Skip to content
September 22, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

0
nifaonline
November 20th, 2025
|

भारत सरकारको आर्थिक सहयोगमा प्युठानको ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयमा निर्माण भएका नयाँ विद्यालय भवन तथा छात्रावास संरचनाको एक समारोहबिच उद्घाटन गरिएको छ।

भारतीय राजदूतावास, काठमाडौँका काउन्सलर गीताञ्जली ब्रैंडन तथा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा भवन उद्घाटन गरेका हुन् । समारोहमा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, स्थानीय समुदाय, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत भारत सरकारको अनुदान सहयोगबाट विद्यालय भवन, छात्रावास तथा अन्य सहायक संरचना निर्माण गरिएको हो। परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।

दाङवाङ माध्यमिक विद्यालय प्युठानको ग्रामीण भेगमा अवस्थित अग्रणी सामुदायिक विद्यालयमध्ये एक मानिन्छ, जहाँ ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्म २३४ विद्यार्थी अध्ययनरत छन्, जसमा करिब ६० प्रतिशत छात्रा रहेको विद्यालयले जनाएको छ।

समारोहका वक्ताहरूले भारत सरकारद्वारा प्रदान हुँदै आएको दीर्घकालीन विकास सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ पूर्वाधारले विद्यार्थीहरूको सिकाइ वातावरण सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनीहरूका अनुसार, आधुनिक भवन र सुविधाले गुणस्तरीय शिक्षा सहज बनाउने मात्र होइन, यस क्षेत्रको समग्र शैक्षिक विकासमा पनि टेवा पुग्नेछ।

भारत र नेपालबिचको छिमेकी सम्बन्ध, विकास साझेदारी र बहुक्षेत्रीय सहकार्यलाई झल्काउने यस परियोजनाले नेपाल सरकारका प्राथमिकता रहेको पूर्वाधार विकास तथा समृद्धि हासिल गर्ने अभियानलाई थप मजबुती प्रदान गरेको भारतीय पक्षको भनाइ छ।

nifaonline
November 20th, 2025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे