Skip to content
January 11, 2026
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

अयोध्यामा राम मन्दिर : भाजपा-आरएसएसका लागि सत्ताको साँचो

0
nifaonline
January 22nd, 2024
|

आगामी सन् २०२५ सम्म भारतलाई हिन्दु राष्ट्र बनाइ छाड्ने भारतीय हिन्दुवादी संघ अर्थात् आरएसएसको घोषणालाई अघि बढाउँदै आज एक भव्य समारोहबीच उत्तर प्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । यो कार्यक्रम भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति र नेतृत्वमा सम्पन्न भएको हो । भारतीय जनता पार्टी अर्थात् बिजेपी आरएसएसकै एउटा राजनीतिक हाङ्गा हो ।

भारतमा भइरहेको र हुन लागेको विधानसभा र लोकसभा निर्वाचनलाई दृष्टिगत गरेर सत्ताको नेतृत्व गरिरहेको भाजपाले अयोध्याको राम मन्दिरलाई प्रयोग गर्न खोजेको बुझ्न कठिन छैन । अहिले भारतमा चुनावी माहोल छ, आगामी चुनावमा भारतको हिन्दु मतलाई आकर्षित गर्न राम मन्दिर कार्ड भाजपाले खेलिरहेको रहस्यको विषय रहेन ।

हिन्दु शास्त्रअनुसार अहिले उक्त मन्दिरमा प्राणप्रतिष्ठा गर्ने बेलै भएको छैन भनेर भारतभित्रैबाट विरोध भइरहेको छ । कतिसम्म भने भारतका शक्तिशाली भनिएका कतिपय महन्त र शंकाराचार्यहरू पनि भोटको राजनीतिका लागि हतार–हतार मन्दिरको प्राणप्रतिष्ठा गर्न खोजिएको भन्दै असन्तुष्ट छन् । उक्त कार्यक्रममा उनीहरू उपस्थित पनि भएनन् ।

राम मन्दिरको प्राणप्रतिष्ठालाई लिएर भारतको ज्योर्तिमठका शंकराचार्य अभिमुक्तिश्वेराय सरस्वतीदेखि गोवर्द्धन मठका शंकराचार्य निश्चलानन्द सरस्वतीले पनि आज हुने भनिएको प्राणप्रतिष्ठा शास्त्र अनुसार नभएको भन्दै उनीहरूले कार्यक्रम बहिष्कार गरेका छन् ।

अयोध्यामा लामो विवादपछि राममन्दिर बनेको हो, जहाँ आज रामको मूर्ति विराजमान गरिनेछ । भाजपा त्यही पार्टी हो, जसले आजभन्दा ठीक ३१ वर्षअघि हिन्दु अतिवादीहरूलाई प्रयोग गरेर मुस्लिम समुदायको पवित्रस्थल १६औँ शताब्दीको बाबरी मस्जिद ध्वस्त पार्न मद्दत पुर्याएको थियो ।

जसमा झन्डै २ हजार जनाको ज्यान गएको थियो । त्यही ठाउँमा राममन्दिर बनाउने वाचा गर्दै भाजपाले देशव्यापी रथ यात्रा गर्दै यसलाई राजनीतिक मुद्दा बनाउँदै आएको थियो । राममन्दिर बनाउने अभियान चलाएकै कारणले भारतीय जनता पार्टीको सन् १९९० को दशकमा राजनीतिक उदय भएको ठानिन्छ । सन् १९८४ को चुनावमा लोकसभामा दुई सिट मात्र चुनाव जितेको भाजपा हिन्दु धर्म, राम मन्दिर निर्माणको विषयलाई राजनीतिक मुद्दा बनाउँदै २०१४ देखि भारी मतका साथ केन्द्रमा सरकार चलाइरहेको छ ।

आज भाजपाले त्यो वाचा पूरा गरेको देखिएको छ, यसले विशेषगरी उत्तर भारतीय क्षेत्रमा हिन्दु मतलाई आकर्षित गर्न उसका लागि लाभप्रद हुन सक्छ । भारतमा हिन्दुत्ववादी विचारधारा स्थापित गर्नका लागि न्वारनको बल लगाइरहेको भाजपाका लागि मतदातासमक्ष मत माग्ने एउटा बलियो आधार हुनेछ ।

सायद यही कारण हुन सक्छ भारतका विपक्षी राजनीतिक दलहरूले आजको कार्यक्रम बहिष्कार गरेका छन् । भारतको प्रमुख विपक्षी दल राष्ट्रिय कांग्रेसले यसलाई ‘भाजपा–आरएसएसको कार्यक्रम’ भनेर टिप्पणी गरेको छ ।

रामजन्मभूमि–बाबरी मस्जिद मुद्दामा आजभन्दा चार वर्षअघि भारतको सर्वोच्च अदालतले गरेको फैसला भाजपाको पक्षमा आएको थियो । बाबरी मस्जिद भगवान रामको जन्मस्थल रहेको अदालतको ठहर थियो ।

बाबरी मस्जिदस्थल धेरै पहिलेदेखि नै दुई धार्मिक समुदायका लागि विवादित स्थल बनेको थियो । विवादकै कारण ब्रिटिस शासकले १८५९ मा मस्जिदको भित्री हिस्सा मुसलमानका लागि र बाहिरी हिस्सा हिन्दुहरूका लागि निर्धारित गरेको थियो । भारतको स्वतन्त्रतापछि हिन्दुहरूले उक्त स्थान प्राप्तिका लागि पटकपटक प्रयास थालेका थिए । सन् १९८० को दशकमा स्थापना भएको भाजपाले राम मन्दिर निर्माणको विषयलाई मुख्य मुद्दा नै बनाएपछि यो राष्ट्रिय विषय बन्न पुगेको थियो ।

रामलाई राजनीतिमा ल्याएर चुनावी मैदानमा उत्रिन खोजेको भाजपाको यो रणनीतिले ‘भारत हिन्दुको र भारत हिन्दुराष्ट्र’ भन्ने संकीर्ण विचारधारालाई प्रश्रय दिने निश्चित छ ।

nifaonline
January 22nd, 2024

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता

नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे