Skip to content
September 21, 2026
  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

परिवर्तित सन्दर्भमा नेपाल–भारत सम्बन्ध

0
nifaonline
May 20th, 2024
|

धर्मेन्द्र झा
मूलतः हिन्दू महिलाहरूले मनाउने महत्वपूर्ण पर्व तीज होस् वा पूर्वी मधेशमा मनाइने चौरचन (चौठ चन्द्र) पर्व । हिन्दूहरूकै महान चाड दशैं, तिहार हुन् वा छठ पर्व, हिजोआज सर्वसाधारणलाई यी चाड मनाउन निकै सकस पर्ने गरेको छ । कारण हो, चाड मनाउन आवश्यक सामग्रीको मूल्यवृद्धि । उपभोग्य सामानको मूल्यवृद्धि र अपर्याप्तताको कुरा सामान्य बनिसकेको आमउपभोक्ताको बुझाईलाई अन्यथा मान्न सकिने अवस्था रहेन । दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धिपछि पनि सहजरूपमा उपलब्ध हुँदो हो त उपभोक्ताले जसोतसो चित्त बुझाउँथे, तर मूल्य तिरेर पनि सहजरूपमा आवश्यक सामग्री उपलब्ध नहुने अवस्थालाई के भन्ने ? आमउपभोक्ता रनभुल्लमा पर्नु स्वभाविक हो । खासगरी चाडपर्वको समयमा यो सन्दर्भको औचित्य झनै बढ्ने गर्दछ । दशैं, तिहार र छठजस्ता पर्व मनाउन अर्थात् नेपाली सांस्कृतिक परम्परा धान्न आवश्यक पर्ने सरसामान आपूर्तिमा बढ्दो वैदेशिक परनिर्भरता कसैबाट लुकेको छैन ।
आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्नु र नागरिकका आवश्यकताको पूर्ति गर्नु कुनै पनि देशको कुनै पनि सरकारको मूल काम कर्तव्य हो । जब नागरिकका दैनन्दिनका आवश्यकताहरू पूरा गर्न नसक्ने अवस्थाको सिर्जना हुन्छ । एउटा सरकारले आफ्नो देशमा जनताका लागि आवश्यक सामग्री आफू स्वयंले उत्पादन गरेर जुटाउन नसकेको अवस्थामा उसले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेर भए पनि जनतालाई राहत दिने सामग्रीको जोहो अन्यत्रबाट पनि गर्न सक्नुपर्छ । यसै पृष्ठभूमि र सन्दर्भमा यहाँ नेपाल र भारतको सम्बन्धबारे चर्चा गर्नु उपयुक्त ठानी केही लेख्ने प्रयत्न गरिएको छ ।

नेपाल र भारतको सम्बन्ध शताब्दियौं पूरानो सम्बन्ध हो । नेपाल–भारत सम्बन्ध कहिले सुरू भयो भन्नेबारेमा आधिकारिकरूपमा केही भन्न सकिँदैन । समग्रमा भन्नुपर्दा यो सम्बन्ध इतिहासभन्दा पनि पुरानो छ । दुबै देशको सम्बन्ध जनस्तरको सम्बन्ध हो । जो आपसी संस्कृतिमा आधारित छ । दुबै देशका जनताको सम्बन्ध ‘रोटी र बेटी’को सम्बन्ध हो । रक्तसम्बन्धसँग साटिएको यो सम्बन्ध सहकार्य र सह–अस्तित्वको सम्बन्ध पनि हो । नेपाल र भारत दुबै देशका जनता एक अर्काको देशमा रोजगारीमा छन् भने दुबै देशका जनताबीच विवाहलगायतका विभिन्न संस्कारगत कार्य पनि हुने गरेका छन् ।

यस आधारमा भन्नुपर्दा नेपाल र भारतबीच विशेष सम्बन्ध स्थापित छ । वैश्विक परिस्थितिको विश्लेषण गर्ने हो भने यस्तो सम्बन्ध अन्य देशमा विरलै रहेको पाउन सकिन्छ । हिन्दूहरूका आराध्य देव देवी राम र सीताबीचको वैवाहिक सम्बन्ध यस सन्दर्भमा महत्वपूर्ण मानिन्छ । पारम्परिकरूपमा विकसित दुबै देशको सम्बन्ध सह–अस्तित्वका आधारमा थप विकसित हुुनुपर्छ भन्ने अपेक्षा गरिनु अस्वभाविक होइन । तर, बेलाबखतमा विकसित हुने राजनीतिक घटनाक्रमले दुबै देशका जनतालाई झस्काउने गरेको कुरालाई अस्वीकार गर्न सकिँदैन । वास्तवमा दुबै देशका जनता, जसका बीच वैवाहिकलगायतका सम्बन्ध स्थापित छन्, लाई राजनीतिले खासै छुँदैन र छुनु पनि हुँदैन । दुबै देशमा दुबै देशका विभिन्न खाले नाता कुटुम्ब छन्, जसलाई राजनीतिले छुने अवस्थाको कल्पनासम्म गर्न सकिँदैन । यो अवस्था बुझ्न, नेपालको दक्षिणी, पूर्वी र पश्चिमी सीमावर्ती क्षेत्रको अध्ययन गर्नुपर्ने हुन्छ । चाहे दक्षिणको तराई मधेशका जिल्ला होउन् अथवा पश्चिम नेपालको बैतडी, दार्चुला होउन् वा पूर्वी नेपालको इलाम, पाँचथरजस्ता जिल्ला होउन्, सांस्कृतिकरूपमा भारतसँगको साइनो निकै सुदृढ रहेको पाउन सकिन्छ ।

यस्तोमा हाम्रा लागि भारतसँगको सम्बन्ध निकै महत्वपूर्ण हुन जान्छ । हाम्रो स्थिति संवेदनशील छ । हामी आफ्नो आवश्यकता स्वयं पूरा गर्न सक्ने अवस्थामा छैनौं । हाम्रा आवश्यकता पूरा गर्न पनि विगतको ‘रोटी बेटी’ को सम्बन्धलाई महत्व दिनुपर्ने कुरालाई ठाडै अस्वीकार गर्न सकिने स्थिति छैन ।

नेपालले आफ्ना छिमेकीबीच समदूरीको सम्बन्ध विकसित गर्न सक्नुपर्छ । नेपालको कूटनीतिक सफलता यसैमा निहित छ । नेपाल र भारतको सम्बन्धको कुरा गर्दा धरातलीय यथार्थलाई बिर्सन मिल्दैन । पछिल्लो कालखण्डको विश्लेषण गर्ने हो भने नेपाल–भारत सम्बन्धलाई नुन–तेल सम्बन्धका रूपमा पनि बुझ्नुपर्ने स्थिति छ । विगतको इतिहासको अध्ययन गर्ने हो भने नेपाल र भोटबीचको सम्बन्धलाई नुनका कारण विकसित सम्बन्धका रूपमा लिन सकिन्छ । भोटमा नुन उत्पादन हुन्थ्यो र त्यो नुनको बजार नेपाल हुँदै भारतसम्म बिस्तारित थियो । अहिले समय परिवर्तन भइसकेको छ । अहिले भोटबाट नुन आपूर्ति हुँदैन । यसको अर्थ अहिले भोट अर्थात् चीनसँग नेपालको सम्बन्ध नै छैन भन्ने होइन ।

आवश्यकताको संवेदनशीलताका आधारमा सम्बन्धहरूले नयाँं स्वरूप ग्रहण गरेका छन् भन्दा अस्वभाविक हुँदैन । आपसी सम्बन्धको विश्लेषण गर्नेहरूले नेपाल–भारत सम्बन्धलाई परिवर्तित सन्दर्भमै व्याख्या गर्नु वाञ्छनीय छ । र, अहिलेको परिवर्तित सन्दर्भ के हो भने नुन र तेलजस्ता अत्यावश्यकीय सामग्रीको उपलब्धताका लागि समेत भारतको सहयोग बाध्यकारीरूपमा आवश्यक छ । नुन–तेलको सन्दर्भलाई यहाँ प्रतीकात्मकरूपमा ग्रहण गर्नु आवश्यक छ ।
नुन र तेल आजका मानिसका लागि अनिवार्य आवश्यकताका सामग्री हुन् । आजको नेपालमा नुन र सबै प्रकारका तेल भारतबाट आयात गर्नुपर्ने अवस्था छ । अरू आवश्यकीय कुरा त परै जाओस्, नुन र तेलजस्तो सामान्य उपभोग्य वस्तुका लागि पनि भारतमै निर्भर रहनुपर्ने अवस्थाले पनि नेपाल र भारतको सम्बन्धको संवेदनशीलता स्पष्ट हुन्छ । यो यथार्थलाई नेपाल र भारत दुबैले बिर्सन मिल्दैन । यो त समग्रताको विषय हो । आजको अर्को यथार्थप्रति पनि आँखा चिम्लन मिल्दैन । त्यो के भने, आजको दिनमा नेपालको तराई–मधेशको सम्पूर्ण अर्थतन्त्र एक किसिमले भारतीय अर्थतन्त्रबाट प्रभावित छ । सायद काठमाडौंले यो यथार्थको संवेदनशीलता अनुभूत गर्न सक्दैन । काठमाडौंले नेपाल भारतबीचको रोटी–बेटी र नुन–तेलको सम्बन्धको यथार्थ आँकलन गर्न नसक्दा कहाँ के प्रभाव पर्छ, त्यो त मूल्यांकनको पृथक विषय बन्ला तर तराई–मधेशको सामाजिक संरचनामा प्रतिकूल प्रभाव पर्ने कुरालाई नकार्न सकिँदैन । यही कुरा नयाँ दिल्लीका हकमा पनि लागू हुन्छ ।

त्यसो त, समान संस्कृतिमा आधारित दुबै देशबीचको सामाजिक संरचनाको यथार्थ नेपालले मात्र बुझ्ने कुरा होइन, भारतले पनि आत्मसात गर्न सक्नुपर्छ । राजनीति फरक विषय हो र समाज फरक विषय । दुबैतर्फको समाज प्रतिकूलरूपमा प्रभावित हुने गरी कहीँ कतैबाट कुनै पनि प्रकारको राजनीति सञ्चालित हुनु हुँदैन । राजनीतिकरूपमा नेपाल र भारत दुई देश हुन् । यसको हेक्का राखेर दुबै देशले एक अर्काप्रति सम्मान र आदरको भाव व्यक्त गर्नु अपेक्षित छ ।

nifaonline
May 20th, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

भारत सरकारद्वारा १० वटा ‘प्रिफ्याब्रिकेट स्टिल ब्रिज’ का सामान हस्तान्तरण

नेपालको सामाजिक-आर्थिक विकासमा भारतको महत्वपूर्ण योगदान

कसरी अगाडि बढदैछ नेपाल भारत मैत्री संघ ?

इप्पान अध्यक्ष कार्कीद्धारा नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन भारतीय व्यवसायीलाई आग्रह

गृहमन्त्री लामिछाने र भारतीय राजदूतबीच भेटवार्ता

उज्जैनको महाकाल मन्दिरको गर्भगृहमा आगलागी, १३ जना जले

ताजा समाचार

  • नेपाललाई बधाई दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न तयार छौँ
  • महिलाको आत्मनिर्भरता लक्ष्य गर्दै सिलाइ–कटाइ तालिम सुरु
  • इन्धन आपूर्तिका लागि इरानसँग प्रत्यक्ष वार्तामा भारतको जोड
  • भारतकाे एक अस्पतालमा भीषण आगलागी: १० जना बिरामीको मृत्यु , ११ कर्मचारी घाइते
  • रास्वपाको दुईतिहाइ : नेपालको राजनीतिक परिदृश्यमा एक ठूलो परिवर्तन
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे