नेपाल–भारत मैत्री संघ चितवन शाखाले तनहुँ दुर्घटनामा परेका यात्रुको सहायोगको लागि विशेष भूमिका खेलेको छ । शाखाका अध्यक्ष श्रवण रेग्मीको नेतृत्वमा उद्धाको लागि बिशेष भूमिका खेलेको हो ।
शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ऐना पहराबाट खस्दा २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको थियो ।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन ल्याइएको थियो । उक्त शव नदीबाट निकाल्न, त्यस्को ब्यावस्थापन गरेर भारत पठाउँदासम्मको सम्पूर्ण कार्यमा संघका अध्यक्ष रेग्मी र अन्य सदस्यको सकृयता तारिफ योग्य रहेको छ ।
त्यसैगरी, घाइतेको उपचारको लागि पनि रेग्मी नेतृत्वको संघले सक्दो सहयोग गरेको छ । संघले घाइतेलाई उपचारको लागि अस्पतालसम्म पु¥याउन पनि सक्दो सहयोग गरेको हो । संघले भारतीय माहाबाणिज्य कन्सुलर कार्यालय बिरगञ्ज, जिल्ला अधिकारीको पहलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर अस्पताल, एम्बुलेन्सहरूको साथ साथै बिशेष सहयोगी भूमिका खेलेको हो ।
सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । घाइलेलाई दुघर्टना स्थालमा प्राथमिक उपचारदेखि हेलिकप्टरमा पठाउन्जेलसम्म संघको भूमिका प्रशंसनिय रहेको देखिन्छ ।
नेपालमा दुर्घटना पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्सेलाई शव लिन र घाइतेहरुको अवस्था बुझ्न शनिबार नेपाल पठाउनु भएको थियो । शनिवारै भारतीय सेनको हवाइजहाज आएर मृतकलाई भारत लगि सकेको छ । मृत्यु भएका सबैको हवाई जहाजसम्म पु¥याउन संघले बिशेष भूमिका खेलेको छ ।







