Skip to content
November 21, 2025
  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
Newsletter
Random News
Nepal India Friendship Association

Nepal India Friendship Association

Official Website

  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment
  • Home
  • News
  • Articles
  • Interview
  • Introduction
  • Religion
  • NIFA
  • Organization
    • सस्थाको परिचय
    • सस्थापक र पूर्व अध्यक्ष
    • सल्लाहकार समिति
    • वर्तमान केन्द्रीय कमिटि
    • आजिवन सदस्य
    • जिल्ला शाखा, उपशाखा
    • सूचना तथा प्रचार विभाग
  • Other
    • Entertainment

यस्तो छ राजदूत श्रीवास्तवले भारतको ७९ औँ स्वतन्त्रता दिवसको दिन दिनुभएको सन्देश

0
nifaonline
August 15th, 2025
|

भारतले ७९ औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सन्देश दिएका छन् । काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासबाट स्वतन्त्रता दिवसको सन्देश दिँदै राजदूत श्रीवास्तवले भारतको यात्रा थप गतिशील छिमेकी पहिलो नीतिमा समेत प्रकट भएको उल्लेख गरेका छन् । उनले नेपाल र भारतबीचको सम्बन्ध सहश्राब्दी पुरानो सभ्यतागत सम्बन्ध आधुनिक साझेदारीमा रूपान्तरण भइरहेको बताएका छन् ।

यस्तो छ राजदूत श्रीवास्तवको सन्देश–

भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय साथीहरू तथा भारतका मित्रहरूमा म न्यानो अभिवादन टक्रयाउन चाहन्छु । अमृत कालमा विकसित राष्ट्र बन्ने भारतको यात्रा थप गतिशील छिमेकी पहिलो नीतिमा समेत प्रकट भएको छ जसको मार्गदर्शक सिद्धान्त ’सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ रहेको छ । नेपालसँगको हाम्रो सम्बन्धमा पनि यो कुरा झल्किएको छ जहाँ पारस्परिक लाभका हेतु सहश्राब्दी पुरानो सभ्यतागत सम्बन्धहरू आधुनिक साझेदारीमा रूपान्तरण हुँदैछन् ।

सन् २०२५ अप्रिलमा बैंककमा आयोजित छैटौँ बिमस्टेक शिखर सम्मेलनको साइडलाइनमा हाम्रा प्रधानमन्त्रीहरूको भेटघाट, सन् २०२५ फेब्रुवरीमा ओमानमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइन र सन् २०२५ मार्चमा नयाँ दिल्लीमा आयोजित रायसिना डायलगको साइडलाइनमा हाम्रा परराष्ट्रमन्त्रीहरू बीचको भेटघाट र पछिल्ला केही महिनाहरूमा दुवै देशबाट भएका कैयौं मन्त्रीस्तरीय भ्रमणहरूसहित भारत र नेपालका नेताहरू बीचको उच्चस्तरीय भेटघाट हाम्रा दुई देशहरू बीचको मित्रताको बलियो बन्धनका प्रमाणहरू हुन् । यी भेटघाटले भारत र नेपाल बीचका महत्वपूर्ण द्विपक्षीय संयन्त्रहरूको बैठकका सम्बन्धमा सफल परिणामहरू हासिल गरेका छन् ।

नेपालको सबैभन्दा ठूलो व्यापारिक र साझेदार र विदेशी लगानी र पर्यटनको सबैभन्दा ठूलो स्रोतको रुपमा भारत नेपालको आर्थिक विकासको यात्रामा एक विशेष सुविधा प्राप्त साझेदार रहेको छ र रहिरहनेछ ।

सडक, पुल र रेल लिङ्कको निर्माणले गतिशीलता र यातायातलाई सहज बनाएको छ । भारतको यूपीआई र नेपालको फोनपे बीचको अन्तरसञ्चालनशीलताले डिजिटल भुक्तानीलाई सहज बनाएको छ जसले द्विपक्षीय पर्यटनलाई पनि टेवा पुर्याएको छ । ऊर्जा क्षेत्रमा सहकार्य विशषा गरी नयाँ जलविद्दुत परियोजनाहरुको विद्धुत विकासमा व्यापार र नयाँ प्रसारण लाइनहरूको उद्घाटनले दुवैतर्फ दिगो ऊर्जा वृद्धिलाई सहयोग गरेको छ । नेपालबाट भारत र भारतीय ग्रिड हुँदै बंगलादेशमा भएको विद्दुत निर्यात क्षेत्रीय ऊर्जा सहकार्यमा कोशेढुङ्गा साबित भएको छ । नेपालले नेरु १७ अर्ब भन्दा बढी राजस्व आर्जन गरेको हुनाले विद्दुत निर्यात नेपालका लागि लाभदायक भएको छ ।

नेपालका प्राथमिकता अनुरुप सोचविचार गरी चुनिएका र भारतको सहयोगमा अघि बढाइएका थुप्रै पूर्वाधार र विकास परियोजनाहरूको तीव्र प्रगति र दिगो गतिमा भारतको नेपालको विकासप्रतिको अटल प्रतिबद्धता प्रतिबिम्बित हुन्छ । गत एक वर्षमा विद्यालय, अस्पताल र स्वास्थ्य चौकीहरू लगायत धेरै विकास परियोजनाहरूको उद्घाटन गरिएको छ ।

हाम्रा दुवै सरकारहरू नयाँ अन्तरदेशीय रेलवे लिङ्कहरू, थप एकीकृत जाँच चौकीहरू र पेट्रोलियम पाइपलाइनहरूसहित अन्य विभिन्न सञ्चालनमा रहेका पूर्वाधार र कनेक्टिभिटी परियोजनाहरू चाँडै सम्पन्न होस् भन्ने सुनिश्चित गर्न काम गरिरहेका छन् ।

जब जब प्राकृतिक प्रकोपले नेपाललाई सडक, पुल र रेल लिङ्कको निर्माणले पिरोलेको छ चाहे त्यो सन् २०२३ मा जाजरकोटमा गएको भूकम्प होस् वा सन् २०२४ सेप्टेम्बरमा आएको बाढी होस्, भारत अग्रपङ्तिमा रही नेपाललाई सहयोग प्रदान गर्दै आएको छ ।

हामीले कृषि, स्वास्थ्य, क्षमता निर्माण, शिक्षा, स्टार्टअप क्षेत्र, अन्तरिक्ष र खेलकुद विशेषगरी क्रिकेट जस्ता क्षेत्रमा हाम्रो सहकार्यलाई थप विस्तार गर्नका लागि हाम्रा नेपाली साथीहरूसँग मिलेर काम गरिरहेका छौँ । यस दिशामा ऊर्जा, कृषि, खानेपानी सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा सहकार्यका लागि हालैको समयमा समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।

यस प्रयासमा नेपालमा रहेको भारतीय समुदायले महत्वपूर्ण र प्रशंसनीय भूमिका खेलेको छ । हाम्रा दुई राष्ट्रहरू बीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्य सहितको राजदूतावासको पहललाई अटुट समर्थन गरेकोमा म समुदायलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु ।

आनन्दमय र अविस्मरणीय ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा म यहाँहरू सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दछु । जय हिन्द ।

………………….

( नवीन श्रीवास्तव)

nifaonline
August 15th, 2025

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array
Like Reaction0Like
Like Reaction0Love
Like Reaction0Haha
Like Reaction0Shocked
Like Reaction0Sad
Like Reaction0Angry

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खवर

बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?

प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह

प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा

प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता

नेपाल–भारत मैत्री संघ धनकुटा शाखाद्वारा ७९ औँ भारतीय स्वतन्त्रता दिवस सम्पन्न

ताजा समाचार

  • बिहार मन्त्रिपरिषद्‌मा मैथिली ठाकुरले पाउलिन् ठाउँ ?
  • प्युठानको दाङवाङ माध्यमिक विद्यालयमा भारत सरकारद्वारा निर्मित भवनको उद्घाटन
  • नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह
  • प्रधानमन्त्री कार्कीलाई भेट्न भारतीय राजदूत सिंहदरबारमा
  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच फोन वार्ता
ठेगाना: मध्यबानेश्वर, काठमााडौं, नेपाल । 
फोन:+01-4498794 +977-9851093009
इमेल:nifanepal2038@gmail.com
newsnifamahesh@gmail.com

Nepal India Friendship Associaion

Editor: Mahesh Ghimire
हाम्रो बारे