Skip to content
March 3, 2026
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

गृहमन्त्री लामिछाने र भारतीय राजदूतबीच भेटवार्ता

0
nifaonline
March 26th, 2024
|

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा दुई देशबीचको ऐतिहासिक तथा भौगोलिक सम्बन्धका विविध आयामबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

दुई देशका सुरक्षा संयन्त्रबीच प्रभावकारी समन्वय गरेर सीमापार अपराध नियन्त्रणमा दुवै पक्ष सहमत भएका छन् । राजदूत श्रीवास्तवले सीमावर्ती क्षेत्रमा हुने अपराध र मानव ओसारपसार नियन्त्रणका लागि थप नीतिगत प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पुनःनिर्माणका लागि सहायता प्रदान, राष्ट्रिय प्रहरी प्रतिष्ठानको निर्माण समयमै सक्न र प्रहरीका लागि विशिष्ठकृत तालिम उपलब्ध गराउने स्रोतका लागि भारत तयार रहेको राजदूतको भनाइ थियो ।

सुरक्षित भारतका लागि सुरक्षित नेपाल आवश्यक रहेको र नेपालको सुरक्षा सुदृढीकरणमा आवश्यक पर्ने स्रोतसाधन उपलब्ध गराउन भारत तयार रहेको राजदूत श्रीवास्तवले बताएका थिए ।

दुई देशबीच रहेका संयन्त्रमार्फत सहयोग आदान–प्रदानमा थप समन्वय र पुनःनिर्माणमा भारत सरकारले प्रदान गर्ने अनुदान उपयोगका लागि प्रक्रियागत सहजीकरण गर्ने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाए ।

तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने संयन्त्र सीमावर्ती क्षेत्रमा बढाउनुपर्ने र भएकालाई स्तरोन्नतिसहित नियमित र विश्वासिलो बनाउनुपर्ने गृहमन्त्री लामिछानेले बताए ।

nifaonline
March 26th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता

नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे