Skip to content
November 20, 2025
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

नेपालको जलविद्युत क्षेत्रमा जलविद्युत लगानी भित्राउन दिल्लीमा ‘पावर समिट’ हुँदै

0
nifaonline
March 31st, 2024
|

नेपालको जलविद्युत क्षेत्रमा लगानी भित्राउनको लागि भारतमा ‘पावर समिट, २०२४’ आयोजना हुने भएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय लगानीकर्तालाई आकर्षित गर्न भारतस्थित नेपाली दूतावासले समिट आयोजना गर्ने भएको हो । दूतावासले भारतको ‘इन्डिया फेडेरेसन अफ ग्रीन इनर्जी’ सँगको सहकार्यमा यो सम्मेलन गर्नेछ ।

नेपाली दूतावासको आयोजनामा हुने सो सम्मेलनमा नेपालसहित भारतका उद्यमी सहभागी हुने अपेक्षा गरिएको छ । यही चैत २९ गते हुने सम्मेलनमा सहभागीताका लागि नेपालबाट स्वतन्त्र जलविद्युत उत्पादकहरूको संस्था (इप्पान)को टोली नै दिल्ली जाँदैछ । यही वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा भारतीय लगानीकर्ता आकर्षित गर्ने लक्ष्य रहेको छ ।

सम्मेलनमा सो फेडेरेसनका प्रतिनिधिहरूको समेत उपस्थिति हुनेछ । अदानी गु्रप, उत्तर भारत हाइड्रोपावर, केयर रेटिङ लिमिटेड, लगानी बोर्ड नेपाल, इप्पान, नेपालका राजदूत, नेपाल र भारतका ऊर्जा सचिवको समेत सहभागिता रहनेछ ।

नेपालमा भारतीय लगानीको धेरै आयोजनाहरू निर्माणाधीन चरणमा छन् । भारतीय लगानीसहितको अरुण तेस्रो जलविद्युत आयोजनाको भौतिक प्रगति ७० प्रतिशतभन्दा धेरै छ । यस्तै पश्चिम सेती अरुण चौथो लगायतका आयोजनामा समेत भारतीय लगानीकर्ता छन् । यसबाहेक, कयौँ आयोजनामा भारतीय लगानी छ ।

यसबाहेक नेपालमा उत्पादित बिजुलीको प्रमुख बजार समेत भारत हो । चालू आर्थिक वर्षको सुख्खायाममा नेपालबाट भारततर्फ साढे ६०० मेगावाट बिजुली निर्यात भएको थियो । जसबाट नेपाल विद्युत् प्राधिकरणले सुख्खायामको अवधिमा साढे १५ अर्बभन्दा बढी विदेशी मुद्रा आर्जन गरेको थियो ।

यसबाहेक नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातको सम्झौता सम्पन्न भइसकेको छ । यससँगै आगामी आर्थिक वर्षदेखि नेपालबाट निर्बाध रूपमा खपतबाट बढी हुने बिजुली निर्यात हुनेछ ।

nifaonline
March 31st, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता

नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे