राष्ट्रकवि माधव प्रसाद घिमिरे

सस्थापक अध्यक्ष

  • Group:Organization, Sasthapak and purva aadaksya

राष्ट्रकवि माधव प्रसाद घिमिरे

सस्थापक अध्यक्ष

राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्म बि.सं. १९७६ साल असोज ७ गते भएको हो । उहाँको जन्म लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उहाँ जन्मिएको तीन वर्षमा नै उहाँको आमाको निधन भएको थियो । ६ वर्षको हुँदा अक्षर चिन्नुभएका राष्ट्रकवि घिमिरेले ९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चागं अध्ययन गर्नुभएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभयो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस जानुभयो । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको छ ।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएका घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह–सम्पादकको जागिरे समेत हुनुभएको थियो । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभयो । उहाँ बि.सं. २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहनुभएको थियो । उहाँ वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न समेत हुनुभएको थियो ।

चर्चित राष्ट्रिय गीत ’गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ’फूलको थुङ्गा बगेर गयो’ मा गायिका तारादेवी तथा ’आजै र राति के देखेँ सपना’ मा स्वरसम्राट नारायण गोपालले स्वर दिनुभएको छ । उहाँ वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभएको थियो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन् । आफ्नो जीवनको सम्पूर्ण समय नेपाली साहित्यको विकासमा समर्पण गर्नुभएका घिमिरे बाल्यकाल देखि नै साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख लगायतका विभिन्न विभिन्न विधमा कमल चलाउनु हुन्थ्यो । खासगरी उहाँको लेखाईमा प्रकृति प्रेम र प्रकृति र जीवनलाई जोडेर प्रस्तुत गरेको पाईन्छ ।

उहाँका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले (गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध, आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृतिहरु प्रकाशित भएका छन् । उहाँको पहिलो कृति नव मञ्जरी वि.सं. १९९४ सालमा प्रकाशित भएको थियो । त्यसयता निरन्तर उहाँ साहित्य साधनामा लागिरहनु भयो । साहित्य साधनाबाट अतुलनीय योगदान दिनुभएका घिमिरेलाई देशले राष्ट्रकविको उपाधि दिएको छ । उहाँले वि. सं. २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार पाउनुभएको थियो । त्यस्तै वि.स.२०७५ मा महा उज्वल पदकबाट सम्मानित गरिएको थियो । वि.सं.२०५४ सालमा हिमालपारि हिमालवारि कृतिका लागि साझा पुरस्कार प्राप्त गर्नुभएको थियो भने वि.सं.२०५८ सालमा चारु चर्चा कृतिका लागि साझा पुरस्कार प्राप्त गर्नुभएको थियो ।

जीवनको अन्तिम क्षणसम्म पनि सक्रिय साहित्यमा लागिरहनु भएका घिमिरेको निधन वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौं, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भयो । उहाँ मरेर पनि अमर हुनुभयो । आफ्नो सिर्जनाबाट युगौँ युग बाँचिरहनु हुनेछ । आजको जुनकुनै क्षेत्रका युवा पुस्ताले पनि उहाँको सक्रियता बाट पाठ सिक्दै जीवनलाई गतिशिल र सिर्जनशिल बनाउन प्रेरित छ ।

जीवनभर सक्रियतापूर्वक साहित्य र सिर्जनाको सेवामा लाग्नुभएको घिमिरेले नेपाली साहित्यलाई निकै उचाईमा पुर्याएर जानु भयो नै सँगै नेपाल भारत मैंत्री संघको बिजारोपण पनि गर्नु भयो । उहँँ लगायतले दिनुभएको मैंत्री संघ निमार्णंकको जीवन्तकारी कार्यले आज नेपाल भारतसम्बन्धमा समेत नयाँ आयाम थप्दै गएको छ । उहाँको नेतृत्वमा स्थापित मैंत्री संघ स्थापनको कार्यले पनि उहाँ साहित्य झै युगौँयुग सम्बन्ध विस्तारमा समेत बाँचिरहनु भएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरे । नेपाल–भारत मैत्री संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ–घिमिरे नेपाली र भारतीय जनताबीच एक आपसमा भाइचाराको सम्बन्ध हुनुपर्ने मान्यता राख्ने पात्रमध्येको एक हुनुहुन्छ । उहाँको नेतृत्वमा दुई देशबीच वर्षौंदेखि आपसी सद्भाव, सह–अस्तित्व र समझदारीमा आधारित असल सम्बन्ध बनाउँन मैंत्री संघको स्थापना भएको इतिहासमा पाइन्छ ।

आपसी हित, समझदारी र सद्भावको जगेर्ना तथा संवद्र्धन र संरक्षण गरी एकापसमा घनिभूत सम्बन्ध स्थापना गर्नु नै मैंत्री संघको आज थियो र आज पनि सोही आवश्यकता देखिन्छ । यसलाई मध्यनजर गर्दै नेपाल–भारत मैत्री संघको स्थापना भएको यसका संस्थापन अध्यक्ष घिमिरेले संघ अध्यक्ष ओमप्रकाश सरावगीसँग भन्नु भएको थियो । नेपाल र भारतबीचको परापूर्वकालदेखिको मैत्री सम्बन्धलाई समय सापेक्षरूपमा सुदृढ बनाउन २०११ सालदेखि नै नेपाल–भारत मैत्री संघ आजको अवधारणामा कार्यरत रहेको घिमिरेलाई उद्धगृत गर्दे सरावगीले बताउँनु भएको छ । २०३८ सालमा कानूनीरूपमा यो संस्था स्थापना भएको इतिहासमा पाइन्छ । स्थापना पछि नेपाल र भारतबीचको पारस्परिक सम्बन्धलाई सुमधुर बनाउने एक कडीको रूपमा अगाडि बढेको देखिन्छ । कानूनी मान्यता पाएपछि यसको संस्थापक अध्यक्ष हुनुभयो, राष्ट्रकवि माधवप्रसाद घिमिरे ।

उनै राष्ट्रकवि घिमिरेसँग नेपाल–भारत मैत्री संघका अध्यक्ष ओमप्रकाश सरावगी र केन्द्रीय सदस्य हरिराम पौडेलले २०६८ साल साउन २५ गते उहाँको निवास लैनचौर, कठमाडौंमा भेट गर्नुभएको थियो । भेटका क्रममा घिमिरेले स्वतन्त्र भारतका राष्ट्रपति नेपाल आउने भन्ने कुरा हुँदा राष्ट्रको तर्फबाट छुट्टै स्वागत गर्न एक कमिटी बनाएको र सोही कमिटि नै आजको नेपाल भारत मैंत्री संघ भएको बताउँनु भएको थियो । ‘हामीले पनि स्वागत गर्नुपर्छ भन्नेबारेमा साथीहरूसँग सरसल्लाह भयो । नेपाल र भारत राजनीतिकरूपमा दुई छुट्टाछुट्टै देश भएता पनि हाम्रो धर्म, संस्कार, संस्कृति, रहनसहन, चालचलन सबै एउटै भएको, विवाहवारी तथा पढाइलेखाई, व्यापार, व्यवसाय सबै एकापसमा यताका उता र उताका यता भएका छन् । आदिमकालदेखि हाम्रो सम्बन्ध भइरहेको हुँदा दुई देशका जनताबीचमा एक प्रकारको आत्मीय सम्बन्ध रहेको छ । त्यसैले, छिमेकी मित्रराष्ट्रका राष्ट्रपति नेपाल भ्रमणमा आएको बेला हामी कवि, लेखक, बुद्धिजीवी, समाजसेवी मिलेर नेपाल–भारत मैत्री संघ बनाएका हौं । पछि त्यही संस्थाको नामबाट एयरपोर्टमा उहाँको छुट्टै स्वागत ग¥यौं ।’ भेटमा घिमिरेले भन्नु भएको थियो ।

घिमिरेले आफू रामहरी शर्मा, डिल्लीरमण रेग्मी, चुडाराज शर्मा, काशीराम रेग्मी, रामन रेग्मी, बालचन्द्र शर्मा, विश्वनाथ उपाध्याय, रामहरि जोशी, लक्ष्मीप्रसाद देवकोटा, टंकप्रसाद आचार्यलगायत १०÷१२ जना सदस्य यस संघमा रहेको बनाउँनु भएको थियो । थप जिज्ञासामा घिमिरेले भन्नु भयो,– ‘कार्यालय सचिव कृष्णप्रसाद भण्डारी हुनुहुन्थ्यो ।’ उहाँले अगाडि थप्नु भएको थियो,–‘सबैले एकै स्वरमा तपाईँ हाम्रो अध्यक्ष हुनुप¥यो भनेर मलाई भन्नुभयो । मेरै नेतृत्वमा एयरपोर्टमा तत्कालीन भारतीय राष्ट्रपतिको स्वागत गर्ने काम भयो ।’

घिमिरेले बताएअनुसार एयरपोर्टमा गरिएको स्वागतको प्रतिफल भारतिय राष्ट्रपति खुसी भएर मैंत्री संघका पदाधिकारीलाई भारत भ्रमणको निम्तो दिनुभएको थियो । भेटमा राष्ट्रकवि घिमिरेले भन्नु भएको थियो–,‘हामी ५÷६ जना भारत गयौं । त्यहाँ हामीलाई भव्य स्वागत गरियो । यतिसम्म कि हाम्रो सम्मानमा हामीलाई उच्चकोटीको रथमा राखेर नगर परिक्रमासमेत गराइयो । पूरै राजकीयजस्तै सम्मान गरिएको थियो ।’

संघले स्थापनकाल देखिनै दुई देशका जनताबीचको सम्बन्धलाई कसरी आत्मीय बनाउन सकिन्छ भनेर बहस हुने गरेको थियो । भारतबाट लेखक, सहित्यकारहरूको बेला–बेलामा नेपाल भ्रमण भइरहन्थ्यो । सो भ्रमणमा कसरी राम्रो सम्बन्ध बनाउने भन्नेमा सो सय बढी केन्द्रीत हुने गरेको थियो ।

नेपाल भारत मैंत्री संघको पहिलो अपिस अहिलेको विशालबजारको एउटा घरमा राखिएकाो थियो घिमिरेले बताउँनु भएको थियो । त्यस समय संघमा भारतमा प्रजातन्त्र आएर वृटिसहरूको दासताबाट छुटकारा पाएको बिषयमा बढी कुरा हुने गरेको थियो । महात्मा गान्धी, लोहीयाजस्ता नेताहरूको नेतृत्वको बारेमा प्रसंसा गर्ने गरिएको थियो । नेपाल र भारतका जनताबीचमा रहेको मित्रतापूर्ण सम्बन्धलाई व्यवहार र कार्यक्रमहरूले अझ बढी सुमधुर र मजबुत बनाउने छ भन्ने आशा राष्ट्रकवि घिमिरेले लिनु भएको थियो ।