Skip to content
March 19, 2026
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

भारतीय विदेश मन्त्रालयले भन्यो- नेपालसँग हाम्रो सम्बन्ध अद्वितीय र बहुआयामिक छ

0
nifaonline
March 13th, 2026
|

भारतीय विदेश मन्त्रालयले भारत र नेपालबीच अद्वितीय र बहुआयामिक साझेदारी रहँदै आएको बताएको छ। बिहीबार साप्ताहिक प्रेस ब्रिफिङमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारत र नेपालबीचको साझेदारीले आगामी दिनमा पनि गतिशीलता पाउने बताए।

‘यहाँहरूलाई थाहा नै छ भारत र नेपालबीच एक अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको छ। आगामी दिन तथा वर्षहरूमा यो गतिशीलता अझ सुदृढ र प्रगाढ हुँदै जाने हामीले अपेक्षा गरेका छौं,’ उनले भने।

प्रवक्ता जयसवालले भारत सरकारले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने बताए। उनले प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेको बताउँदै भारत साझा शान्ति, प्रगति र समृद्धि चाहेको बताए।

‘नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात हामीले त्यसको स्वागत गरेका छौं। हाम्रा प्रधानमन्त्रीज्यूले पनि टेलिफोन संवादमार्फत रास्वपाले हासिल गरेको शानदार सफलताका लागि बधाई दिनुभएको छ। प्रधानमन्त्रीज्यूले एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालका जनता र नयाँ सरकारसँग मिलेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव प्रतिबद्ध रहेको कुरा बताउनुभएको छ,’ उनले भने।

nifaonline
March 13th, 2026

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?

ताजा समाचार

  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
  • नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे