नेपाल भारत मैत्री संघका केन्द्रीय सल्लाकार थानेश्वर घिमिरेको ममतामयी माता हरिकला घिमिरेको स्मृतिमा संघले भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेको छ ।
संघका कार्यवहाक अध्यक्ष शैलेन्द्र मोहन झाको नेतृत्वमा पुगेको संघको टोलीले रुपन्देहीको घरमा पुगेर भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेको हो । कार्यक्रम सभामा संघका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष बासुदेव रिमाल, महासचिब बोधकृष्ण सुवेदी, चन्द्र गुप्ता लगायतका पदाधिकारीको उपस्थिती रहेको थियो ।







