Skip to content
November 22, 2025
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

“अमूल्य जीवनलाई धुवाँमा नउडाऔं” भन्ने नारासहित सञ्चालित क्यान्सर सचेतना कार्यक्रम सम्पन्न

0
nifaonline
March 14th, 2025
|

नेपाल अर्बुद रोग निवारण संस्था धनकुटा शाखाको आयोजना तथा दुर्गा लक्ष्मी परोपकार संस्था, नेपाल-भारत मैत्री संघ (नेफा) धनकुटा शाखा, लायन्स क्लब अफ बाग्मती क्यान्सर केयर सेन्टरको सह-आयोजनामा धनकुटा जिल्लाभरी सञ्चालित सप्ताहव्यापी क्यान्सर सचेतना तथा परामर्श कार्यक्रम चैत्र १ गते औपचारिक रुपमा सम्पन्न भएको छ ।

सप्ताहव्यापी अभियानको नेपाल अर्बुद रोग निवारण सस्थाका निवर्तमान राष्ट्रिय अध्यक्ष ईश्वर श्रेष्ठले उद्घाटन गर्दै “अमूल्य जीवनलाई धुवाँमा नउडाऔं” भन्ने नारासहित धूम्रपानविरुद्धको सचेतना अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भयो।  फागुन २४ गतेदेखि सुरु भएको उक्त अभियानको क्रममा माध्यमिक तथा उच्च माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीहरु, वडाका जनप्रतिनिधिहरू,, आमा समूह, टोल सुधार समिति तथा विभिन्न समुदायका सदस्यहरूलाई धुम्रपान, सुर्तिजन्य पदार्थका असर तथा क्यान्सर रोगसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो ।

सप्ताहव्यापि अभियानबाट करिव ९,००० भन्दा बढी नागरिकले सेवा लिएका थिए । नेपाल अर्बुद रोग निवारण संस्था धनकुटा शाखाका सभापति डा. सम्पदा श्रेष्ठले क्यान्सरसम्बन्धी उपचार सेवा सहित सचेतनामुलक प्रस्तुती भएको थियो । कार्यक्रममा क्यान्सरलाई पराजित गर्न सफल विनिता श्रेष्ठले आफ्नो जीवन संघर्षको अनुभव सुनाउँदै समयमै उपचार गरे क्यान्सर निको हुन सक्ने जानकारी गराउनु भएको थियो ।

क्यान्सर अभियान्त ईश्वर श्रेष्ठले सरकारले बिपन्न नागरिकका लागि हाल प्रदान गर्दै आएको १ लाख रुपैयाँको आर्थिक सहयोग अत्यन्त न्यून भएकाले कम्तीमा ५ लाख रुपैया पुर्याउनुपर्ने माग राख्दै नेपालबाट दक्ष चिकित्सकहरूको विदेश पलायन रोक्न स्वास्थ्य क्षेत्रको संरचना बलियो बनाउनु आजको आवश्यकता रहेको औंल्याउनु भयो। उहाँले चिकित्सकलाई नेपालमै रोक्न आकर्षक तलब र अन्य सुविधा उपलब्ध गराउनुपर्ने सुझाव समेत दिनु भयो ।

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि रेडियो धनकुटा एफएम तथा रेडियो खबर पालिकाले निःशुल्क रूपमा प्रचारप्रसार गरी सहयोग गर्नुभएको थियो भने गाउँपालिका तथा नगरपालिकाका विभिन्न क्षेत्रमा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो ।

नेपाल अवुर्द रोग निवारण सस्थाका उपाध्यक्ष दीपक श्रेष्ठ, नेत्र ज्योति संघ धनकुटाका कोषाध्यक्ष पुरेन्द्रलाल श्रेष्ठ, शिक्षिका शर्मिला श्रेष्ठ, नेवार संघ सिधुवाका उपाध्यक्ष विजय श्रेष्ठ र ‘स्वास्थ्यका लागि पदयात्रा’ समूहका अध्यक्ष मनोज नारायण श्रेष्ठ, नेपाल भूतपूर्व सैनिक संघका जिल्ला सभापति धन बहादुर खड्का लगायतका व्यक्तिहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो। त्यसैगरी फागु पूर्णिमाका दिन पनि धनकुटामा सचेतना अभियान कार्यक्रम गरिएको थियो । कार्यक्रममा रङ्गले स्वस्थ्यमा पुराउने असरका बारेमा जानकारी गराउदै यसबाट सचेत रहन आग्रह गरिएको थियो ।

सप्ताहव्यापि अभियान समापन समारोहमा दुर्गा लक्ष्मी परोपकार संस्थाका संस्थापक सल्लाहकार लोकेन्द्र कुमार श्रेष्ठले सम्पूर्ण आयोजक तथा सह-आयोजक संस्था, विभिन्न संघ संस्था, व्यक्ति लगायतलाई धन्यबाद दिदै आगामी दिनहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने बताउनु भयो । उहाँले यस्ता सचेतनामूलक अभियानले समाजमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने भएकोले स्वास्थ्य क्षेत्रमा अझ व्यापक जनचेतना फैलाउन आवश्यक रहेको बताउनु भयो।

कार्यक्रम दुर्गा लक्ष्मी परोपकार संस्थाका अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने नेपाल-भारत मैत्री संघ (नेफा) जिल्ला शाखाका सभापति महेश श्रेष्ठले सञ्चालन गर्नु भएको थियो।

nifaonline
March 14th, 2025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता

नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे