्द्र कुमार उपाध्यायज्यूलाई सर्वसम्मत रुपमा संस्थाको अध्यक्ष मनोनयन गरियो । २०६० सालमा धनगढीमा भएको मैत्री सभाले काठमाण्डौमा भएको विशेष मैत्री सभाको निर्णयलाई अनुमोदन गर्दै शैलेन्द्र कुमार उपाध्यायज्यूको अध्यक्षतामा एक कार्यसमिति गठन गरियो । उक्त कार्यसमितिमा वर्तमान कार्यसमितिका अधिकाश व्यक्तित्वहरु समावेश हुनुहुन्थ्यो ।

मिति २०६३ सालमा घरायसी कारण देखाउँदै अध्यक्ष शैलेन्द्र कुमार उपाध्यायज्यले अध्यक्ष पदमा नबस्ने निर्णय गरेपछि कर्णेल हेमवहादुर कार्कीज्यूले का. बा. अध्यक्षको हैसियतले संस्थाको नेतृत्व गर्दै आउनुभयो । उहाँकै कार्यकालमा वि.सं. २०६४ सालमा ने.भा मै संघको दोश्रो मैत्री सभा भैरहवामा सम्पन्न भयो र उक्त मैत्री सभाबाट मुरारीलाल अग्रवालज्यू अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उक्त कार्यसमितिमा वर्तमान अध्यक्ष ओम प्रकाश सरावगीज्यू वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको थियो । महासचिवमा स्व. दिवाकरदत्त पाण्डे, सचिवमा नरनारायण शाह मनु र कोषाध्यक्ष पदमा चतुर्भुज सरिया सामेल हुनुहुन्थ्यो ।

मिति २०६७ चैत्रमा विराटनगरमा सम्पन्न चौंथो मैत्री सभावाट ओम प्रकाश सरावगीज्यू अध्यक्ष पदमा निर्वाचित हुनुभयो । उक्त कार्यसमितिमा चक्रमान श्रेष्ठज्यू वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित हुनुभयो भने वर्तमान महासचिव शेखर गिरिज्यूले महासचिवको कार्यभार सम्हाल्नु भएको थियो । वर्तमान कोषाध्यक्ष चतुर्भुज सरियाज्यूले कोषाध्यक्षकै कार्यभार सम्हाल्नुभएको थियो ।

मिति २०७० मा वीरगञ्जमा भएको नेपाल भारत मैत्री संघको पाँचौं मैत्री सभावाट ओम प्रकाश सरावगीज्यू पुनः अध्यक्ष पदमा निर्वाचित हुनु भई आज कार्यसम्मालिरहनुभएको छ ।
नयाँ बानेश्वर, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस संघले देशका ७२ जिल्लामा शाखा संचालन गर्दे आएको छ । जिल्ला शाखा र विभिन्न जिल्लामा उपशाखा विस्तार गरी आफना कार्य अगाडि बढाउँदै आएको छ । विशिष्ट सदस्य, आजिबन सदस्य, अन्य सदस्यहरु सहितका सहयोगी हातहरुको एकता, अग्रजहरुको मार्गदर्शनबाट अगाडि बढेका छ ।

नेपाल र भारतमा बसी पेशा व्यावसाय संचालन गरी बसेका दुबै देशका नागरिकको सेवा, सुरक्षा, हक–हित र आपत–विपतमा सहयोगदेखि राजनैतीक, सांस्कृतिक सदभाव लगायतका भगिनी सम्बन्ध स्थापना गर्नको लागि सहयोग पुग्ने उदेश्यले यो संस्थाको छ ।

नेपाल–भारत मैत्री संघ विधानको प्रस्तावनामा उल्लेखित नेपाल र भारतबीचको परापूर्व कालदेखिको मैत्री सम्बन्धलाई समय सापेक्ष रुपमा सुदृढ बनाउन कार्यरत एक सामाजिक संस्था हो । दुई देशबीच परम्परादेखि चलिआएका आदर्श र मित्रताको सम्बन्धलाई मजबुत पार्दै अगाडि बढ्ने लक्ष्य लिएको संस्थाका उद्देश्यहरुले भन्छन् ।

नेपाल र भारतबीचको शास्वत मैत्री परम्परालाई व्यापक बनाउने । अक्षुण राख्दै पारस्परिक सम्बन्धलाई सुमधुर एवं धर्म, संस्कृति, सभ्यता, भाषा, कला, साहित्य तथा राष्ट्रिय विकासका विभिन्न पक्षहरुमा नेपाल र भारतबीच जनस्तरमा व्यापक जनसहभागिता कायम गराउने ।

दई देशबीचको सामाजिक, आर्थिक विकासका विविध क्षेत्रमा परस्पर सहयोग र सद्भावलाई मूर्तरुप दिने, दिलाउने । विश्व भातृत्व एवं विश्व शान्तिलाई सुदृढ बनाउन संयुक्त राष्ट्र संघको सिद्धान्त अनुरुप मानव कल्याणकारी वातावरण तयार गर्न सक्रिय रहने । भारतका विभिन्न स्थानमा गठित भारत–नेपाल मैत्री संघ÷संस्थाहरुसँग भातृ सम्बन्ध राखी समान उद्देश्य प्राप्तिका लागि सहकार्य गर्ने । नेपाल र भारत देशका जनताबीच सुसम्बन्ध कायम राख्न प्रयत्नशील रहने ।

यस संस्थाको विधानले निर्दिष्ठ गरेका उद्देश्यहरु पुरा गराउन र मैत्री सम्बन्धका नयाँ आयामहरुलाई राष्ट्र र जनताको हितलाई ध्यानमा राखी, दुबै देशका राष्ट्रिय पर्वहरु, स्वतन्त्रता दिवस एवं गणतन्त्र दिवस, बुद्ध जयन्ती, विश्व अहिंसा दिवस तथा महात्मा गान्धी जयन्तीको अवसरमा विविध कार्यक्रम संचालन गर्ने रहेका छन् । त्यस्तै, कला, संस्कृति र साहित्यका विविध पक्षमा अन्तरक्रिया गराउनेदेखि विशिष्ट विद्वान – विदुषी, कुटनितिज्ञ, समाजसेवी व्यक्तिहरुको भ्रमणको आदान–प्रदान तथा विचारको विनिमय गर्ने, गराउने रहेका छन् । राष्ट्र र जनताको विषयमा सरोकार राख्ने, प्रविधि र तिनको संरक्षण, सम्बर्धन र उपयोग सम्बन्धी प्रवचन, गोष्ठी, सेमिनार र अन्र्तक्रियाको आयोजना गर्ने रहेको छ ।

दुवै देशका ख्याति प्राप्त विशिष्ठ व्यक्तिहरुको भ्रमणका आदान–प्रदान गराउने रहेको छ । जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न स्वास्थ्य शिविर, रक्तदान जस्ता जनहित र चेतनामुलक कार्यहरु संचालन गर्ने, नेपाल र भारतमा बसी पेशा व्यवसाय संचालन गरी बसेका दुबै देशका नागरिकहरुको सेवा, सुरक्षा, हक–हित र आपत विपतमा सहयोग पु¥याउन क्रियाशिल रहने छ भने समान उद्देश्य र प्रकृतिका संघ संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापित गरी भ्रमणको आदान–प्रदान गर्ने छ । हाम्रा एक अर्काका आधुनिक प्रविधि, अनुभव र श्रोत साधनलाई जनहितमा प्रयोग गर्ने । उपरोक्त कार्यक्रमका अतिरिक्त अन्य आवश्यक र उपयुक्त कार्यक्रमहरु संचालन गर्ने वातावरण संस्थाले तय गर्ने लक्ष्यका साथ यो संघ क्रियाशिल रहने छ ।

नयाँ बानेश्वर, काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको नेपाल–भारत मैत्री संघले मुलुकका ७३ जिल्लामा जिल्ला शाखा र विभिन्न जिल्लामा ४५ उपशाखाहरु विस्तार गरेको छ । आज यस संस्थामा ८१४८ को संख्यामा आजीवन सदस्यहरू पुगेका छन् । यस संस्थासँग आबद्ध प्रत्येक सदस्य विभिन्न तहमा गठन हुने कार्यसमितिका पदाधिकारी सदस्यज्यूहरुले अत्यन्त जिम्मेवार बनी अनुशासित, मर्यादित बन्दै कर्तव्य निष्ठताका साथ अगाडि बढ्नुपर्छ ।

 

विभिन्न पेशा, व्यवसाय र समाजका विभिन्न क्षेत्रमा कार्यरत विशिष्ठ व्यक्तित्वहरु यस संस्थामा आबद्ध भई नेपाल–भारत मैत्री संघका क्रियाकलाप तथा गतिविधिमा सरिक भई सहयोग र मार्गदर्शन प्रदान गर्नु भएबाट पनि हाम्रो संस्थाले अगाडि बढ्ने प्रेरणा र उर्जा पाएको छ ।

nifaonline
May 19th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे