Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

रेड चिल्लीजको आगामी फिल्ममा छोरी सुहानासँग पहिलो सहकार्य गर्दै शाहरुख

0
nifaonline
June 26th, 2023
|

काठमाडौं । ‘पठान’ ब्लकबस्टर बनेपछि बलिउड अभिनेता शाहरुख खानलाई लिएर ठूलो आशा छ । उनका आगामी दुई फिल्म ‘जवान’ र ‘डंकी’ प्रतीक्षित छन् । किङ खानले ‘जवान’को छायांकन सकेका छन् भने ‘डंकी’को सुटिङ दुई साताभित्र सकिने जनाइएको छ ।

यो मेसोमा भारतको सबैभन्दा ठूलो एक्सन फिल्म भनिएको ‘टाइगर भर्सेस पठान’पछि शाहरुखले के गर्छन् भन्नेतिर सबैको ध्यान सोझिएको छ । पिंकभिल्लाका अनुसार सन् २०२३ को अन्त्यदेखि शाहरुख र सिद्धार्थ आनन्दले नयाँ फिल्मका लागि सहकार्य गर्दैछन् । तर यसपटक शाहरुखको सहकार्य निर्माताको रुपमा हुनेछ ।

‘शाहरुख र सिद्धार्थले पठानमा अभिनेता र निर्देशकको हैसियतमा सँगै काम गरेका छन् । अब यो जोडी नयाँ फिल्ममा एकसाथ काम गर्न तयार छ । अहिलेसम्म शीर्षक तय नभइसकेको यो फिल्ममा रेड चिल्लीज इन्टरटेनमेन्ट र मार्फलिक्स पिक्चर्सको सहनिर्माण हुनेछ । प्रि–प्रोडक्सन कार्य सुरु भइसकेको छ । सबै जना फिल्मलाई छायांकनमा लैजान उत्साहित छन्,’ फिल्मको विकासबारे स्रोतलाई उध्दृत गर्दै पिंकभिल्ला लेख्छ । यो फिल्मका निर्देशकको नाम गोप्य राखिएको छ ।

यो फिल्मलाई लिएर अर्को रोचक कुरा के छ भने यो फिल्मबाट शाहरुखपुत्री सुहानाले ‘थिएट्रिकल डेब्यु’ गर्दैछिन् । उनले हालै जोया अख्तर ओटीटी सिरिज ‘आर्चिज’मार्फत अभिनयमा डेब्यु गरेकी थिइन् । ‘अहिलेलाई कास्टिङबारेका सबै विषयलाई गोप्य राखिएको छ । शाहरुख र सुहाना दुवै व्यावसायिक क्षमतामा सहकार्य गर्न उत्साहित छन्,’ स्रोतले भन्यो, ‘फिल्ममा शाहरुखको पात्रको सही आयाम अझै थाहा छैन तर भित्री स्रोतका अनुसार उनलाई डियर जिन्दगी फिल्ममा जस्तै चरित्रमा देख्न सकिन्छ ।’

यो फिल्मलाई शाहरुखकै कम्पनी रेड चिल्लीज इन्टरटेनमेन्टले निर्माण गर्नेछ । यो कम्पनीको निर्माणमा यतिबेला जवान र डंकी पनि निर्माणाधीन छन् । मार्फलिक्स फिल्म चाहिं ‘फाइटर’ र टाइगर श्राफलाई लिएर ‘र्‍याम्बो’ निर्माणको तयारीमा छ । सुहानाबाहेक फिल्ममा बोर्डमा अन्य ठूला कलाकार हुनेछन् र कास्टिङ भइरहेको जनाइएको छ । शाहरुख र सिद्धार्थको कुरा गर्दा यी दुवै जना सन् २०२४ मा छायांकनको तयारीमा रहेको फिल्म ‘टाइगर भर्सेस पठान’मा सहकार्य गर्न तयार छन् ।

nifaonline
June 26th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

पत्नीको पछि र पूर्वप्रेमिकाको अगाडि रणवीर फसेपछि

भारतीय दूतावासद्वारा राष्ट्रिय क्रिकेट टिमलाई सामग्री हस्तान्तरण

नेपाल भारत मैत्री संघ कास्की शाखाद्वारा अरण्यज्योतिमा पुस्तक हस्तान्तरण

विधेयक पास भएको खुसीमा माइतिघरमा द्वीप प्रज्ज्वलन

पुष्प खड्का र सुमित्रा पौडेल स्टारर ‘माया बन्धन यो’ सार्वजनिक

कोभिड-१९ ले ‘छक्का पञ्जा ४’ को उत्पादन रोकेको छ

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे