Skip to content
March 4, 2026
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

विलट प्रसाद यादव भारतीय नागरिक रहेको खुलासा

0
nifaonline
June 17th, 2023
|

शनिबार , २ जेष्ठ २०८०

एसपी यादव/काठमाडौ,

भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्लाको सोनवर्षा प्रखंड ग्राम पञ्चायत भलुआहाका बहाल बाला मुखिया विलट प्रसाद यादवले नेपाली नागरिकता लिएको भनेर नेपाली र भारतीय सञ्चार माध्यममा आएको समाचार पुर्वाग्राहि र एकतर्फी रहेको उनले जानकारी गराएका छन् ।

यादवका अनुसार, आफुले अनुसूची ९ बमोजिमको फारम भरि नागरिकता परित्याग गर्नका लागि २०७२ साल फागुन २८ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा निवेदन दिएको बताएका छन् । २०६३ साल माघ १९ गते यादवले प्राप्त गरेको नेपाली नागरिकताको प्रमाणपत्र नम्बर १९३०६३/१२८, जारी जिल्ला सर्लाही भएको र सो सक्कल नागरिकता परित्याग गर्न यादवले अनुसूची ९ बमोजिमको फारम भरि दिएको निवेदन २०७२ साल फागुन २८ गतेका दिन नै सो सक्कल नागरिकता जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बुझाएको उनले जनाएका छन् ।

यादव भन्छन्, आफुले २०७२ साल फागुन २८ गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा नागरिकता परित्यागका लागि दिएको निवेदन दर्ता भएको र सोहि मितिको निर्णय अनुसार आफ्नो नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको उनले जानकारी गराएका छन् । केहि व्यक्ति विशेषले पुर्वाग्राहि भएर आफुमाथि लागेको तर त्यसले कुनै फरक नपर्ने ग्राम पञ्चायत भलुआहाका बहाल बाला मुखिया विलट प्रसाद यादव बताउँछन् । मुखिया विलट प्रसाद यादवले आफु भारतीय नागरिक मात्र रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीको मुद्दा शाखाले २०७९ साल चैत ०७ गते श्री गृह मन्त्रालय (नागरिकता तथा राष्ट्रिय परिचयपत्र ब्यबस्थापन शाखा) सिंहदरबार, काठमाडौको नाउमा जारि गरेको नागरिकता परित्यागको जानकारी सम्बन्धको पत्रको च. नं. ६४६८ का अनुसार जिल्ला सर्लाही पिपरिया गाविस वडा नं. २ मा बस्ने राम भजु यादवको छोरा विलट प्रसाद यादवले अनुसूची ९ बमोजिमको फारम भरि नागरिकता परित्याग गर्नका लागि मिति २०७२ साल फागुन २८ गते यस कार्यालयमा निजले मिति २०६३ माघ १९ गते प्राप्त गरेको नेपाली नागरिकता प्रमाणपत्र नम्बर १९३०६३/१२८, जारी जिल्ला सर्लाहीको सक्कल नागरिकता प्रमाणपत्र राखी दिनु भएको र निवेदन मिति २०७२ फागुन २८ मा दर्ता भइ सोहि मितिको निर्णय अनुसार निजको नागरिकता रद्द गरिएको ब्यहोरा जानकारीको लागि अनुरोध छ । भन्ने व्यहोराको जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट जारी भएको पत्रले विलट प्रसाद यादव नेपाली नागरिक नभई भारतीय नागरिक मात्र रहेकोे प्रष्ट देखिन्छ ।

nifaonline
June 17th, 2023

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

काठमाडौंको फोहोर व्यवस्थापनमा पुन : स्थानीयकाे रोक

मिटरब्याजी विरुद्धको विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

एमालेको बहिस्कारका बीच सुदुरपश्चिमको बजेट पारित

चार्जमा रहेको मोबाइल उठाउदा गयो ज्यान

चितवनमा बस दुर्घटना १९ जना घाईते

गरिएन प्रधानमन्त्री पत्नी सीता दाहालको काजकिरिया

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे