नेपाल भारत मैत्री संघका संस्थापक अध्यक्ष हुनुहुन्छ, राष्ट्रकवि माधव प्रसाद घिमिरे । नेपाली र भारतीय जनता बीच एक आपसमा भाइचारको सम्बन्ध स्थापित गर्न लागिपर्नु भएका घिमिरे दुई देश बीच एकता गराउँने पात्र मध्येका एक हुनुहुन्छ । नेपाल–भारत सम्बन्धको विकल्प भनेकै आपसी सद्भाव, सहअस्तित्व र समझदारीमा आधारित असल नेपाल–भारत सम्बन्ध नै हो । आपसी हित, समझदारी र सद्भावको जगेर्ना तथा संवद्र्धन र संरक्षण गरी एकीकृत विकासको दीर्घ सोचसहितको मूल लक्ष लिएर धनिभुत सम्बन्ध स्थापना नै आजको प्रमुख माग हो । यही मागलाई मध्यनजर गरेर नेपाल–भारत मैत्री संघ स्थापन भएको इतिहास छ । नेपाल र भारतबीचको परापूर्वकाल देखिको मैत्री सम्बन्धलाई समय सापेक्ष रुपमा सुदृढ बनाउन कार्यरत यस संस्था विभिन्न २०११ साल देखिनै नेपाल भारत मैत्री संघको अवधारणमा कार्यरत रहेको छ । विक्रम संम्बत २०३८ सालमा कानूनी रुपमा स्थापना भएको यो संस्था नेपाल र भारत बीचको शास्वत मैत्री परम्परालाई अक्षुण राख्दै पारस्परिक सम्बन्धलाई सुमधुर बनाउने एक कडीको रुपमा अगाडि बढेको छ । कानूनी मान्यता पाएपछि यसको संस्थापक अध्यक्ष हुनुभएका राष्ट्रकवि उहाँनै घिमिरेसँग नेपाल–भारत मैत्री संघका अध्यक्ष ओम प्रकाश सरावगी र केन्द्रीय सदस्य हरिराम पौडेलले २०६८ साल साउन २५गते राष्ट्रकवि ज्यूको निवास लैनचौर कठमाण्डौमा भेट गर्नु भएको थियो । सोही भेटमा संस्थाका तफैबाट लिइएको अन्र्तवार्ता :-
नि.फा : नमस्कार हजुर । स्वास्थ्य अवस्था के कस्तो छ ?
राष्ट्रकवि : नमस्ते, यो उमेरमा स्वस्थ्य कस्तो हुन्थ्यो ठिक राख्ने हो, ठिकै छ । तपाईहरुसंग कुरा गर्न सक्ने अवस्थामानै छु ।
नि.फा : नेपाल–भारत मैत्री संघका केन्द्रीय अध्यक्ष दाजु ओम प्रकाश सरवगी र म केन्द्रीय सदस्य हरिराम पौडेल हजुरको स्वास्थ्य अवस्था पनि बुझौ र केही कुराकानी पनि गरौँ भन्ने उद्धेश्यले आएका हौं । कुराकानी शुरु गरौ त ?
राष्ट्रकवि : स्वागत छ । तपाईहरुलाई भन्नुहोस्, के भन्ने विचारले आउनु भयो ।
नि.फा. : हामी दुबै नेपाल–भारत मैत्री संघको केन्द्रीय समितिमा छौँ । यस संस्थाको इतिहासलाई जीवन्त राख्न, यस संस्थाको ऐतिहासिक पाटोको खोजी गर्न लागि परेका छौं । हजुर यस संस्थाको संस्थापक अध्यक्ष हो ? भन्ने सुनियो । त्यसैको वारेमा केही वताईदिनुहुन्छ कि ?
राष्ट्रकवि : धन्यवाद ! मलाई सम्झेर यहाँसम्म आउनु भएकोमा धेरै खुसपनि लग्यो आफुले स्थापना गरेको संस्थाको बारेमा तपाईहरुलाई वताउँदा खुसी छु । त्यस समयमा स्वतन्त्र भारतका राष्ट्रपति नेपाल आउने भन्ने कुरा भयो राष्ट्रको तर्फवाट छुट्टै स्वागत गरिएको थियो । हामीहरुले पनि स्वागत गर्नुपर्छ भन्ने वारेमा साथीहरु संग सर सल्लाह भयो । कसरी गर्ने त भन्ने कुरा हुँदा नेपाल र भारत राजनीतिक रुपमा दुई छुट्ट–छुट्टै देश भएता पनि हाम्रो धर्म संस्कार संस्कृति रहन सहन चालचलन सबै एउटै भएको, विवाहवारी तथा पढाई लेखाई व्यापार व्यवसाय सबै एक आपसमा एताका उता र उताका एता भएका छन् । आदीमकाल देखि हाम्रो सम्बन्ध भैंरहेको हुँदा दुई देशका जनताका विचमा एक खालको आत्मिय सम्वन्ध रहेको छ । त्यसैले छिमेकी मित्र राष्ट्रका राष्ट्रपति नेपाल भ्रमणमा आएको वेला हामी कवि लेखक वुद्धिजिबी समाजसेवी मिलेर नेपाल–भारत मैत्री संघ बनाएका हौं । पछि त्यही संस्थाको नामबाट एरपोर्टमा उहाँको छुट्टै स्वागत गयौँ । ‘मित्र राष्ट्रसँग सम्बन्ध विस्तारको लागि संघ बनाएका हौं’ ।
नि.फा : त्यस समयमा यो संस्थामा को–को संलग्न हुनुहुथ्यो ?
राष्ट्रकवि : म, रामहरी शर्मा, डिल्लीरमण रेग्मी, चुडाराज शर्मा, काशीराम रेग्मी, रामन रेग्मी, बालचन्द्र शर्मा, विश्वनाथ उपाध्यय, रामहरि जोशी, लक्ष्मी प्रसाद देवकोटा, टंक प्रसाद आचार्य अरु नाम पनि १०÷१२ जना थियौँ अरुको नाम याद भएन । कार्यालय सचिब कृष्णप्रसाद भण्डारी हुनुहुन्थ्यो ।
नि.फा. : त्यस वखतम अफिस पनि रहेको थियो कि ?
राष्ट्रकवि : हो, ऐलेको विशाल वजार रहेको ठाउँमा एउटा घरमा अफिस राखेका थियौँ ।
नि.फा. : त्यसमा पदिय विभाजन जस्तो पनि केही थियो की ?
राष्ट्रकवि : त्यस्तो खासै पदियको केही कुरा आएन सबैले एकै स्वारमा तपाई हाम्रो अध्यक्ष हुनुपयौँ भनेर मलाई भन्नुभयो । मेरैं नेत्तृवमा एयर
पोर्टमा तत्कालिन भारतीय राष्ट्रपतिको स्वागत गर्ने काम भयो ।
नि.फा. : त्यसपछि केही गतिविधि पनि भए होलान् ?
राष्ट्रकवि : हो, हामी भारतमा प्रजातन्त्र आएर वृटिसहरुको दासतावाट छुटकारा पाएको, त्यसमा महत्मागान्धी, लोहीय जस्ता नेताहरुको नेतृत्वमा रहेको उहाँहरुको योगदानको विषयमा कुराकानी हुथ्यो ।
नि.फा. : अरु पनि केही गतिविधि भए होलान ?
राष्ट्रकवि : हो, त्यहाँ एरपोटमा हामीले गरेका स्वागतवाट प्रभावित भएर त्यहाँका राष्ट्रपतिले हामीहरुलाई भारत भ्रमणको निम्ता गर्नुभयो । हामी ५÷६ जना त्यहां गयौँ । हामीलाई भव्य स्वगत गरियो । यतीसम्मकी हाम्रो सम्मानमा हामीहरुलाई उच्चकोटीको रथमा राखेर नगर परिक्रमा समेत गराईयो । पुरै राजकिय जस्तै सम्मान गरियो हामीहरुलाई ।
नि.फा. : त्यस पछि के के भयो ?
राष्ट्रकवि : हामी नेपाल आएपछि सबै बसेर सरसल्लाह हुन्यो । दुई देशका जनताहरुको बिचको सम्बन्धलाई कसरी आत्मिय बनाउन सकिन्छ ? भनेर भारतबाट लेखक सहित्यकारहरुको वेला वेलामा नेपाल भ्रमण भईरहन्यो । हामीहरुको विचमा राम्रो सम्बन्ध थियो ।
नि.फा. : दुई देशका जनता बिच सम्बन्ध सुमधुर राख्न मैत्री संघले के गर्नुपर्छ ? कस्तो भूमिका हुन्छ ?
राष्ट्रकवि : हो, हामी छिमेकी भएकाले छिमेकी बिचको सम्बन्ध विश्वास योग्य हुनुपर्छ । यसका केही कतैबाट खलल पारिनु हुदैन । कहिले काँही राजनीति धेरै तातीने र कहिलै चिसिने गर्छ । कहिले विश्वास र कहिने अविश्वस हुन्छ तर त्यस्तो कुराले जनताका तहको सम्कन्ध बिग्रन हुदैन । कतिपय राजनीतिको गडवडीलाई समेत जनताका विचको राम्रो सम्बन्धले मिलाएको हुन्छ ।
नि.फा. : अब अन्त्यमा हामीलाई केही सुझाव छन् की ?
राष्ट्रकवि : यो संस्थामा जिवित छ कि छैन् ? भन्ने कुरा मलाई थाहां थिएन । संस्था जिवित रहेछ । तपाईहरुले नेतृत्व गरेर इतिहास खोज्दै म कहाँ आउनु भयो, धेरै खुसी लाग्यो । तपाईहरुको नेतृत्वले अवश्य राम्रो काम गर्ने छ, मलाई विश्वास छ । ऐलेको अवस्था पहिलेको जस्तो छैन् । विज्ञान र प्रविधिले गर्दा धेरै कुराहरुमा परिवर्तन भएको छ । आपसी सम्बन्ध छलफलको आदान प्रदानवाट अविश्वसहरु हटेर जान्छ । ‘वसुदैब कुटुम्वमम’ भन्ने सम्झेर सबैसंग मित्रभाव राखेर नै जानुपर्छ । तपाईहरुलाई शुभ कामना छ । नेपाल र भारतका जनताका विचमा रहेको मित्रतापुर्ण सम्बन्धलाई व्यवहार र कार्यक्रमहरुले अझ वढी सुमधुर र मजबुत वनाउने छ भन्ने आशा लिएको छु ।
नि.फा. : हजुरको स्वास्थ अवस्था सवल रहोस् भगवानसँग प्राथना छ ।
राष्ट्रकवि : धन्यवाद !नेपाल प्राचीनकालदेखि स्वतन्त्र, अखण्ड र सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रूपमा विश्व मानचित्रमा रेखाङ्कित छ । भारत त सन् १९४७ मा मात्र ब्रिटिस साम्राज्यको चंगुलवाट मुक्त भएको हो । तर नेपाल अनेकन कालखण्डमा विभिन्न बंशहरुले राज्य गरेतापनि स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्रकै रुपमा रह्यो ।







