Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

के मोदी नेपाल भ्रमणमा आउँन लागेका हुन् ?

0
nifaonline
February 2nd, 2024
|

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सरकारी उच्चस्तरमा गोप्य तयारी हुँदैछ । यही फेवु्रअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म मोदी नेपाल भ्रमणमा आउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले खुलासा गरेको छ ।

नेपाल र भारतका प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयको नेतृत्व र सुरक्षा अङ्गको उच्च तहमा मोदीको भ्रमण तयारीका विषयमा छलफल भइरहेको छ । यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने बताइएको छ । उनी भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्ने अभिप्रायले आउन लागेका हुन् ।

स्रोतका अनुसार यो साता भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर बिहीबार साँझ दिल्ली फर्केको छ । प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको एसपिजी, एसएसबी, भारतीय सेनाको डिएमआईलगायतको टोली काठमाडौं आएको थियो । टोली साधारणरुपमा आएर पशुपतिनाथको पूजाअर्जना गरेर फर्किएको छ ।

यसअघि भारत भ्रमण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । प्रचण्ड र मोदी बीच गत १ जुनमा हैदराबाद हाउस दिल्लीमा भेटवार्ता हुँदा प्रचण्डले निमन्त्रणा दिएका थिए ।

मोदी लुम्बिनी भ्रमणमा आएको समयमा अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।

भारतमा आगामी मेमा लोकसभाको निर्वाचन हुँदैछ । त्यसअघि पशुपतिनाथको आशीर्वाद लिएर चुनावी अभियान सुरू गर्ने उद्देश्यसहित मोदीको भ्रमण हुन लागेको रेकी टिममा आएका एकजना सदस्यले जानकारी दिएका छन् ।
सुरक्षा टोलीका एक सदस्यले भनेका छन्, “समय परिस्थिति र नेपालको अवस्थाले साथ दियो भने प्रधानमन्त्री मोदीजी नेपाल आउनुहुन्छ । निर्वाचनमा जानुभन्दा पहिला बाबा पशुपतिनाथको दर्शन गर्ने उहाँको इच्छाअनुसार तयारी भएको हो ।”

भारतमा अकस्मात कुनै अप्रिय अवस्था सिर्जना नभए मोदीको भ्रमण हुने लगभग निश्चित भएको नेपालको परराष्ट्र स्रोतले बताएको छ । यद्यपि, यसबारे सरकारी निकायले औपचारिकरूपमा पुष्टि गरिसकेका छैनन् । यसअघि कार्यभार सम्हालेपछि प्रधानमन्त्री मोदी धेरैपटक नेपाल भ्रमणमा आइसकेका छन् । उनी सन २०१४ को अगस्टमा राजकीय भ्रमणमा आएका थिए । प्रधानमन्त्री मोदीले पछिल्लो पटक सन् २०२२ को मे जनकपुरधाम, काठमाडौं र मुक्तिनाथको भ्रमण गरेका थिए । त्यसअघि सन २०१८ को अगस्टमा उनी बिमस्टेकको सम्मेलनका लागि काठमाडौं आएका थिए ।

प्रधानमन्त्री भएपछि दोस्रो भ्रमणका रूपमा उनी सार्क सम्मेलनका लागि सन् २०१४ को नोभेम्बरमा नेपाल आएका थिए ।

nifaonline
February 2nd, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे