Skip to content
September 19, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

नेपाल भारत सम्बन्ध : गङ्गा नदीभन्दा पनि पुरानो सम्बन्धलाई प्रदूषित पार्ने कारक

0
nifaonline
July 18th, 2023
|

देश–देशबीचको सम्बन्ध मुख्यतस् ती देशका ऐतिहासिक, सांस्कृतिक, धार्मिक र भाषिक पृष्ठभूमिबाट निर्मित हुन्छन्। विगतको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धले भविष्यको सम्बन्धलाई दिशानिर्देश गरेको हुन्छ। तर, नेपाल–भारत सम्बन्ध इतिहासका पुस्तकमा मात्र नभएर धार्मिक ग्रन्थ र मिथसम्ममा समेटिएका छन्।

प्राचीन कालमा आजको आधुनिक भारत वा नेपाल भन्ने मुलुक अस्तित्वमा नरहे पनि हिन्दू धर्मका प्राचीन ग्रन्थ पुराण, रामायण र महाभारतमा अहिलेको नेपाल र भारतले चर्चेको भूखण्ड र त्यस सरहदभित्रका पात्रहरूका अनगिन्ती प्रसङ्ग समेटिएका छन्। नेपाल–भारत सम्बन्धमा उपमा र अलङ्कारको जुन प्रकारको प्रयोग हुन्छ, त्यो शायदै अन्य कुनै दुई देशको हकमा देख्न सकिन्छ।

सन् २०१४ को लोकसभा निर्वाचनमा प्रचण्ड मतका साथ सत्ताको बागडोर सम्हालेका प्रधानमन्त्री नरेन्द्र मोदीले त्यसै वर्षको अगष्ट (२०७१ साउन) को नेपाल भ्रमणमा तत्कालीन संविधानसभामा दिएको सम्बोधनमा प्रशस्तै उपमा र अलङ्कारको प्रयोग गरेका थिए। नेपाल–भारत सम्बन्ध गङ्गा नदीभन्दा पनि पुरानो भन्दै सम्बोधन शुरू गरेका उनले नेपाल र नेपालीको शान र मानमा कुनै प्रशस्ति र पदावलीको कञ्जुस्याइँ गरेनन्।

तर, मोदीको नेपाल र नेपालीप्रतिको त्यो सम्मान भाव फगत एक वाक्पटुता सिवाय केही थिएन भन्ने कुरा त्यसै वर्ष सार्क शिखर सम्मेलनको मेसोको उनको दोस्रो नेपाल भ्रमणले इङ्गित गरिसकेको थियो। जुन वेला उनले नेपालको निर्माणाधीन संविधानमा ’सबै पक्षको भावना समेटिनुपर्ने भन्दै’ छिमेकी मुलुकको निजी मामिलामाथि नमागिएको सुझाव प्रस्तुत गरेका थिए। अझ, संविधानको मस्यौदा निर्माणका वेला ’चासो’ को अवस्थामा रहेको भारतीय भूमिकालाई संविधान जारी गर्ने वेलासम्म हस्तक्षेपको स्तरमा पुर्याइसकेका थिए।

२०७२ असोजमा जारी भएको नेपालको संविधानप्रति भारतले नाकाबन्दीदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रतिशोध साध्ने यत्न गरिरह्यो। संयोग कस्तो भने, पहिलो पल्ट सत्ताको बागडोर सम्हाल्न पुगेका मोदी र संविधान जारीसँगै पहिलोपल्ट प्रधानमन्त्री बन्न पुगेका केपी शर्मा ओली गङ्गा नदीभन्दा पनि पुरानो सम्बन्धलाई प्रदूषित पार्ने कारक बन्न पुगे। यद्यपि, त्यो प्रदूषणको शुरूआत ओलीले गरेका थिएनन्, उनले मोदीको नेपालप्रतिको कठोर रबैयाको कसिलो जवाफ भने दिएका थिए। यसै प्रतिक्रियाका कारण २०७४ मंसीरको संघीय संसदको निर्वाचनमा ओलीको ’राष्ट्रवाद’ को कार्डले जादू गर्यो र उनी झण्डै दुई–तिहाइ बहुमतका साथ दोस्रो पल्टका लागि सत्ताको बागडोर सम्हाल्न सफल भए।

तर, गएको वर्षको लोकसभा निर्वाचनमा प्रचण्ड मतादेशका साथ दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीको प्रारब्ध चाहिँ पहिलो कार्यकालमा तिक्ततापूर्ण सम्बन्धमा रहेका उनै केपी ओलीसँग ’आमने–सामने’ हुनु रह्यो। र, यसबीच विकसित एकपछि अर्को घटनाक्रमले नेपाल–भारत सम्बन्धलाई धेरै धमिल्याएको छ। मोदी दोस्रो कार्यकालसम्म आइपुग्दा छिमेक नीतिमा नराम्ररी चुकिसकेका छन्। पाकिस्तानसँग मात्र नरहेर चीनसँग समेत सीमा विवादमा तनाव र नेपालसँगको तिक्तताले मोदीको छिमेक नीति असफल भन्दा पनि अवसानोन्मुख देखिन्छ।

nifaonline
July 18th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे