Skip to content
March 22, 2026
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

शरणार्थी प्रकरण : प्रहरीको अनुसन्धान प्रतिवेदन सार्वजनिक

0
nifaonline
May 23rd, 2023
|

मंगलबार,९ जेष्ठ, २०८०,
काठमाडौं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा सोमवार नेपाल प्रहरीले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकीलको कार्यालय, काठमाण्डौलाई वुझाएको छ । प्रकरणमा जोडिएका पुर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनालाई ठगी, संगठित ठगी, राज्य विरुद्धको अपराध, कीर्ते र प्रमाणनष्ट गरेको गरी पाँच खालका मुद्दा चलाउनुपर्ने प्रहरीको राय छ ।

नाम दिइएका मध्ये ३० जनाको नामथर र ठेगाना खुलेको १ जनाको नाममात्र खुलको छ भने बाँकि २ जनाको नाम ठेगाना केहिपनि खुलेको छैन । ३३ मध्ये १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ र बाँकी १७ जना फरार रहेका छन् । अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न सुझाव दिइएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।
सार्वजनिक पद धारण गरेकाहरुलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने र सार्वजनिक पद धारण नगरेकाको हकमा भने अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने राय पनि प्रहरीले दिएको छ ।

प्रतिवेदनमा गिरोहले ‘दर्ता छूट’ सूची भन्दै अनधिकृत नाम थपी मानव तस्करी गरेर अमेरिका पु¥याउन खोजेको जसमा नक्कली भुटानी शरणार्थी बनाएर ८७५ जनालाई अमेरिका उडाउने गरी सरकारी कागजातमा नाम थपेको पाइएको छ ।
पूर्व उपप्रधानमन्त्री रायमाझी बिचौलियाको भूमिकामा पनि रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ । पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, उनका छोरा निरज राई, पूर्व गृहमन्त्री थापाका छोरा प्रतीक थापा, पूर्व मन्त्री रायमाझीका छोरा सन्दीप रायमाझीले बिचौलियाको संरक्षकको भूमिका निर्वाह गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले शरणार्थी बनेर अमेरिका जान खोज्नेसँग पैसा उठाउने व्यक्तिलाई एजेन्टका रूपमा राखेको छ । सागर थुलुङ राई, टंक गुरुङ, गोविन्दकुमार चौधरी, गजेन्द्र बुढाथोकी र सन्देश शर्मा लगायतले एजेन्टका रूपमा काम गरेको र उनीहरूले ‘सब–एजेन्ट’ पनि बनाएको जनाइएको छ । यसरी उनीहरूले ११३ जनाबाट १० लाखदेखि ५० लाख रुपैयाँसम्म असुलेको पाइएको छ । प्रहरीले यो प्रकरणमा बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, इन्द्रजित राई, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, टेक गुरुङ, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, रामशरण केसी, केशब तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जनविरुद्ध मुद्दा चलाउन राय दिएको छ । त्यस्तै अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहराज राई, आशिष बुढाथोकी, विनिता लिम्बू, सुनिल बुढाथोकी, प्रतिक थापा, शमशेर मिया, गोकुल थापा, रमा थापा, निरञ्जनकुमार भुजेल, आङटावा शेर्पा र टेकनाथ रिजाललाई पनि मुद्दा चलाउन सुझाव दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा गत १२ चैतमा पहिलो पटक केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा प्रहरीले बाँकी अनुसन्धान थालेको हो ।

nifaonline
May 23rd, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
  • नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे