भारतीय विदेशमन्त्री एस जयशंकर पशुपतिनाथको दर्शन गरेका छन्। आज बिहान उनले पशुपतिनाथ मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका हुन् । पशुपति मन्दिर परिसरमा उनले रुद्राक्षको एउटा बोट पनि रोपेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। उनलाई पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले स्वागत गरेका थिए।
उनले आजै त्रिवि पुस्तकालय तथा भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुनेछन्। विदेशमन्त्री जयशंकर दिउँसो साढे १२ बजे स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।







