Skip to content
February 24, 2026
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

दुबईमा एक नेपाली चालकले ७१ करोडको चिठ्ठा जितेका छन्

0
nifaonline
April 20th, 2023
|

दुबईमा ड्राइभरको रुपमा काम गरिरहेका पदमको जीवन क्षणभरमै परिवर्तन भएको छ । महजुज नामको चिट्ठाको १२४ औँ खेलमा पदमले सबै नम्बर मिलाएर २ करोड दिराम (७१ करोड नेपाली रुपैयाँ) जितेका छन् । उनी सन् २०२३ का लागि चिट्ठा जित्ने पहिलो व्यक्ति हुन् । प्रत्येक महिना ५,७०० दिराम कमाउने पदम आवश्यकतामा परेकाहरुलाई आफूले सक्दो सहयोग गर्न सधैँ अग्रसर हुन्छन् । ‘म दृष्टिविहिनहरुलाई आफूले सक्ने जति सहयोग गर्छु । बाटोमा लठ्ठी टेकेर हिँड्ने ज्येष्ठ नागरिकको सहयोगमा पनि म सधैँ तत्पर रहन्छु । अब म उहाँहरुलाई अलि धेरै सहयोग गर्न सक्ने हैसियतमा पुगेको छु ।’

पदम पछिल्लो २३ वर्षदेखि दुबईम बस्दै आएका छन् । पहिलो पटक जुन कम्पनीले उनलाई ड्राइभरको रुपमा दुबई लगेको थियो, उनी त्यही कम्पनीमा निरन्तर काम गरिरहेका छन् । महजुज टिकट सार्वजनिक भएदेखि नै उनले किन्दै आएका थिए । ‘पहिला यसलाई अर्कै नामले चिनिन्थ्यो । मैले त्यतिबेला केही पनि जितिनँ । तर महजुज भनेर आएपछि मैले एकपटक ३५ दिराम जितेँ र अर्कोपटक ३५० दिराम । यो त मैले कहिल्यै सपनामा पनि सोचेको थिइनँ,’ पदमले भने । पदमले भाग्यशाली नम्बर छनोट गर्न श्रीमती र छोरीको सहयोग लिएको बताए । तीनवटा छोरी र श्रीमतीले र अर्को तीनवटा आफैँले छानेको उनले बताए । उनले सधैँ यसरी नै नम्बर छान्दै आएका थिए 

बिजेताको नाम घोषणा हुने प्रत्येक शनिबार पदमको आँखा टिभीको स्क्रिनमा हुने गर्दथ्यो । उनले अघिल्लो हप्ताको कार्यक्रम हेर्न भने छुटाए । किनभने उनी बिदा मनाएर भर्खरै दुबई फर्किएका थिए । ‘भोलिपल्ट मलाई महजुजको प्रतिनिधिले फोन गरे । तर मैले उक्त फोनमा भनिएको कुरालाई विश्वास गरिनँ । कसैले मलाई मुर्ख बनाउन खोजेको होला जस्तो लागेको थियो,’ पदमले भने । उनले एप खोलेर हेरे । त्यसपछि मात्रै आफ्नो सबैभन्दा ठुलो सपना साकार भएको उनले विश्वास गरे । ‘मैले त्यहाँको फोन नम्बरमा कल गरेँ, उहाँहरुले मैले नै चिट्ठा जितेको जानकारी दिनुभयो । त्यतिबेला म उभिएको भुइँ भास्सिएको जस्तो लाग्यो,’ उनले भने ।

पदमले यसबारे आफ्नी श्रीमतीलाई भन्दा उनले पनि सुरुमा विश्वास गर्न सकिनन् । उनले भने, ‘मैले यसबारे सबै जानकारी र प्रमाण दिएपछि उनको खुसीको सीमा रहेन ।’ पदमले जितेको रकम श्रीमतीको उपचारका लागि खर्च गर्ने, ऋण तिर्ने र छोरीको पढाईका लागि जोगाएर राख्ने जानकारी दिए । उनी आफ्नो परिवारसँगै दुबईमा नै बस्न चाहेको इच्छा पनि व्यक्त गरे । त्यसैले केही रकम दुबईमा घर बनाउन खर्च गर्ने उनले बताए ।  भविष्यमा आफूले ड्राइभरको रुपमा काम गरिरहने र महजुजको टिकट किनिरहने पनि जानकारी दिए । 

nifaonline
April 20th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे