काठमाडौंमा बुधबारदेखि नेपाल–भारत रङ्ग महोत्सव सुरु भएको छ । राष्ट्रिय नाचघर जमलमा सुरु भएको महोत्सवको बुधबार साँझ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले उद्घाटन गरे ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय नाट्य विद्यालय भारतसँगको सहकार्यमा आयोजना गरेको महोत्सव उद्घाटन समारोहमा मन्त्री पाण्डेले दुई देशको सहकार्यमा नाटक महोत्सव आयोजना हुनु खुसीको कुरा भएको भन्दै प्रशंसा गरे ।
उनले मन्त्रालयले कलासंस्कृतिको संरक्षणमा काम थालेको जानकारी गराउँदै यसरी कार्यक्रम गर्दा दुई देशको सम्बन्ध विस्तार हुनाका साथै आपसी अनुभव आदानप्रदान हुने पनि बताए ।







