नेपाल भारत मैत्री संघकी विशिष्ट सदस्य तथा द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको स्मृतिमा संघले श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेको छ । संघले केन्द्रीय कार्यालय बानेश्वरमा परिवारजनको समेत उपस्थितीमा श्रद्धाञ्जली सभा गरेको हो ।
सभामा संघका कार्यवहाक अध्यक्ष शैलेन्द्र मोहन झालगायतका पदाधिकारीले श्रेष्ठको परिवारका सदस्य बिजय श्रेष्ठलाई शोक श्रद्धाञ्जली फोटो फ्रेम हस्तान्तरण गर्नुभएको छ । सभामा अध्यक्ष झाले बिगतका दिनमा श्रेष्ठले मैत्री संघका लागि खेल्नुभएको भूमिकाको चर्चा गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दे झाले श्रेष्ठको निधनले आफू स्तब्ध भएको र एक असल अविभावक गुमाएको टिप्पणी गर्नु भएको थियो ।
दुई महिनादेखि निमोनियाबाट पीडित श्रेष्ठको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षको उमेरमा निधन भएको थियो । ६५ वर्षदेखि होटल तथा पर्यटन क्षेत्रमा सक्रिय श्रेष्ठले २०४८ सालदेखि द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आउन भएको हो । काठमाडौँ उपत्यकाको आर्किटेक्चरलाई पुनर्जागृत गर्दै द्वारिकाज होटलको परिकल्पना गरेका उनका पति द्वारिकादास श्रेष्ठको सन् १९९२ फेब्रअरी १० मा निधन भएको थियो ।
भारतको सिक्किममा जन्मनुभएकी अम्बिकाले दार्जीलिङको लोरेटो कन्भेन्ट स्कूलमा पढ्नु भएको हो । उहाँले पटना यूनिभर्सिटीबाट वाणिज्यशास्त्रमा स्नातकसम्मको अध्ययन गर्नुभएको थियो । नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौं छिर्नु भएकी श्रेष्ठ श्रीमानको मृत्यु पछि द्वारिकाज होटलको अध्यक्ष भएर ब्यवसायमा सकृय हुनुहुन्थ्र्यिो ।
सफल महिला उद्यमीको रूपमा परिचित श्रेष्ठलाई नेपाली उद्योगको क्षेत्रमा दिएको अतुलनीय योगदानको कदर गर्दै उच्च् सम्मान प्रदान गरिदै अएको थियो । त्यसदेखि बाहेक दर्जन भन्दा बढी सामाजिक संस्थासँग उहाँ आबद्ध हुनुहुन्थ्र्यिो ।
यस दुःखद घडीमा सम्पुर्ण शोकाकुल परिवारजनप्रति मैत्री संघले हार्दिक समवेदना प्रकट गरेको छ ।







