भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्दै छन् । नेपाल आए लगत्तै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान ११ बजे शीतल निवासमा पहिलो भेट गर्ने छन् ।
राष्ट्रपति पौडेलसँग भेटवार्ता सम्पन्न गरेपछि विदेशमन्त्री जयशंकरले मध्याह्न १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गर्नेछन् ।
यस्तै दिउँसो १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय छलफल हुने कार्यक्रम रहेको छ ।
त्यसपछि सोही होटलमा सवा १ बजेबाट दुबै देशको संयुक्त मन्त्रीस्तरीय बैठक सुरु हुनेछ भने पौने २ बजे विभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
सम्झौतापछि विदेशमन्त्री जयशंकरले राजनीतिक नेतासँग भेटवार्ता गर्नेछन्, जसअनुसार पौने ४ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता हुने छ भने साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने तालिका छ ।
विदेशमन्त्री जयशंकरले भोली बिहान पशुपतिनाथको दर्शन गर्ने र पुनर्निर्माण भइरहेका भवनहरूको निरीक्षण पश्चात दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।
आज बिहान
9:20 am- विषेस विमानमार्फत भारतीय विदेशमन्त्रीको अवागमन। सचिव सेवा लम्सालले स्वागत गर्ने।
11 am- रास्ट्रपतिसँग भेटघाट (महाराजगञ्ज)
12:00 – प्रधानमन्त्रीसँग भेटघाट(बालुवाटार)
1 pm सातौं ज्वाइन्ट कमिसन मिटिङ (याक एन्ड यति)
1:45 pm – माइन्युट/ एमओयु हस्ताक्षर आदि
2 pm – lunch (hosted by fm)
6:30 pm — dinner (hosted by fm)
भोलि
9:30 am- inauguration of TU library and other post earthquake reconstruction projects.
12:30 -departure







