Skip to content
January 31, 2026
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

संसदीय दलकाे बैठकमा एमाले नेता ओलीकाे असन्तुष्टि

0
nifaonline
May 20th, 2023
|

शनिवार, जेष्ठ ६, २०८०
काठमाण्डौ,

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले सशक्त उपस्थिति र प्रस्तुति देखाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले एमालेका सांसदहरूलाई संसदमा सशक्त रूपमा प्रस्तुत हुन निर्देशन पनि दिएका छन् ।

शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रकम संसदमा प्रस्तुत गरे पस्चात नीति तथा कार्यक्रमको छलफलमा संसदमा कसरी प्रस्तुत हुने भनेर सांसदहरूलाई प्रशिक्षण दिन शनिबार संसदीय दलको बैठक बोलाइएको थियो । बैठकमा ओलीले ’संसदमा एमालेको उपस्थिति र प्रस्तुति लुलो भयाे’ भन्दै उक्त  कुरा राखेका हुन् ।

’संसदमा हाम्रो उपस्थिति लुलो–लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो । एमाले किन ओइलाए -ओइलाए जस्तो, अलि तेजतर्रार नभएको जस्तो ?,’ उनले सांसदहरूलाई सुनाए । ओलीले जोशजाँगरसहित फुर्तिलो भएर संसदमा उपस्थित हुन सांसदहरूलाई निर्देशन पनि दिएका छन् । ’विचार, तरिका, प्रस्तुति नयाँ छैन भने पार्टी पुरानो हुन्छ । तर हामी विचारको हिसाबले, जोश जाँगरको हिसाबले बलियो छौं भन्ने लाग्छ । हाम्रो प्रस्तुति स्ट्रोङ, तेजतर्रार हुनुपर्छ,’ भन्ने उनको निर्देशन थियो ।

नीति तथा कार्यक्रम संविधान, देशका आवश्यकतासँग जोडिएको छैन,। ’यस्तो नीतिहीन, दिशाहीन, गतिहीन दस्तावेज संसदमा ल्याएर नीति कार्यक्रमको रूपमा प्रस्तुत गर्न हुन्छ ? के हो नीति कार्यक्रम भनेर छलफल चलाएको भए हुन्थ्यो नि !,’ उनले भने । यस्तै संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक कुनै पनि समस्या पहिचान गर्न नसकेको पनि उनले बताए ।
प्रस्तुत नीति तथा कार्यक्रम समर्थन लायक नभएको ओलीको टिप्पणी थियो र उनको प्रश्न थियो ’समस्या पहिचान गर्न नसकेपछि समाधान कसरी गर्छ ?’ सरकारको नीति तथा कार्यक्रममा कुनै गम्भीरता नदेखिएको, सरकारले ल्याएको नीति तथा कार्यक्रममा पुराना नीति तथा कार्यक्रमका दस्तावेजबाट विषय तानतुन गरिएको उनले आरोप लगाए । नीति तथा कार्यक्रम कहिँ पनि समर्थन गर्न लायक नभएको र समर्थन नगर्ने ओलीको भनाइ थियो ।

nifaonline
May 20th, 2023
Tagged: केपि शर्मा अाेली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे