Skip to content
September 22, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

भारतसँग ‘ठूल्दाइ’ हैन ‘जुम्ल्याहा’ दाजुभाइको सम्बन्ध हुनुपर्छ : लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’

0
nifaonline
January 26th, 2024
|

नेपाल भारत नेपाल–भारत मैत्री संघका उपाध्यक्ष हुनुहुन्छ लोकेन्द्र श्रेष्ठ ‘ईश्वर’ । परराष्ट्रमामिलामा जानकार श्रेष्ठ भारतका गतिविधीमा विशेष चासो राख्नुहुन्छ ।उहाँले भारतसँगका विभिन्न कार्यक्रममा समेल भएर सम्बन्ध सुधारका लागि विशेष पहल गर्नुभएको छ । भारतसँगको सम्बन्ध विस्तारमा विशेष भूमिका निर्वाह गर्ने श्रेष्ठसँग नेपाल–भारतका सम्बन्धमा गरिएको कुराकानीको अंश यहाँ राखिएको छ ।

नेपाल–भारत वीचको सम्बन्ध कस्तो सम्बन्ध हो ? यो सम्बन्धलाई यहाँले कसरी हेर्नुभएको छ ?

नेपाल–भारत सम्बन्ध प्राचीन छ । गौरवपूर्ण अतीतले भरिएको छ । नेपाल–भारत सम्बन्ध प्राचीन छ । गौरवपूर्ण अतीतले भरिएको छ । अंग्रेजहरूको उपनिवेश हुनुपूर्व भारतीय उपमहाद्वीपमा पनि विभिन्न स्वतन्त्र राज्य थिए । ती राज्यबीच आपसी तीता–मीठा, युद्ध–शान्ति र संघर्ष–सम्झौतापूर्ण सम्बन्ध रहेको तथ्य इतिहासको कालखण्डमा भेटिन्छ । नेपालको पनि भौगोलिक विशिष्टता तथा समान आर्थिक–सामाजिक परिवेशका कारण हिन्दुस्तानका प्रायः सबै राज्यसँग कुनै न कुनै प्रकारको सम्बन्ध थियो ।
नेपाल भारत बिचको सम्बन्ध एक ऐतिहासिक सम्बन्ध हो । यो परापूर्वकालदेखिनै एक आपसमा विकास हुँदै आएको छ । नेपाल र भारत बिच धेरै कुराको मेल छ । हाम्रो संस्कृतिक चालचलन आचरण एकै हो । दुबै देशका विचको संस्कृतिक, धार्मिक, भौगोलिक सम्बन्ध विश्वका अन्य देशमा पाउँन सकिदैन् ।

दुबै देशका जानताको लागि अर्को देशमा जानको लागि कुनै अवरोध छैन् । खुल्ला सिमानाका कारण निर्वाध दुबै देशका नागरिक हिडडुल गर्न पाउँछन् । अझ सीमा क्षेत्रमा रहेका दुबै देशका नागरिक आफ्नै देश जसरी नै ओहोरदोहोर गर्छन् । आफ्ना दैनिक आवश्यक सामान खरीद गर्दे जीवननिर्वाह गर्छन् । नेपालीहरु भारत जाँदा अरु देशमा पुगेकोजस्तो अनुभूति हुँदैन् । भारतीय नागरिकले पनि नेपालमा त्यस्तै हार्दिकता पाउने गरेका छन् । नेपाल भारत बिचको सम्बन्ध कसैले विकाश गरेर भएको होइन् । इतिहासकाल देखिनै जनता जनता बीचमा विकाश हुँदै आएको हो ।

तराई क्षेत्रमात्र होइन पहाड क्षेत्रको संस्कृति पनि मिल्छ । नेपालका युवाहरु भारतीय सेनामा जागिर खान जान्छन् । यो विविधतामा पनि एकताको एक उदाहणिय अवस्था हो । रोटी र बेटीको सम्बन्ध भनिन्छ । भारतका नारी विवाह गरेर नेपाल आउँछन्, नेपालका विवाह गरेर भारत गएका थुप्रै उदाहरण छन् । यो संस्कृति पनि अन्य देशहरुका भेटन् सकिदैन् ।

 

दाजु र भाइको सम्बन्ध भनेर भारतीय शासकहरु भन्ने गर्छन् । यो भनेको कस्तो सम्बन्ध हो ?
नेपाल र भारतको सम्बन्ध दाजु भाइको जस्तो सम्बन्ध होइन् । समानताको सम्बन्ध हो । को दाजु ? को जेठो ? को कान्छो भन्ने कुरा आउँदैन् । दुबै आफ्नै किसिमको इतिहास बोकेका समान मुलुक हुन् । अतः बढी भावनात्मक रूपमा, सानो र ठूलोका रूपमा यो विषयलाई नहेरी वास्तविक प्रमाण र तथ्यका आधारमा निष्कर्षमा पुग्नु दुवै देशका लागि हितकर हुनेछ । विश्व नै गाउँ बन्दै गएको आजको विश्वमा छिमेकका दुई देश शंका उपशंकामा रुमलिएर दुनिया हसाउनुभन्दा नयाँ परिस्थितिमा नयाँ नीतिका साथ हातेमालो गर्दै अघि बढ्नुपर्छ । यस निम्ति ’ठूल्दाइ’ हैन ’जुम्ल्याहा’ दाजुभाइको सम्बन्ध हुनुपर्छ ।

राजनीतिक दल त यो भारत पक्ष यो भारत बिरोधी भन्दै भाषण नै गर्छन त नी । के रिमोट भारत नै हो ?
विरोधीहरू सबैलाई भारतीय समर्थक भनेर पञ्चहरू कहिल्यै थाकेनन् । देशमा भएका सानातिना आन्दोलनलाई पनि विदेशीहरूले उक्साएको भन्ने प्रशस्त टीकाटिप्पणी भए । पञ्चायतभित्रै पनि एकथरीलाई भारत समर्थक भन्ने गरियो । जनमत संग्रह (२०३६) मा बहुदल समर्थकहरूलाई पनि भारतीय दलालको संज्ञा दियो । २०४२ को सत्याग्रहमा पनि भारतीय हात रहेको तथा २०४६ सालको आन्दोलनमा भारतीय समर्थन रहेको चर्चा परिचर्चा प्रशस्तै भए । यी र यस्तै भनाइ, आरोप–प्रत्यारोप, दोषारोपण, टीकाटिप्पणी तथा चर्चापरिचर्चामा कति सत्यता छ÷छैन भन्नेको तथ्यांक भेटिँदैन । बरु यसलाई मिथ्यांकका रूपमा बढी नै प्रयोग गरियो । २०४७ पछि बनेको नेपाली कांग्रेसको सरकारले त भारतीयको भनेर लाञ्छना खेप्नु प¥यो । भारतलाई अनेक गाली गरेर कहिल्यै नथाक्ने कम्युनिस्टहरू पनि शासन चलाउन पुगे । सत्तामा पुग्नेवित्तिकै उनीहरूलाई पनि भारतीय समर्थक बनेको आरोप लाग्यो ।

महाकाली सन्धिकै कारण एमालेबाट माले जन्मियो । यी सबै घटना हेर्दा जोसुकै र जुनसुकै पार्टीले सरकार चलाएपनि भारतमुखी भएको बात लाग्ने चक्रको चक्कर चलिरह्यो । माओवादी सत्तामा आउनुपूर्व उनीहरू पनि भारतविरोधी भाषण गर्न कहिल्यै थाकेनन्। विधिको विधान तिनै माओवादीबाट प्रधानमन्त्री हुन पुगेका पुष्पकमल दाहाल प्रचण्डप्रति टिप्पणी सबै सञ्चारमाध्यममा आइरहेछ । एक समारोहमा उनले भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन कयौंपल्ट दिल्ली पुगेको विवादास्पद अभिव्यक्ति दिएपछि त उनको राजीनामा पनि मागियो । सदन नै अवरोध भयो । उनले गेरुवस्त्र लगाई महाकालेश्वर ज्योतिर्लिंग दर्शन गरेको घटनाले पनि सबैको ध्यान आकृष्ट ग¥यो । यि सबै समाजमा कमजोर पक्षका आलोचना हुन् । सत्तामा हुँदा तैचुप मैचुप हुने दल सत्ता बाहिर आउँने वित्तिकै अर्कोपाटीकालाई भारत विरोधी ठान्ने प्रबृद्धिले यस्तो राजनीतिक टिप्पणी आएको हो ।

नेपाल भारत बिचका कस्ता समस्या रहेका छन् ?
आधुनिक कालमा थुपै सम्बन्धबिचमा समस्या देखापरेका छन् । यहाँ परावहनको ससस्या छ । खुल्ला सिमाना भएपनि सिमाना आवत जावतमा समस्या देखिने गरेका छन् । कहिले कँही सिमाना नै सरेका छन् भन्ने खालका समस्या आउँछन् ।

१९५० को सन्धीलाई लिएर पनि बेलावखत चर्का कुरा आउँने गरेका छन् । राजनैतिक दलले त यो सन्धी नै पुर्नर परिभाषित हुनपर्छ भनेका छन् । यस्मा तपाईको धारण के छ ?
यो गलत हो भन्ने मलाई लाग्छ । विश्व मानचित्रमा दुबै देश नयाँ तरिकाले उदय हुँदै गएका छन् । भुमि परिवर्तनका कुरा अधिल्लो सताब्दीमा हुने गरेका हुन् । दुबै देश विश्व परिवेशमा हुर्किदै गएका छन् । त्यसैपनि भारतको भूमिका नेपालका लागि ब्यापक हुँदै गएको छ । आजको मान्यताबाट चल्नु पर्छ । कुन राजनैतिक दलका नेताले के स्वार्थमा बोले भनेर यस्ता खाले इसु बनाइनु हुँदैन् ।

राजनीतिक दलका नेताहरु त भारतीय पक्ष हस्तक्षेपकारी भूमिका नेपालमा निर्वाह गर्छ भन्छन् नी ? के भारत हस्तक्षेपकारी शैलीमा नेपालमा प्रस्तुत भएको हो ?
दुबै मुलुक आफ्नै नीति नियममा चल्ने देश हुन् । यहाँ हस्तक्षेपकारी भूमिका भन्ने कुरा नै आउँदैन् । नेताहरु त आफू अनुकुलको प्रचार गर्न तल्लिन हुन्छन् । नेपाल राजनीतिक अस्थिरता, आन्तरिक द्वन्द्वले गर्दा देश झन्झन् दुर्बल हुँदै गयो । फलस्वरूप आफ्नो आधारभूत राष्ट्रिय स्वार्थमा पनि दह्रो खुट्टाले नेपाल उभिन सकेन । तदनुरूपका काम गर्न पनि सकेन । अनी अरुलाई आरोप लगाउने गरिएको जस्तो मलाई लाग्छ ।

दुबै देश बिचमा विशेष समझदारी छ । नेपाल पञ्चशिलका सिद्धान्तमा आधारित भएर चल्ने मुलुक हो । आफ्नै नियम छन्, विश्व मानचित्रमा आफ्नै छबी छ । एउटा स्वतन्त्र राष्ट्रका लागि विभिन्न बाटा खुला छन् । दुइटा सार्वभौमसत्तासम्पन्न राष्ट्रका लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न बाटा हुन्छन् । समय र परिस्थितिअनुसार ती बाटाको प्रयोग पनि गर्नु सकिन्छ । त्यो सबैका लागि खुला छ । त्यस्ता बाटा परिणाममुखी हुन सक्लान्–नसक्लान्, त्यो प्रश्न आफैंमा जीवितै छ ।

दुवै देशका सञ्चारमाध्यममा राजनीतिक नेताका उत्तेजनात्मक अभिव्यक्तिले यस विषयलाई झनै गुजुल्ट्याउने र खलबल्याउने काम गर्छ । जहाँसम्म नेपालको प्रश्न छ, तुलनात्मक रूपले कमजोर भए पनि आजको युग न्याय, समानता र एक–दोस्राप्रतिको सम्मानको युग हो । तर, त्यस अवस्थामा पुग्न नेपाल सचेत रहनुपर्ने कुरा के हो भने राजनीतिक रूपमा यो बलियो रहनुपर्छ । तर तपाईले भने जस्तो यहाँ हस्तक्षेपकारी भुमिका छैन् । आफू कमजोर हुने अनी अरुलाई आरोप लगाउने प्रबृद्धिले गर्दा नै यहाँ नेताहरुले यस्तो आरोप लगाउँने गरेका छन् ।

दुबै देशका जनता बिचको सम्बन्ध विकाशको लागि के कस्तो सुधारात्मक कदम चाल्नुपर्ने हुन्छ ?
दुवै देशको मित्रता प्रगाढ छ । सांस्कृतिक तथा धार्मिक रूपले नजिकै छन्, परम्परागत रूपले असल मित्र हुन् । बदलिँदो परिस्थितिमा वास्तविकतामा उभिएर विषयलाई केलाउने र समाधान खोज्नु दुवै देशका लागि हितकर छ । छिमेकी देशहरूबीच असल सम्बन्धको तगारोको विषय के हो त भनेर नेपाल–भारत सम्बन्धको इतिहास केलाउनुपर्ने हुन्छ । जतिसक्दो चाँडो यो विषय समाधान होस्, त्यति नै राम्रो हो । साधारण नेपाली र साधारण भारतीय जनता सम्बन्ध अझ मजबुत बनाउँन चाहन्छन् । यसलाई सम्बन्धित पक्षले समेत बुझनुपर्ने हुन्छ ।

सम्बन्धलाई सुधार्ने एउटा उपाय हो वार्ता, छलफल र समझदारी । देश–देशका बीचमा कूटनीतिक मर्यादा रहने गरी भारत–नेपालबीच वार्ताबाट निकास निकाल्नुको विकल्प छैन । परराष्ट्र मन्त्रालयबाट समकक्षी कर्मचारी र राजनीतिक तहमा पनि समान हैसियतमा वार्ता गर्न ढिला नगर्दा नै दुवै देशको पक्षमा जित हासिल हुनेछ ।

छिमेकी परिवर्तन गर्न सक्दैनौं । तसर्थ, हामीले गर्न सक्ने भनेको आपसी अविश्वास, वैमस्यता न्यून गर्दै र आपसी विश्वास अभिवृद्धि गर्दै जाने नै हो । तसर्थ हामीले सबै उपायहरू अवलम्बन गर्दै सम्बन्धलाई प्रभावकारी बनाउनुको विकल्प नभएकाले उपायहरू अपनाएर आपसी सम्बन्धलाई सुधार गर्नुपर्छ ।

 

nifaonline
January 26th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction1Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे