Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको मन्त्री भण्डारीको गुनासो

0
nifaonline
January 28th, 2025
|

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतमा नेपालको निर्यात अपेक्षित रुपमा बढ्न नसकेको बताएका छन् ।

मन्त्रालयमा मन्त्री भण्डारी एवं भारतका अतिरिक्त सचिव मुनु महावरबीच भएको शिष्टाचार भेटका क्रममा मन्त्री भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भए पनि व्यापारको आकार बढे अनुरूप निर्यात बढ्न नसकेको बताएका हुन् । त्यसका लागि नीतिगत रुपमा यसलाई सम्बोधन गर्न सरकारले काम गरिरहेको सचिवालयले जनाएको छ ।

मन्त्री भण्डारीले विद्यमान व्यापार सन्धि संशोधनका लागि दुवै देशको सह–सचिवस्तरमा रहेको प्राविधिक समितिको बैठक चाँडै बसेर सो विषय टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

हालै सम्पन्न वाणिज्य सचिवस्तरको अन्तर सरकारी समिति (आइजिसी) बैठकमा ब्यूरो अफ इण्डियन स्टान्डर्ड (बीआईएस) प्रमाणपत्र जारी तथा नवीकरणलगायतका विषयमा प्रगति नभएको नेपाली निर्यातकर्ताको गुनासो प्राप्त भइरहेकाले उक्त समस्या समाधानका लागि मन्त्री भण्डारीले आग्रह गरे ।

उक्त भेटमा उनले नेपाल सरकार र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा आगामी मार्चको २ र ३ मा काठमाडौँमा हुन गइरहेको नेपाल अन्तर्राष्ट्रिय आर्थिक शिखर सम्मेलनमा भारतका तर्फबाट उच्च तहका पदाधिकारी एवं भारतीय उद्योगी व्यवसायी तथा लगानीकर्ताको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गरे ।

साथै मन्त्री भण्डारीले नेपाल र भारतबीच खुला सीमाना, भौगोलिक निकटता र जनस्तरको घनिभूत सम्बन्धका कारण दुई देशबीच बलियो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गर्नुभएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा अतिरिक्त सचिव महावरले भारतले छिमेक पहिलो नीति अन्तर्गत नेपाललाई उच्च प्राथमिकतामा राखेको जनाउँदै नेपालको विकासमा भारत सरकार सहयोग गर्न तत्पर रहेको बताए । उनले भेटका क्रममा उठेका विषयलाई सम्बोधन गर्न आफ्नातर्फबाट सम्बद्ध निकायहरुसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो भेटघाटमा नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय एवं नेपालस्थित भारतीय राजदूतावासका कर्मचारीको उपस्थिति रहेको जनाइएको छ ।

nifaonline
January 28th, 2025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे