ओम प्रकाश सरवांगी

पूर्व अध्यक्ष

  • Group:Sasthapak and purva aadaksya

ओम प्रकाश सरवांगी

पूर्व अध्यक्ष

स्वर्गिय सरजमल र आमा स्वर्गिय दुर्गादेवी सरावगीका पहिलो सन्तानको रुपमा मिमावर्ती पूर्वी जिल्ला झापाको भद्रपुरमा जन्मनु भएको हो नेपाल भारत मैत्री संघको केन्द्रीय अध्यक्ष ओम प्रकाश सरावगी । उहाँको बुबा नेपाल प्रजापरिषदको झापा जिल्ला केन्द्रीय अध्यक्ष हुनुहुन्थ्यो ।

नेपालकै पहिलो सिमरा काठमाडौँको चल्ने २०१४ सालमा प्लेन दुर्घटनामा आफ्नो बुवा गुमाउनु भएको थियो । जसमा नेपाली कांगे्रसका चर्चित नेता एन.डी प्रकाश चटौतको पनि देहान्त भएको थियो । परिवारमा दुईभाइहरु नन्दकिशोर र देव आनन्द एवम् बहिनीहरु बिमला र उर्मिलाका दाजु सरावगीलाई सानै उमेरदेखी राजनीति, समाजसेवी र खेलकुदमा रुचि थियो । अहिलेको भद्रपुर हाइस्कुललाई त्यतिबेला श्री पद्मोदय हाइस्कुल भनिन्थ्यो, त्यहाँ २०३१ सालमा कक्ष १० मा पढ्दै गर्दा उहाँ विद्यार्थी संघको अध्यक्ष भएर काम गर्नुभएको थियो । त्यसपछि राजनीति, समाजसेवी र खेलकुदमा निरन्तर लागिरहनु भयो ।

शुरुका दिनमा झापाका स्थानिय क्षेत्रको राजनीतिमा सकृय हुनभएका सरावगी भद्रपुर नगरपालिकाको वडा अध्यक्ष २०२१, २०२७ सालमा फेरि वडा अध्यक्ष बन्नुभएको हो । २०२९ सालमा निर्विरोध प्रधानपञ्चमा निर्वाचित भएर गाउँको सेवा गर्नु भएको थियो ।

त्यतिबेला ‘गाउँफर्के र राष्ट्रिय अभियान’ आएपछि उहाँलाई उपप्रधान पञ्च बन्नुभयो । बालिग मताधिकारको आधारमा २०४३ सालमा फेरि प्रधानपञ्च भएँर काम गर्नुभएको थियो । सो चुनाबमा उहाँले ७२.४ प्रतिशत मत प्राप्त भएको थियो ।
यही मतभारलाई नै त्यतिबेलाको नेपालकै रेकर्डपनि मानिएको थियो ।

त्यसपछि २०४६ सालदेखि नेपाली कांगे्रसको साधारण सदस्य, पहिलो आम निर्वाचन प्रचार समितिको महासचिव, जिल्ला समिति सदस्य, महाधिवेशन प्रतिनीधि, महासमिति सदस्यका रुपमा सक्रिय भएर उहाँले काम गर्नु भएको छ । उहाँ पहिलो प्रदेशसभामा सांसद समेत हुनुभएको छ । त्यस समय जेष्ठताको आधारमा ९२ जना सांसदलाई सपथ ख्वाउने जिम्मा पनि उहाँलाई नै थियो ।

तीन पटक सभामुखको भूमिका निर्वाह गर्दै प्रदेशसभाको आर्थिक समितिको सदस्य र पछि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रिसमेत सरावगी हुनुभयो ।

सरावगी झापा जिल्लाको सस्थापन खेलाडीहरुमा म एक मात्र जीवित हो । २०१४ सालदेखी २०१६ सालसम्म फुटबलमा बी टिमको खेलाडी, ब्याटम्यान्टिनमा दुई पटक जिल्ला च्याम्पियन, २०१७ सालमा भद्रपुर फुटबल एशोसिएसनको सचिव र २०२६ देखि २०४० सालसम्म मेची अञ्चल खेलकुद विकास समितिको सदस्य रहेर स्टेडियम निर्माणमा विशेष भूमिका निर्वाह गर्नुभएको छ ।

सरावगीले नेपाल क्रिकेट संघको संस्थापक उपाध्यक्ष भएर १२ वर्षसम्म देशको सेवा गर्नुभएको छ । त्यसपछि भद्रपुरमा हुने त्रिभुवन मेमोरियल गोल्डकप २०४८ को अध्यक्षका रुपमा समेत काम गर्नुभएको छ ।
सरावगीले युवा अवस्था देखिनै उद्योग, व्यापार र समाजसेवातर्फ भूमिका खेल्नु भएको छ । २०२३ सालमा भद्रपुर मिल्स एशोसियसनको जिल्ला सभापति, २०२५ सालमा भद्रपुर मर्चेण्ट एशोसियसनको अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघको केन्द्रिय सदस्य भएर कामगर्नु भएको छ । यसका अलावा समाजसेवातर्फको कुरा गर्नुपर्दा नेपाल रेडक्रस सोसाइटीको संस्थापक उपाध्यक्ष भएर काम गर्नुभएको अनुभव समेत सरावगीमा छ ।

दोस्रो कार्यसमितिमा अध्यक्ष भएर केन्द्रीय दैवीप्रकोप उद्धार समितिको केन्द्रीय सदस्य भएर काम गर्नु भएको छ । नेपाल परिवार नियोजन संघमा रहेर पनि उहाँले देशको सेवा गर्नुभएको छ । त्यसैगरी, अहिलेको चर्चित बालमन्दिरमा पनि उहाँको उत्तिकै योगदान छ । सूर्योदय जेसिजको सदस्य भएर पनि उहाँले काम गर्नु भयो ।

त्यसैगरी लायन्स क्लब अफ भद्रपुरको संस्थापक अध्यक्ष, चार्टर पे्रसिडेन्ट, सल्लाहकार, प्रमुख सल्लाहकार हुँदै हाल डिष्ट्रिक छ तहको ब्राण्ड एम्बेसेडर समेत रहनु भएको छ, सरावगी ।

त्यसैगरी सरावगीले भद्रपुर मारवाडी संघको संस्थापक अध्यक्ष भएर पनि आफ्नो समुदायको लागि थुप्रैकाम गर्नुभएको छ । झापामा मेची बहुमुखी क्याम्पस समितिको संस्थापक सचिव भएर काम गर्नुभएको छ भने हाल पनि उहाँ सकृय सदस्यको रुपमा कार्यरत हुनुहुन्छ । त्यसैगरी, मेची अञ्चल अस्पतालको दुई पटक अध्यक्ष काम समेत गर्नु भएको छ । उहाँले सो अस्पतालमा भारतीय दुतावासको सहयोगमा प्रसुतिगृह बनाउन प्रमुख भूमिका खेल्नु भएको छ ।

त्यसैगरी, भद्रपुर माध्यमिक विद्यालयको एक पटक सदस्य अनि अध्यक्ष भएर समेत सरावगीले काम गर्नुभएको छ । त्यसैगरी भद्रपुर गौशालाको ४ वर्ष अध्यक्ष समेत उहाँ हुनुभएको छ । झापाको भद्रपुरमा कृष्ण मन्दिर बनाउँने कार्यमा उहाँको प्रमुख भूमिका रहेको छ । सो मन्दिरमा पहिलो बर्ष अध्यक्ष भएर काम गर्नुभयो भने हालपनि सो मन्दिरको रेखदेखमा लागिरहनु भएको छ । स्थानिय क्षेत्रमा विकाशका लागि सरावगीले थु्रपै भूमिका खेल्नु भएको छ । भद्रपुर पुस्तकालयको अध्यक्षको जिम्मेवारी समाल्दै पुस्ताकालय समेत निमार्ण गर्ने कार्यमा उहाँको प्रमुख भूमिका रहेको छ ।

नेपाल–भारतमैत्री संघको अध्यक्ष रहनुभएका सरावगी संघको एक पिलर पनि हुनुहुन्छ । संघमा पूर्वाञ्चल उपाध्यक्ष, त्यसपछि वरिष्ठ केन्द्रिय उपाध्यक्ष हुँदै अध्यक्ष बन्नु भएका सरावगी संघको तीन पटक केन्द्रीय अध्यक्षको भूमिका निर्वाह गरिरहनु भएको छ ।