Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

को हुन् भोले बाबा नारायण साकार हरि ? किन भयो खुट्टाको धुलो लिन खोज्दा १२२ जनाको मृत्यु ?

0
nifaonline
July 9th, 2024
|

भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लास्थित सिकन्दरराव क्षेत्रको पुलराई गाउँमा आयोजित सत्संगमा मच्चिएको भागदौडमा हालसम्म १२२ जनाको मृत्यु भएको छ । यो संख्या अझै बढ्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार सत्संग सकिएपछि भक्तजनबीच बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा भएको थियो र त्यही कारण भागदौड भएको थियो ।

अब प्रश्न उठ्छ त्यो सत्संग कसको थियो ?

यो सत्संग नारायण साकार हरि नामक कथाकारको थियो, जसको पोस्टर हाथरसको सडकमा टाँसिएको थियो । यी कथाकारलाई मानिसहरूले भोले बाबा र विश्वहरिको नामले पनि चिन्छन् ।
जुलाई महिनाको पहिलो मंगलबार हुने कार्यक्रमको नाम मानव मंगल मिलन र आयोजकको नाम मानव मंगल मिलन सद्भावना कार्यक्रम समिति रहेको छ ।
यस समितिका छ जना आयोजक अहिले फरार छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ । अलिगढका प्रहरी महानिरीक्षक शलभ माथुरका अनुसार सत्संग समारोहको आयोजक बोर्ड र बाबा विरूद्ध गम्भीर धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
आयोजक समितिका सदस्य र भोले बाबाको पनि खोजी भइरहेको छ तर, सबैले आफ्नो मोबाइल स्वीच अफ गरेका छन् ।

को हुन् भोले बाबा नारायण साकार हरि ?
सत्संग बाबाको वास्तविकता कुनै फिल्मी कहानी भन्दा कम छैन । नारायण साकार हरिको वास्तविक नाम सुरजपाल जाटव हो । उनी प्रहरी जवानको जागिर छोडेर बाबा बनेका थिए । उनले सोही क्रममा केही समयमै लाखौं भक्त बनाए ।

उनी एटाबाट छुट्टिएको कासगञ्ज जिल्लाको पटियालीको बहादुरपुर गाउँका बासिन्दा हुन् । उत्तर प्रदेश प्रहरीमा जागिरको सुरूवाती दिनमा उनी स्थानीय गुप्तचर इकाई (एलआईयू)मा कार्यरत थिए । उनी लगभग २८ वर्ष पहिले यौन दुर्व्यवहारको मुद्दामा आरोपित भएका कारण निलम्बनमा परेका थिए । पछि उनी प्रहरी सेवाबाट बर्खास्त भए । तर, यसअघि उनले करिब १८ प्रहरी चौकी र स्थानीय गुप्तचर निकायमा काम गरिसकेका थिए ।

इटावाका वरिष्ठ प्रहरी उपरीक्षक सञ्जय कुमारका अनुसार जाटव यौन दुर्व्यवहारको मुद्दामा लामो समयसम्म थुनिएका थिए र जेलबाट छुटेपछि मात्रै उनी बाबाको रूपमा प्रकट भएका थिए ।

प्रहरीको जागिर छोड्ने निर्णय
प्रहरी सेवाबाट बर्खास्त भएपछि जाटव अदालत गए र उनको जागिर पुनर्स्थापित भयो तर, सन् २००२ मा जाटवले आगरा जिल्लाबाट वीआरएस लिए । प्रहरी सेवाबाट बिदा लिएपछि जाटव आफ्नो गाउँ नगलाबहादुरपुर पुगेका थिए, जहाँ केही दिन बसेपछि उनले भगवानसँग संवाद भएको दाबी गर्दै आफूलाई भोले बाबाको रूपमा स्थापित गर्ने काम गर्न थाले ।

केही वर्षमै उनका भक्तहरूले धेरै नामले बोलाउन थाले र ठूला–ठूला कार्यक्रम आयोजना गर्न थाले, जसमा हजारौं मानिस सहभागी हुन थाले । जाटव आजकाल गाउँ कमै मात्रमा जाने गर्थे । तर, बहादुरपुर गाउँमा उनको च्यारिटेबल ट्रस्ट सक्रिय छ । जाटवले सत्संगमा आफूलाई सरकारी जागिरबाट यहाँ कसले ल्याएको थाहा नभएको दाबी गर्छन् ।

बिना दान र दक्षिणा धेरै आश्रम

यो पनि चाखलाग्दो कुरा हो कि जाटवले आफ्ना भक्तहरूबाट कुनै दान, दक्षिणा वा भेटी लिँदैनन् तर, पनि उनका धेरै आश्रम स्थापना भएका छन् ।

उत्तर प्रदेशका अन्य धेरै ठाउँमा स्वामित्वको जग्गामा आश्रम स्थापना गर्ने तयारी भइरहेको छ ।

जाटव आफ्नो सत्संगमा सेवादारको रूपमा आफ्ना भक्तहरूको सेवा गरिरहेको देखिन्छ । यो सम्भव छ कि उनले आफ्ना भक्तहरूमा लोकप्रिय बन्नका लागि यो सबै सोचेर गर्छन् ।

उनी सधैँ सेतो कपडामा देखिन्छन् । जाटव पाइजामा, कुर्ता, प्यान्ट सर्ट र सुटिङमा पनि देखिन्छन् । यद्यपि, उनी इन्टरनेटमा धेरै लोकप्रिय छैनन् । सामाजिक सञ्जालमा उनका भक्तको खासै उपस्थिति छैन ।

तर, तल्लो तहमा उनका भक्तहरूको संख्या लाखौंमा छ । हरेक सत्संगमा हजारौं भक्तजनको भिड लाग्छ । यस्ता कार्यक्रमहरूमा सयौं स्वयंसेवक हुन्छन् जसले पानी, खानादेखि ट्राफिक व्यवस्थासम्म सबै कुराको व्यवस्थापन गर्छन् ।

कार्यक्रमको वरपरका बस्तीका मानिसहरूले यसअघिको कार्यक्रममा यस्तै अराजकता देखिएकाले आगामी दिनमा बाबाको कार्यक्रमलाई अनुमति नदिन प्रशासनिक अधिकारीलाई अनुरोध पनि गरेका थिए ।

भक्तहरूको बिन्ती

बाबाका भक्तहरूमा समाजवादी पार्टीका नेता जसवंतनगरका पूर्व ब्लक प्रमुख अनवर सिंह जाटव पनि छन् । भोले बाबाले सत्संगमा मानवताको सन्देश दिने अनवरसिंह जाटव बताउँछन् ।

उनले भने, ‘उहाँले मानिसहरूलाई मायाले बाँच्ने आश्वासन दिनुहुन्छ । एकताबद्ध रहन आग्रह पनि गर्नुहुन्छ ।’ अनवर सिंहका अनुसार बाबाले सत्संगमा मोबाइल प्रयोगको आलोचना गर्छन् ।

जाटवका अनुसार भोले बाबाले जहाँ प्रचार गर्छन्, त्यहाँ समिति बनाइन्छ र समितिमा रहेका सबैलाई जिम्मेवारी दिइएको हुन्छ । सत्संग सफलतापूर्वक सञ्चालन गर्न समितिका सदस्यहरूले आपसमा चन्दा सङ्कलन गरी कार्यक्रम आयोजना गर्दछन् ।

मानव मंगल मिलन सेवा समितिको ब्यानरमा इटावामा सत्संगको आयोजना गरिएको थियो ।

समितिका अध्यक्ष राजकिशोर यादव भन्छन्, ‘बाबाको कुनै सत्संगको कार्यक्रम हुँदा त्यसको जानकारी गराइन्छ, त्यसैको आधारमा आफ्नो कमिटीमार्फत पूरै व्यवस्था मिलाइदिन्छ ।’

nifaonline
July 9th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ

महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु

इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड

भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते

रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन

नेपाल र भारतबिच विद्युत् खरिद दर १.५ ले वृद्धि गर्ने सहमति

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे