Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

जी–२० को १८औँ शिखर सम्मेलन आज सुरु हुँदै

0
nifaonline
September 9th, 2023
|

जी–२० शिखर सम्मेलन आजदेखि भारतको नयाँदिल्लीमा सुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरू नयाँदिल्लीमा भेला भएका छन् । सम्मेलनमा दीगो विकास र वृद्धि, जलवायु वित्त, व्यापार र लगानी, अन्तर्राष्ट्रिय शान्ति तथा डिजिटल रुपान्तरण लगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा रुस– युक्रेन युद्धका कारण उत्पन्न खाद्य सुरक्षा, ऋण सङ्कट जस्ता महत्वपूर्ण मुद्दाहरु ओझेलमा पर्ने विश्लेषण भइरहेको रोयर्टसले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले जी–२० बैठकमा प्रधानमन्त्री ली छ्याङलाई पठाएका छन् भने रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि अनुपस्थित रहनेछन् । जसले गर्दा सम्मेलनमा पश्चिमा र यसका सहयोगी राष्ट्रहरुले प्रभुत्व जमाउने सक्ने अनुमान गरिएको छ ।

शिखर सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, चिनियाँ प्रधानमन्त्री ली छयाङ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, फ्रेन्च राष्ट्रपति इम्यान्युएल म्याक्रोन, साउदी अरबका मोहम्मद बिन सलमान, जापानका प्रधानमन्त्री फुमिओ किसिदालगायतका शीर्ष नेता शुक्रबार नै दिल्ली आइसकेका छन् ।

सम्मेलनका लागि भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्लीमा झण्डै ५० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सम्मेलन आयोजनास्थल र त्यस आसपासको ३५ किलोमिटर क्षेत्रलाई उच्च सतर्कता क्षेत्र घोषणा गरिएको छ । सडकमा सैनिक, अर्धसैनिक तथा प्रहरी तैनाथ गरिनुकासाथै आकाशमा चौबिसै घण्टा ड्रोन निगरानीको व्यवस्था गरिएको छ ।

जी–२० शिखर सम्मेलनलाई विश्वले नै चासोको साथ हेर्ने गर्छ । विश्वको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशत ओगटेका मुलुकहरूको समूह जी–२० मा विश्वका करिब ६० प्रतिशत जनसंख्या छ ।

nifaonline
September 9th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे