Skip to content
November 22, 2025
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

अयोध्यामा भयो राम मन्दिरको प्राणप्रतिष्ठा, कस्तो बनाईएको छ राम जन्मभूमि ?

0
nifaonline
January 22nd, 2024
|

भारतको मध्यान्ह उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको परम्परागत संस्कृति अनुसार प्राणप्रतिष्ठा भएको छ । यो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्वमा सम्पन्न गरिएको हो ।
भगवान रामको बाल्यावस्था स्वरूप राम लल्लाको मूर्तिको ‘प्राण प्रतिष्ठा’ मा देशका प्रमुख आध्यात्मिक तथा धार्मिक सम्प्रदायका प्रतिनिधि, विभिन्न जनजाति समुदायका प्रतिनिधिलगायत सबै क्षेत्रका मानिसको सहभागिता रहेको छ ।

आज दिउँसो १२ बजेर २० मिनेटमा सुरु हुने यो समारोह दिउँसो १ बजे समापन भएको हो । प्रधानमन्त्री मोदीले प्राचीन शिव मन्दिरको जीर्णोद्धार गरिएको कुबेर टिलाको पनि भ्रमण ुगरेका छन । उनले त्यहाँ पूजा समेत गरेको भारतीय संचार माध्यमले बताएका छन् ।

राम जन्मभूमि मन्दिर वा राम मन्दिर परम्परागत नगारा शैलीमा निर्माण गरिएको छ । यसको लम्बाइ (पूर्व–पश्चिम) ३८० फिट छ भने चौडाई २५० फिट र उचाइ १६१ फिट रहेको छ । यो मन्दिरमा ३९२ स्तम्भ छन् भने र ४४ वटा कलात्मक ढोका छन् । मन्दिरका स्तम्भ र पर्खालहरूले हिन्दु देवता र देवीहरूको जटिल मूर्तिकला चित्रण देखाउँछन्। मन्दिरको भुईँमा रहेको मुख्य गर्भ गृहमा रामलल्लाको मूर्ति राखिएको छ । सरयु नदीबाट शुरु भएको ‘प्राण प्रतिष्ठा’को अभिषेक विधि सोमबार दिउँसो ‘अभिजित मुहूर्त’मा सम्पन्न गरिएको हो ।

लाखौँ मानिसहरूले यो कार्यक्रम टिभी र अनलाइन प्लेटफर्महरूमा प्रत्यक्ष हेरेका छन् । भारतको केन्द्र सरकारले आज २२ जनवरीका दिन देशभर आधा दिन बिदाको घोषणा गरेको छ र धेरै राज्यहरूले त्यसलाई समर्थन गरेका छन् । यस अवसरमा भारतका सबै राज्यस्थित मन्दिरहरूले विशेष चाडपर्वको घोषणा गरेका छन् ।

वाशिंगटन डिसी र पेरिसदेखि सिड्नीसम्म, विश्व हिन्दु परिषद् वा हिन्दु डायस्पोरा समूहहरूद्वारा विश्वका विभिन्न भागहरूमा कार्यक्रमहरूको आयोजना गरिएको जनाइएको छ । रामलल्लाको ५१ इन्चको नयाँ मूर्तिको ‘प्राण प्रतिष्ठा’मा भारतका विभिन्न भागबाट १४ जोडी ‘यजमान’ ले गरेका छन् । उक्त मूर्ति मैसुरुका अरुण योगीराजले बनाएका हुन् । मूर्तिलाई गत बिहीबार मन्दिरको गर्भ गृहमा राखिएको छ । मन्दिरलाई फूल र विशेष बत्तीहरूले सजाइएको छ भने सम्पूर्ण सहर धार्मिक उत्साहमा झुमेको छ ।

फ्लाईओभरहरूमा सडक बत्तीहरू भगवान राम चित्रण गर्ने कलाकृतिका साथै धनुष र बाणका कटआउटहरूले सजाइएको छ भने ल्याम्पपोस्टहरूले परम्परागत ‘रामानन्दी तिलक’ मा आधारित डिजाइनहरू बोकेका छन् ।

कार्यक्रममा ७ हजार अतिथि आमन्त्रण गरिएको थियो । बलिउड सुपरस्टार अमिताभ बच्चन, उद्योगी मुकेश अम्बानी र गौतम अडानी र खेलकुद आइकन सचिन तेन्दुलकरलाई कार्यक्रममा निमन्त्रणा गरिएको छ ।
राम जन्मभूमि–बाबरी मस्जिद शीर्षक मुद्दामा सन् २०१९ मा भारतको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले राम जन्मभूमि र बाबरी मस्जिद विवादको अन्त्य भएपछि मन्दिरको जिर्णोध्दार र निर्माणको पहिलो चरण सकिएपछि अभिषेक समारोह आयोजना गरिएको हो । बाबरी मस्जिद भगवान रामको जन्मस्थल रहेको मन्दिरको ठाउँमा निर्माण गरिएको हिन्दु समुदायले दाबी गर्दै आएका थिए । सन् १९९२ मा १६औँ शताब्दीको मस्जिद ‘कार सेवक’ले भत्काइदिएका थिए ।

nifaonline
January 22nd, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता

नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे